- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपालमा शैक्षिक बेरोजगारहरु बढिरहेका छन् । अझ बैंकमै काम गर्ने सपना बोकेर व्यवस्थापन शिक्षामा समय, र लगानी खर्चिनेहरु धेरै छन् । तर पछिल्लो समय नेपालका नाम कहलिएका बैंकहरुले शैक्षिक योग्यता नपुगेकाहरुलाई बैंकमा भर्ती गरेर शैक्षिक जनशक्तिमाथि एकातर्फ बेइमानी गरीरहेका छन् भने अर्कोतर्फ नियम कानुनमाथि धावा बोलिरहेका छन् ।
हिमालयन बैंक सातदोबाटोकै एक कर्मचारीले दिएको गोप्य जानकारी अनुसार बैंकमा आइए मात्र पढेकाहरुलाई म्यानेजरको पावरकै भरमा ट्रेलरमा जागिर खुवाइएको छ । सातदोबाटो साखामा नर्बदा बजगाईं नाम गरेकी कर्मचारीको शैक्षिक योग्यतानै पुगेको छैन । उनले मात्र आइए पास गरेकी छिन् । बैंकका कर्मचारीले आफ्नो नाम नबताउने सर्तमा उनलाई नियम विपरित मनखुसी पाराले बैंकमा ल्याईएको दावी गरे । उनका अनुसार मेनेजरको सिधा पावर लगाएर आइए पढेको मान्छेलाई बिना भ्याकेन्सी सुटुक्क ल्याइएको छ ।
‘त्यहि जागिर खान अरुले स्नातक गरेको हुनुपर्ने, तर कोहि आफ्ना भएपछि त्यतिकै जागिर खाने ? बैंकको भ्याकेन्सीमा कस्ता कस्ता योग्यहरु फालिएको छ । ‘ बैंककि एक कर्मचारीले अर्थ सरोकार डटकमसँग गुनासो पोखिन् । उनका अनुसार जनवरी १, २०१५ देखि उनले बैंकमा काम गरिरहेकी छिन् । ‘यस्तो गलत सिष्टमले हो नेपालका शैक्षिक बेरोजगारहरु बिदेशिनु परेको । यस्तालाई त कारवाही गर्ने पर्छ ।’ अर्का एक कर्मचारीले गुनासो पोखे ।
बैंककै कर्मचारीका अनुसार काठमाडौँको नयाँ बानेश्वर साखा लगायतका अन्य केहि साखामा पनि पावर र पैसाकै भरमा अयोग्य कर्मचारीहरु भर्ती गरिएका छन् । यसबारे अर्थ सरोकार डटकमले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ ।
यसबारे बैंकका एचआर विभागमा सम्पर्क गर्न खोज्दा बैंकका कर्मचारी सम्पर्कमा आएनन् । यसअघि मेगा बैंकमा थुप्रै कर्मचारी ‘अयोग्य’ भएको समाचार अर्थ सरोकार डटकमले सार्वजनिक गरेको थियो भने मेगा बैंकका संचालककै योग्यता नपुगेको खबर पनि अर्थ सरोकार डटकमले ‘ब्रेक’ गरेको थियो ।
यो पनि पढ्नुहोस् :
हिमालयन बैंक सम्बन्धी यी समाचार छुटे कि ?
- हिमालयन बैंकमा अर्को काण्ड ! जनताको पैसामाथि फूपूको श्राद्ध, संचालकहरुलाई १ तोला सुन र ३० हजार ? (फलोअप नं ७)
- अर्थ सरोकारको समाचार प्रभाव : हिमालयन बैंकबाट कृष्णप्रसाद आचार्य निकालिए, जितेन्द्र धिताललाइ नयाँ नियुक्ति !
- हिमालयन बैंक प्रकरण : राजासाब जेल जानबाट यसरी बचे
- हिमालयन बैंकलाई कारवाही सिफारिस गरेका छौंःअख्तियार, सरकारको पैसामा मस्ती (फलोअप नम्बर.४)
- यस्तो छ हिमालयन बैंकका सहायक प्रबन्धक सुवालको चोरी काण्डको भित्री कथा
- एसबीआई बैंकका अध्यक्ष हिमालयन बैंकका सञ्चालक ? यसरी डुब्योः हिमालयन बैंकको १२ करोड
- नियम मिचेपछी हिमालयन बैंकलाई १ करोड १५ लाख ६६१ रूपैयाँ जरिवाना !