- दिनेश आचार्य
हाल गभर्नर रहेका डा. चिरञ्जीवी नेपालले धितोपत्र बोर्डमा हुँदा एउटा नौलो काम गरेका थिए । तर, त्यसमा उनले खिसिट्यूरीबाहेक केही पाएनन् । त्यसबेला थापाथलीमा रहेको बोर्डको कार्यालयबाट सेयर लगानीसम्बन्धी जनचेतनाभन्दै उनले हात्तिमा ब्यानर राखेर घुमाए ।
सेयर कारोवार हुने पुतलीसडक क्षेत्रमा हात्ति घुमाएर जात्रा गर्दै सेयरमा लगानी गर्न प्रोत्साहित गरेको प्रतिवेदन बनाए । यो करिब १० बर्षअघिको कुरा हो । यस क्रममा बागमतिमा धेरै पानी बगिसकेको छ । बजारको रुप र गति अनि लगानीकर्ताको हैसियत र चेतना पनि निकै बदलिसकेको छ ।
तर, पनि धितोपत्र बोर्डको शैली उस्तै देखियो । थापाथलीबाट गौशाला हुँदै जावलाखेल पुगेको धितोपत्र बोर्ड फेरी नक्साल एरियामा आउने तयारीमा छ । तर, यतिखेर ऊ जावलाखेलबाट नक्साल हैन, कालिकोट पुथेको छ । सुर्खेतबाट हि“डेको टोली कालिकोट र जुम्ला हु“दै जाजरकोट पुगेको खबर आयो ।
खबरमा कर्णालीका विकट जिल्लामा सेयर लगानीकर्तालाई चेतना दिएको उल्लेख थियो । तर, मेरो मनमा भने भक्तपुरका जनताले सेयर कारोवार गर्न नपाएको दुःखेसो त्यत्तिकै बल्झिदैथ्यो ।
अहिले सेयर कारोवार काठमाडौंमा हुन्छ, बाहिरी केही जिल्लामा ब्रोकरको साइट अफीस भए पनि त्यहााको कारोवार नगन्य छ । काठमाडौंमा हुन्छ भनेर के भन्नु, पुतलीसडक र न्यूरोडमा हुन्छ भन्नुपर्ने अवस्था छ ।
धितोपत्र बोर्ड जीवनमा एक किलो चामल नदेख्ने कालिकोट पुग्छ, सेयरको भाषण छाँटेर आउँछ । तर, काठमाडौंको चाबहिल र महाराजगन्ज जस्तोमा समेत ब्रोकर अफीस छैन । भक्तपुर र बनेपामा एउटै छैन ।
बनेपाबाट हरेक दिन काठमाडौंमा सेयर कारोवार गर्न आउने लगानीकर्ताको संख्या सयजनाभन्दा बढी छ । उनीहरु नियमित कारोवारी हुन । तर, त्यहा“ सेवा पु¥याउन नसकेको बोर्डले जाजरका्ेटमा गएर केको रमिता गरेका होलान ?
स्थापना भएको २ दशक नाघ्दा पनि नेप्सेले एउटा शाखा कार्यालय पनि खोल्न सकेको छैन । न त धितोपत्र बोर्डका कुनै सम्पर्क कार्यालय छ । नेप्सेस“गै आएका ब्रोकर कम्पनीहरु एउटा शाखाको अनुमति पाएकोमा पनि चलाउन सकेका छ्रैनन् । तर, न बैंकलाई लाइसेन्स दिन्छन् । नत मर्चेन्ट बैंकरलाई बलियोे बनाउ“छन । न अनलाईन कारोवार सुचारु गर्न चासो दिन्छन । यस्तोमा कालिकोटमा १५ मिनेट भाषण गरे न बढ्छ, न त जिम्मेवारी नै पुरा हुन्छ ।
लगानीकर्तालाई तानेर ल्याउने हैन, अवसर खोज्दै ऊ आफै आउँछ । तर, त्यसका लागि सेवा दिने व्यवस्था पो मिलाउनुपर्छ । तर, बजार बुझेका बोर्ड अध्यक्ष कार्कीले त्यही रमितामा आफुलाई संलग्न गराइरहेका छन् । यसअघि पनि बाबुराम श्रेष्ठले जुम्लादेखि केही विकट जिल्लामा यस्ता कार्यक्रम गरेका थिए । तर, त्यो बोर्डको केही बजेट सकाउने र भत्ता पचाउने मात्र सावीत भयो । जहा“का जनता दुई छाक खान पाउ“दैनन । उनीहरुलाई सेयर किनबेच गर्न जाउ भन्दै चेतना दिनुको केही अर्थ छैन । कतिसम्म भने ति कार्यक्रममा फोटो हेर्दा स्कुले बिद्यार्थीलाई जममा पारिएको रहेछ । निम्न माध्यामिक तह पढेर कालापहाड मजदुरीमा जान बाध्य ति अबोधहरुले डा. कार्कीको भाषण कति बुझे होलान । उनीहरुका दिमागमा डिम्याट, आस्वा र अनलाईन ट्रेडिङका कुराहरु कति घुस्यो होला ।
यसै सन्दर्भमा सेयर ब्रोकर संघका पूर्व अध्यक्ष नरेन्द्र सिजापतिले सुनाएको एउटा घट्ना अनुभव निकै रोचक लागेको छ । केही बर्षअघि धितोपत्र बोर्डको टोलीमा उनीहरु सेयरसम्बन्धी चेतनामुलक कार्यक्रम गर्न डडेलधुरा पुगेका थिए । उद्योग बाणिज्य संघस“ग मिलेर कार्यक्रम गरियो । क्लस लिने पालो सिजापतिको थियो । उनले परिचय दिँदै भनेछन, ‘म सेयरको दलाल हु“ र राष्ट्रिय दलाल संघको अध्यक्ष पनि छु । मेरो दलाल नम्बरचाहिँ ४६ हो ।’
सिजापतिले यति भन्न भ्याइसकेका थिएनन । त्यहाँ हाँसोको कोकोहोलो छुट्यो । करिब १५ मिनेटसम्म कोही लडिबुडी गर्दै, कोही मुच्र्छा पर्दै हा“स्दै रहे । त्यो क्लास सम्हालेर आफ्नो कुरा बुझाउने अवस्थै रहेन । उनीहरुको दिमागमा दलाल शब्दप्रतिको एउटा बुझाईले सेयर भनेको त कसैलाई थाहै छैन । उनी भन्दै थिए“, ‘यस्तो कार्यक्रम गर्नुको कुनै अर्थै छैन ।’
सिंहदरवारमा काम गर्ने सरकारी कर्मचारीहरु ८० प्रतिशतलाई सेयर कारोवार बारे थाहा छैन । आइपिओमा परेको सेयर प्रमाणपत्र सिसाको फ्रेम हालेर बसेकाहरु छन् । उनीहरुलाई बुझाउन छाडेर कर्णालीको काला पहाड चहार्नुको कुनै तुक म पनि देख्दिन ।
(लेखक आचार्य सेयर बजार साप्ताहिकका सम्पादक हुन् ।)