Skip to content
LAXMI SUNRISE BANK

यसरी बिक्छ ड्राइभिङ लाईसेन्सका प्रश्नपत्र, मूल्य रु.चार हजार

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – सुन्दा अचम्म लाग्न सक्छ ड्राइभिङ लिखित परीक्षको प्रश्नपत्र धार हजारमा नै पाईन्छ र सजिल्लै विक्री हुन्छ भन्दा । एकान्ताकुना स्थित यातायात व्यवस्था विभागमाड्राइभिङ  लिखित परीक्षा चलिरहेको थियो । ९१७ जना सहभागी थिए परीक्षमा ।

ट्राफिक प्रहरी महाशाखा कन्ट्रोल रुमबाट विहिवार साढे ११ बजेतिर ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुलाई फोन आयो । केन्द्रीय कन्ट्रोल रुमबाट फोन आउनुको पछाडि निकै संवेदिनशिल सूचना थियो । सूचना थियो – ड्राइभिङ लाइसेन्सको लागि भएको लिखित परीक्षाको प्रश्न पत्र आउट भयो ।

लिखित परीक्षा दिइरहेका बेला आएको यस्तो फोनपछि ललितपुर ट्राफिक प्रहरी प्रमुख हाछेथ एक्सनमा आउने नै भए । ‘परिक्षा भैरहेको बेला यस्तो सूचना पाएपछि एक किसिमले तनाव त हुने नै  भयो । अर्को किसिमले र्याकेटको पर्दाफाश गर्ने योजना तत्काल बनाए ।

कन्ट्रोेल रुमले हाछेथुुलाई प्रश्नपत्र आउट गर्ने गिरोहले कहाँ बसेर काम गरेको छ भन्ने सबै सूचना समेत दिएको थियो । सोही सूचनालाई  आधार बनाएर उनी  आफ्नो टिमलाई लिएर कुसन्तीको एक गल्लीमा पुगे। कन्ट्रोल रुमले दिएको ‘स्थान’ मा पुग्ने वित्तिकै त्यहाँ आठ–नौ जना केटाहरु देखा परे। उनीहरु ट्राफिकको गाडी देख्ने बित्तिकै सबै भाग्न थाले ।

ट्राफिकको गाडी देखेर भागेका ति समुहले कागजात चाहीँ त्यही नै छाडे । भाग्दै गर्दा हाछेथुको युनिटले दुई जना केटालाई चाहीँ नियन्त्रणमा लिन सफल भयो ।

कन्ट्रोल रुमको सूचना सत्य सावित भयो । र, दुई जना पक्राउ भए पछि थप अनुसन्धानको बाटो समेत सहज भयो । हाछेथुका अनुसार यसरी पक्राउ पर्नेमा भक्तपुर ठिमीका रत्नमान श्रेष्ठ र मनमैजु बस्ने उमेश माल थिए । भेटिएका प्रश्नपत्र हेर्दा यातायात व्यवस्था विभागमा भैरहेको जाँचसँग पुरै मेल खाने खालका थिए । अर्थात प्रश्नपत्र पुरै योजनामा आउट थिए । हाछेथु भने , ‘यस्तो देखिएपछि प्रश्नपत्र आउट भएको शंका नै गर्न परेन पुरै, विश्वास नै भयो ।’

ट्राफिक प्रहरी महाशाखाले पछिल्लो दिनमा लिखित परीक्षालाई कडा गरेको थियो सो को कडाई पछि चोरीका खेल शुरु भएको प्रहरीको बुझाई छ । अहिलेको प्रावधान अनुसार  लिखित परिक्षा एक पटक फेल भएमा तीन महिना कुर्नुपर्ने व्यवस्था छ ।

पक्राउ परेका युवालाई त्यहीँ गाडीमा हालेर सोधपुछ गरियो । उनीहरुले यो र्याकेटबारे केही सूचना दिए । युवाहरुले एकान्तकुनाको बेम्बो रेष्टुरेन्टबाट चार हजार रुपैयाँमा प्रश्नपत्र किनेको बताएका थिए ।

त्यसपछि प्रहरी युनिट रेष्टुरेन्ट पुग्यो । र, रेष्टुरेन्टकै मालिक नरेश गुरुङलाई पक्राउ गर्यो । प्रहरीका अनुसार गुरुङले तीनकुनेमा जेएन ड्राइभिङ इन्टिच्युट पनि चलाउँदा रहेछन् । प्रहरीका अनुसार गुरुङले आफ्नो ड्राइभिङ इन्चिष्युटमा आउने र अन्य इन्टिच्युटमा पनि सम्पर्क गरेर रेम्वु रेष्टुरेन्टमा सम्पर्क गर्न लगाउथे । र, त्यहीँबाट चार हजारमा प्रश्नपत्र आउट गर्थे र उक्तर पनि मिलाइदिने व्यवस्था गर्थे ।

ड्राइभिङ लाइसेन्स सम्बन्धी आबश्यक सोधपुछ पछि ट्रफिक प्रहरीले थप कारवाहीका लागि पक्राउ परेका युवा र रेष्टुरेन्ट मालिकलाई सातदोवाटो प्रहरी वृतमा बुझाएको थियो । सातदोवाटो प्रहरीले उनीहरु विरुद्ध मुद्दा चलाएको छ । तीनै जना म्याद थपपछि थुनामा छन् ।

यो यति ठूलो कारोवार देखिन्छ कि, झन्डै ४०० सय जनालाई मात्रै प्रश्न पत्र चार हजार रुपैयाँका दरले विक्री गर्ने हो भने पनि १६ लाख रुपैयाँको खेल हुन्छ । शनिवार र सार्वजनिक विदाका बाहेक हरेक दिन परीक्षा हुन्छ । यसरी महिनामा २० देखि २५ दिन सम्म परीक्षा हुन्छ । मानौँ, २२ दिन यही खालको खेल भयो र हरेक दिन चार सय जनलाई प्रश्न पत्र बेच्न पाइयो भने एक महिनामा प्रश्नपत्र आउट गरेबापत तीन करोड ५२ लाखको खेल हुन्छ ।

कसरी बन्छन् ड्राइभिङको लिखित परीक्षाको प्रश्नपत्रहरु 

–ड्राइभिङ लाइसेन्सको प्रश्न पत्र यातायात व्यवस्था विभागले बनाउँछ ।
–ट्राफिक प्रहरीले परीक्षार्थी बसेपछि प्रश्नपत्र वितरण गर्ने काम गर्छ ।

के भन्छन् ट्राफिक प्रहरी  हाछेथु 

–सवारी चालक अनुमतिपत्र लिने जीवनसँग जोडिएको विषय हो । ट्राफिक सम्बन्धी आधारभूत ज्ञान नभएका व्यक्तिले चोरेको भरमा लिएको लाइसेन्सका आधारमा सवारी चलाउदा दुर्घटनाको खतरा बढ्छ । यस्तो दुर्घटनामा चोरी गरेर लाइसेन्स लिएका व्यक्ति आफु त खतरामा हुन्छन नै, अन्य निर्दोष व्यक्तिलाई पनि उनले खतरामा पार्छन । यसकारण यो असाध्यै संवेदनशील विषय हो । यसमा ट्राफिक प्रहरीले कही पनि कम्परमाइज गर्दैन । कडाईपूर्वक एक्सन लिन्छ । सडक अनुशासन महत्वपूर्ण र जनसरोकारको विषय हो । अन्य सरोकारवाला निकायले यस्ता गलत काम रोक्न आ–आफ्नो ठाँउबाट भूमिका खेल्नुपर्छ ।

यो प्रकरणपछि  उठाएका प्रश्नहरु 

१) कसले बेच्छ प्रश्न पत्र रु
२) गोप्य मानिएका प्रश्नपत्र यातायातका कर्मचारीसँग मात्र हुन्छ, कसरी हुन्छ आउट रु
३) दैनिक १६ लाखको खेलमा को–को छन् सहभागी रु
४) पक्राउ परेका रेस्टुरेन्ट मालिक र युवा भुरा हुन्, ठूला माछा को हुन् रु

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK