- दिनेश आचार्य
केही साताअघि यो पंक्तिकारले सम्पर्क गर्दा बैंकर जसोदा सैंजुको उदास बोली सुनिएको थियो । भेटेर केही सल्लाह गरौं भन्ने प्रस्तावमा उनी भन्दै थिईन्, ‘म भोली नै विपश्यना ध्यानका लागि जाँदैछु । अझै रेस्टमा नै छु ।’ उनको बोली सुन्दा अनुमान गर्न सकिन्थ्यो, एच एण्ड बी डेभलपमेन्ट बैंकमा दुर्घटना भएको तीन बर्ष वितिसक्दा पनि उनलाई त्यो भयानक त्रासदीले छाडेको छैन ।
एनसीसी बैंकमा रत्नराज बज्राचार्यले डिजिएमको रुपमा कर्जा प्रमुख बनाएर लगेका जसोदाले तहल्का मच्चाएकी थिई । उनका अघि मैं हुँ भन्ने ठुला ब्यापारी पनि भिजेको मुसोझैं हुन्थे । एनसीसीमै रहँदा उनले उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डी ढकाललाई थर्काएको यो पंक्तिकारले आफ्नो आ“खाले देखेथ्यो ।
त्यही हाई–हाईका बिच उनी हिमचुली विकास बैंक र बीरगञ्ज फाइनान्स गाभिएर बनेको ‘एचएण्डबी डेभलपमेन्ट बैंक’को सिईओ बनिन् । त्यसका लागि उनको नाममा राष्ट बैंकको बलियो शिफारिश थियो । सुनिए अनुसार मर्जरको अन्तिम स्विकृति दिनुअघि राष्ट्र बैंकले प्रोफेसनल सिईओ नियुक्ती गर्नुपर्ने सर्त राखेको थियो । उनीहरुको सर्तमा जसोदा सैंजुलाई सिईओ बनाउनुपर्ने माग थियो भन्ने सुनियो ।
जसोदा राष्ट्रियस्तरको बलियो बैंकको पहिलो महिला सिईओ बनिन् । सरकारी बैंकबाट क्यारिएर शुरु गरेको भए पनि उनीस“ग आ“ट र अनुभव दुबै बलियो थियो । तर, ‘हुने हार, दैव नटार’, यही उखान लागु भयो । एउटा कर्मचारीले गरेको गल्तीले सारा बैंक नै धराशायी भयो । अनुसनधानमा उनको गलती त देखिएन तर उनले समस्या सुल्टाउन पनि सकेनन् । यसक्रममा सम्झिन्छु, एकजना लगानीकर्ताले उनको कार्यकक्षमै पुगेर अश्लिल गाली गरेको । एचएण्डबीको ठुलो परिमाणमा सेयर किनेर राखेका ति लगानीकर्ताले ठुलो रकम गुमाएछन् । गुड फर पेमेन्ट चेक काण्डपछी सेयरको भाउ आधाभन्दा बढी घटेकाले उनको करोडौं रकम डुबेको थियो । अनि सिईओको नाकामी भन्दै जसोदालाई अश्लिल भाषमा सरापिरहेका थिए ।
यत्तिकैमा राष्ट्र बैंकले व्यवस्थापन ‘टेक ओभर’ गर्यो । जसोदा बैंकबाट बाहिरिरिईन । त्यत्तिकैमा अचानक खबर आयो, उनलाई प्रहरीले अर्कै केसमा पक्राउ गर्यो । कुनै एउटा शाखामा रकम जम्मा गरेको नदेखि“दा सिईओलाई अनुसन्धानका लागि पक्राउ गरेर प्रहरीले बैंकिङ सिस्टम नबुझेको प्रमाणित गरेको थियो । आखिर मुद्दा गरेर उनी धरौटीमा छुटिन् । मुद्दा अझै बाँकी छ । उनको मनस्थिती अझै ठिक छैन, आशा गरौं, विपश्यना ध्यानले उनमा नया“ उर्जा थपेको होला । यसरी पहिलो महिला सिईओको अवशान दूःखद देखिएको छ ।
शिशमको शिकार
हुन त जसोदा नै पहिलो महिला भने सिईओ हैनन् । उनीभन्दा अघि एउटा फाईनान्स कम्पनीको कार्यकारी प्रमुखमा अर्की महिलाले आसन जमाएकी थिईन् । तर, त्यो सेरेमोनियलझैं थियो । उनको अवसान त झनै विवादास्पद र त्रासद देखिन्छ । उनको अवस्था त अहिलेसम्म हामीलाई थाहै छैन ।
उनी हुन, शिशम मल्ल, हिमालय फाईनान्सका तत्कालिन सिईओ । उनका पिताजी हिमालयभक्त प्रधानाङ्गले आफ्नै नाममा खोलेको फाइनान्स कम्पनीमा उनी सिईओ बनेकी थिइन् । पिता अध्यक्ष र दाजु डिजिएम हुँदा उनी फाइनान्स चलाउ“थिन् । दाजुले गरेको घरजग्गाको कारोवारमा घाटा लाग्यो, अनि पिता हिमालयभक्त चुरेभावर पार्टीको राजनीतिमा लागे, तब उनको पनि दुर्दिन शुरु भयो ।
कतिसम्म भने प्रधानाङ्ग परिवारले आफ्नो जगगा कारोवारका लागि फाइनान्सको सबैजसो निक्षेप परिचालन गरेका थिए । बिभिन्न फेक फाइल बनाएर आफैले रकम चलाएका थिए । यसका लागि उनीहरुले एकजना पियनको नाममा करोडों कर्जा बनाएको समेत खुलेको छ । कतिसम्म भने फाइनान्सको निक्षेपले नथेगेपछी उनीहरुले बिभिन्न विकास बैंक र अन्य फाइनान्सका सिईओहरुलाई व्यक्तिगत कमिशन दिई त्यसबाट निक्षेप लिएका थिए । सो निक्षेप पनि डुबेको छ । यसको उदाहणमा अहिले प्रभु बैंकस“ग गाभिएको धादिङको सम्बृद्धी विकास बैंक र देव विकास बैंकस“ग गाभिएको चितवनको राइजिङ डेभलपमेन्टको निक्षेप सबै डुबेको छ ।
त्यसो त बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला चुरेभावर पार्टीबाट महिला तथा बालबालिकामन्त्री बनाइयो । त्यसपछी बैंकिङ कसुर अभियोगमा अनुसन्धानमा रहेकी सिसम मल्ललाई केन्द्रीय बालकल्याण केन्द्रको कार्यकारी निर्देशक नियुक्त गरियो । मन्त्रीपरिषदको माइन्यूट केरमेट गरेरै सो निर्णय भएको थियो । तत्कालिन मन्त्रीले एकजना विवादास्पद बालगृह सञ्चालकलाई नियुक्त गरेकोमा उजुरी परेपछी सो निर्णय मेटेर मल्लको नाममा नियुक्तीपत्र दिइएको थियो ।
भोलिपल्टै उनलाई सरकारी गाडीसहित बिशिष्ट श्रेणीको पद दिइयो । उनी गाडी लिएर हि“डिन तर पर्सिपल्ट उनीमाथि बैंकिङ कसुरको वारेन्ट जारी भयो । सरकारी गाडीसहित उनी फरार भइृन् । त्यसदिनदेखि फरार रहेकी मल्ल आजसम्म फेला परेकी छैन, उनीमाथिको बैंकिङ कसुरको मुद्दा अझै चलिरहेको छ । उनको फाइनान्स कम्पनी भने खारेजीमा जाने प्रक्रियामा छ ।
असन्तुष्ट अनुपमा
गतबर्ष आर्मि अफिसर्स क्लबमा भेटिएकी अनुपमा खुजेली एकदम असन्तुष्ट देखिएकी थिईन् । मेगा बैंकमा डेपुटी सिईओ नियुक्तीका लागि समिति बनेको बेला उनी सो पद आफुले पाउनुपर्ने दाबी गर्दै एक सञ्चालकस“ग दुःखेसो पोखिरहेकी थिईन् ।
मेगाका सिईओ अनिल शाहले आफु विदामा बस्दा सिनिरिटीको आधारमा अनुपमालाई ‘एक्टिङ सिईओ’ दिन्थे । तर, पछिल्ला दिनमा आफु अनुकुल केही काम गराउनका लागि उनले अनुपमाको सट्टा रविना देशराज श्रेष्ठलाई निमित्त दिन थाले । यसपछी राष्ट्र बैंकले यस काममा नियत खराब भएको आशंका गर्यो र तत्काल डेपुटी सिईओ नियुक्ती गर्न निर्देशन दिए । आखिर सो पदमा खुला बिज्ञापन भयो र उनी छनोटमा परिनन् । उनको प्रतिक्रिया थियो, ‘महिला भएकै कारण मलाई बिश्वास गरिएन ।’ तर, मेगाको डेपुटी सिईओमा नियुक्त भएका श्रीचन्द्र भट्ट इन्भेष्टमेन्ट बैंक छाडेर मेगा गए अनि केही महिनामै ‘व्यक्तिगत कारण’ जनाउ“दै जागिर खाएर बाहिरिए ।
आखिर बल्ल अनुपमाको माग पुरा भयो । उनको श्रीमान नेपाली सेनाको जर्नेलमा बढुवा भएको केही समयपछि उनी पनि मेगा बैंकमा दोस्रो बरियतामा पुगिन । यद्यपी उनलाई डेपुटी सिईओ पद नभनि महाप्रवन्धक पद दिइएको छ । यसअघि उनी र रविना देशराज दुबै डिजिएम थिए ।
पलायन अम्बिका
सर्लाहीमा जन्मेर काठमाडौंमा हुर्केकी श्रेष्ठ २०४५ सालदेखि नेपाल ग्रिण्डलेज (हाल स्ट्याण्डर्ड चार्टर्ड बैंक)मा सहायकको रुपमा प्रवेश गरेकी थिईन् । उनी यतिखेर आफ्नो चाटर्ड एकाउन्टेन्ट श्रीमानको काममा सघाउछिन भने ट्राभल्स एजेन्सी समेत चलाउन थालेकी छिन् । उनी अहिले बैकिङ क्षेत्रबाटै पलायन छिन् ।
स्टाण्डर्ड चाटर्ड बैंकमा करिब २ दशक काम गरेर सूर्यदर्शन फाइनान्सको सिईओ बनेकी अम्बिका कालान्तरमा मर्जरपछी सुप्रिम डेभलपमेन्ट बैंकको सिईओ बनिन । तर, परिस्थितीको विकास यसरी भयो की उनी बिचैमा राजिनामा दिएर बाहिरिनुपर्यो । बिचमा उनले बैंकिङ क्षेत्रमा फर्किने केही प्रयास गरेको भए पनि सफल भइनन् । सुप्रिममा उनले मर्जरबाट आएको अन्नपूर्ण विकास बैंकको कही खराब कर्जा असुल्ने काम शुरु गर्नासाथै बोर्डले उनको राजिनामा मागेको थियो । अन्तत उनी टिक्न सकिनन् ।
बेरोजगार बर्षा
कुनैबेला निकै चर्चित बैंकर बर्षा श्रेक्ष्ठ अहिले बेरोगार छिन् । क्लिन इनर्जी डेभलपमेन्ट बैंकको डिजिएमबाट उनले अवकाश पाएपछी उनी कतै जोडिइनन् । २०४१ सालमा नविल बैंक बैंकबाट बैंकिङ पेशाको शुरुआत गरेकी बर्षाले २०७२ सालमा क्लिन इनर्जी डेभलपमेण्ट बैंकबाट अवकाश लिइन् । क्लिन इनर्जी बैंक एनएमबी बैंकमा गाभिएपछी उच्च ब्यवस्थापकीय तहका कर्मचारी नलिने सर्त अनुसार उनी बाहिरिएकी हुन् ।
प्रसुती गृहकी हेल्थ असिस्टेन्ट हु“दै बैंकिङ क्षेत्रमा छिरेकी बर्षाले ३० बर्ष यस क्षेत्रमा बिताउ“दा निकै नाम, दाम र चर्चा कमाईन् । उनीजस्तो अनुभवी बैंकर अहिले बेरोजगार बसिरहेकी छिन् । संभवत अब उनी बैंकिङ क्षेत्रमा फर्किने संभावना पनि छैन । उनी सिईओ बन्न भने सकिनन् ।
महिला बैंकरहरुको पीडा आफ्नो ठाउ“मा छ तर उनीहरुलाई महिला भएकै कारण माथि आउन नदिएको भन्ने आरोप भने सत्य नभएको धेरैको बुझाई छ । महिला भएकैले सानो पदमा हुँदा चाँडो बढुवा पाउने र सजिलो काम दिलाउने भएकाले सहकर्मी पुरुषहरु रुष्ट देखिन्छन् । तर, महिलाहरु भने संवेदनशील कामहरुमा आफुहरुलाई बिश्वास नगरिने गरिएको हिनताबोध पालिरहेका भेटिन्छन् ।
जागिर फेर्ने धोको
उसो त महिलाहरु कमै मात्र जागिर फेर्नेमा पर्छन् । बंगलादेश बैंकबाट जागिर शुरु गरेकी बन्दना पाठकले एनसीसी बैंकसम्म आइपुग्दा २ दशक बैंकिङ सेवा गरिसकेकी छिन् । उनी अहिले एनसीसी बैंकको डिजिएम अर्थात दोस्रो बरियतामा छिन् । उनले जति बैंकिङ गरिन, एउटै समुहको कम्पनीमा गरिन् । अफर आए पनि उनले उस्तै किसिमको काम गर्न अर्को बैंक चहार्ने जरुरत ठानिनन् ।
त्यसो त बन्दना मात्र हैन आशा अधिकारी र रविना देशराज श्रेष्ठ पनि दोस्रो बरियतामै छिन् भन्दा हुन्छ । आशा अधिकारी हाल सनराईज बैंकमा छिन भने रविना मेगा बैंकमा अनुपमाभन्दा एक तह मुनि छिन् । बैंकर अनिल शाह र किशोर महर्जनलाईै आफु एउटा बैंक छाडेर अर्कोमा जा“दा आफु नजिकका कर्मचारीहरु पनि लैजाने बैंकरको रुपमा चिनिन्छ ।
किशोरले आशा अधिकारी, मणि थापा शाह लगायतलाई आफु गएको ठाउ“मा लैजान्थे । अनिल शाहले रविना देशराज श्रेष्ठ र अनुपमा खु“जेलीलाई त्यसै गरे । हुन त आशा किशोर महर्जनसँगै हिमालयनब्ँँट सनराईज गए पनि सिभिल भने आईनन् । तर, मणि शाह भने सिभिलमै आईन् र अझै छिन् ।
उता अनिल शाहलाई नविल छाडेर मेगा बैंक ज्वाईन गर्दा क्षमताहिन महिलालाई धेरै तलब दिलाएको आरोप पनि लागेको थियो । तर, अहिले अनिल शाहका बिरासत तिनै महिलाले धानिदिएका छन् । महिलाहरु बैंकिङ क्षेत्रमा धेरै पीडित भएको गुनासो गर्छन्, तर महिला भएकै कारण चा“डो अवसर पाएको उदाहरण पनि कम छैन।
उता नेपाल राष्ट बैंकमा त महिलालाई आरक्षण नै गरेर लगिन्छ । तर, कार्यकारी निर्देशक र डेपुटी गभर्नरसम्म पुगेका महिला पनि कोही छैनन् । गभर्नर बन्ने त कुरै छाडौं । राष्ट्र बेैकको निर्देशक पदमा भने केही महिला अहिले पनि कार्यरत छन् । सरकारी बैंकहरुमा महिलाका लागि ३३ प्रतिशत सीट छुट्ट्याइएको छ । नेपाल राष्ट्र बैंकले ३ वर्È अघिदेखि यस्तो व्यवस्था गरेको हो ।
बैंकिङ क्षेत्र महिलाहरुका लागि धेरै आकर्षणको क्षेत्र त बनेको छ, तर यसमा भएको शोषण र भेदभावका कुरा पनि कम छैनन् । नेपाल राष्ट्र बैंक तथा सरकारी स्वामित्वका बैंकमा महिला कर्मचारीको संख्या १८ प्रतिशत छ । त्यस्तै, निजीक्ष्ँेत्रबाट सञ्चालित बैंकमा भने महिला कर्मचारीको संख्या करीब ४० प्रतिशत रहेको बताइन्छ । तर, त्यो उच्च व्यवस्थापकिय तहमा भने निकै कम छ ।
नेपाल राष्ट्र बैंकमा १ हजार ३ सय ३९ कर्मचारी छन् । यसमध्ये महिलाको संख्या २ सय ११ छ । यो संख्या कुल संख्याको करीब १६ प्रतिशत मात्र हो ।
सरकारी स्वामित्वका बैंकहरु हेर्दा कृषि विकास बैंकमा २ हजार ८ सय २६ कर्मचारी छन्, जसमा महिला कर्मचारीको संख्या ४ सय ७३ छ । यो संख्या कुल कर्मचारीको १७ प्रतिशत हो । नेपाल बैंकमा कुल २ हजार ६ सय १६ कर्मचारी छन्, जसमा ६ सय ३९ महिला कर्मचारी छन् । राष्ट्रिय वाणिज्य बैंकमा भने कुल कर्मचारी २ हजार ६ सय ७८ छन्, जसमा महिला कर्मचारी ४ सय २५ जना छन् ।