
- अर्थ सरोकार सम्बाददाता
ताप्लेजुङ । लामो समयसम्म ओलाङचुङ्गोलाको टिप्ताला नाका, नाकाबन्दीकै शैलीमा बन्द हुँदा नेपालतर्फका त्यहाँका स्थानीय मर्कामा परेका छन् । कोरोनाको बहानामा बन्द भएको नाका कोरोना साम्य हुँदा पनि संचालन नहुँदा नेपालीहरुले तयार गरेको गलैंचा लगायतका सामान बिक्री भएको छैन । उच्च हिमाली भेग भएकाले त्यहाँ गलैंचा बनाउने बाहेक अन्य खासै आय आर्जनको विकल्प छैन भने त्यहाँ केहि नगदी बाली उब्जनी पनि हुँदैन । ओलाङचुङ्गोलामा उत्पादन भएको गलैंचा चीनका बजारमा खपत हुँदै आएको थियो । बिगत १६ महिनादेखि चिनियाँ पक्षले बन्द गरेको नाकाका कारण त्यहाँका स्थानीयहरु समस्यामा परेका छन् ।
‘लामो समयसम्म पनि नाका खुल्न सकेन । घरमा उत्पादन गरेको गलैंचा सदरमुकाम फुङलिङ बजारमा लगिएर बिक्री गर्यो भने लागत नै उठाउन मुस्किल पर्दछ । चीनतर्फ सामान बेच्नुको विकल्प पनि छैन । तर कोरोनाका कारण नाका बन्द भएपछी अहिले हामी सार्है समस्यामा परेका छौं। तर कोरोना साम्य हुँदा पनि नाका नखुल्नुको कारणचाहिं राजनीतिक कारण हो भन्ने सुनिएको छ । तर जे भएपनि यसले हामीलाई सार्है गाह्रो परेको छ ।’ एक स्थानीयले भने ।
उनका कारण चीनियाँ पक्षले नाका नखुलाउँदा लाखौँ रुपैयाँको गलैंचा घरमा थन्किएको छ । आफुहरुले उत्पादन गरेको गलैंचा बिक्री हुन नसकेपछि दैनिक जीविकोपार्जन गर्न समस्या भएको त्यहाँका स्थानीयहरुको भनाइ छ। नेपाल सरकारको निर्णयानुसार गृह मन्त्रालयले गत हप्ता जिल्ला प्रशासन कार्यालयमा नाकामा आवतजावत गर्न स्थानीयवासीलाई दिनु भनेर परिपत्र गरेको छ । सीमा सुरक्षा प्रहरी चौकीदेखि पास लिएर आवतजावत गर्न पाउने जनाइएको छ । तर चिनियाँ पक्षले भने यसमा कुनै पहल नचाल्दा त्यहाँका स्थानीयहरु समस्यामा परेका छन् ।
अझ अचम्मको कुरा त के छ भने चिनियाँ पक्षले ल्याएको समानचाहिं सीमा क्षेत्रमा छोडिदिने गरिएको छ भने नेपालतर्फका भने समान चीनतर्फ लैजान दिइएको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्