×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजनीति र समाजभित्रका सात खाटी दुष्मन !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राजनीति र समाजभित्रका सात खाटी दुष्मन !

Artha Sarokar

५ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम


काठमाडौं – सशस्त्र द्धन्दका समयमा शेरबहादुर देउवालाई कैलालीमा निशाना लगाउने पुष्पकमल दाहाल र दाहालको टाउकोको मुल्य तोक्ने शेरबहादुर देउवा वर्तमान सरकारमा अति प्रिय सारथी छन् । सुशील कोइराला नेतृत्वको सरकारमा एमाले सामेल थियो भने कोइरालाका खास सारथी थिए एमाले अध्यक्ष केपी शर्मा ओली । त्यही बेला एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच कडा बादप्रतिबाद चलिरहेको थियो । त्यही बेला दाहालले ओलाई भने उहाँको मानसिक सन्तुलन विग्रेको छ, उपचार गराउन म सुझाव दिन्छु । दाहालले यस्तो अराजनीतिक अभिब्यक्ति दिएकोे ठिक एक बर्षपछि ओली र दाहालबीच लभ परयो । अर्काे एक बर्षमा फेरी डिभोर्स भयो ।
राजनीतिको यस्तै दोस्ती र दुष्मनीलाई बुझेर होला एमाले जननेता मदन भण्डारीले भनेका थिए राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन् । विगत पाँच बर्षको इतिहाँस हेर्ने हो भने उनको यो भनाईले सार्थकता पाएको छ । स्वार्थ मिल्दा घाँटी जुधाउन तयार हुने नेताहरु स्वार्थ विग्रिदाँ एक अर्काका खाटी दुष्मन पनि बन्ने गरेका छन् ।

नेपाली नेताहरु धेरै लचक छन्, तत्काल दुष्मनबाट मित्र बन्छन्, मित्रबाट दुष्मन । त्यही भएर भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारीले एक अन्तर्वातामा भनेका थिए नेपालका कम्यूनिष्ट भारत जाँदा तिरुपति पुग्छन् भारतका कम्यूनिष्ट नेपाल आउँदा पशुपति जाँदैनन्, यसबाट नेपाली नेताहरु लचक छन् भन्ने प्रमाण दिन्छ ।

तर नेपाली राजनीति र समाजमा केही खाटी दुष्मन पनि छन् । राजनीतिका खाटी दुष्मनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष बिजयकुमार गच्छदार र संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादव देखिएका छन् । त्यसैगरी समाजमा देखिने गरी दुष्मनी पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र हिमाल साप्ताहिकमा प्रधानसम्पादक कनकमणि दिक्षितले थालेका छन् ।

को कस्का खाटी दुष्मन ?
विजयकुमार गच्छदार र उपेन्द्र यादब
उपेन्द्र यादव एमाले, माओबादी हुदै मधेसी जनअधिकार फोरम हुँदै संघिय समाजबादी फोरमको अध्यक्ष बनेका छन् । एमाले मै हुँदा यादवले मधेसी जनअधिकार फोरम नामको एनजिओ खोलेका थिए । २०६२ साल साउनमा विराटनगरमा भएको भेलाबाट एनजिओलाई राजनीतिक दलमा रुपान्तरण गरे । त्यही रुपान्तरित फोरममा बिजयकुमार गच्छदार कांग्रेसको राजनीति छोडेर आइपुगे । दुई फरक राजनीतिक बिचारधाराबाट आएका ब्यक्तिको लामो समय प्रेम रहन सकेन । तर पहिलो संविधानसभामा प्रत्यक्षतर्फ ३० र समानुपातिक २२ गरी ५२ सिट सुरक्षित गरेर फोरम चौथो शक्ति बन्यो ।

सधै सत्ता मै रमाउन चाहने गच्छदारसँग यादवको पहिलो विवाद २०६६ सालको पुष्पकमल दाहालको नेतृत्वको सरकारमा जाने कि नजाने भन्ने विषयमा भयोे । उपेन्द्र यादव दाहालको सरकारमा परराष्ट्र मन्त्री बने । गच्छदार सरकार बाहिर बसे । तत्कालिन प्रधानमन्त्री दाहालले प्रधान सेनापति रुक्माङगत कटुवाललाई कारवाही गर्न खोज्दा यादव दाहालको पक्षमा लागे भने गच्छदार कट्टर बिरोधी बने ।

कटुवाल प्रकरणपछि दाहालले राजीनामा दिएर आन्दोलनमा पुगे । यादवले दाहालाई साथ दिँदै आन्दोलनलाई समर्थन दिए । तर गच्छदार भने एमाले नेता माधव कुमार नेपालको सरकारमा सहभागि भए । २०६६ सालमा यादव आन्दोनलका पक्षमा र गच्छदार सरकारका पक्षमा भएपछि सांसदहरुबीच बैठकमै कुटाकुट समेत भएको थियो । यही पहिलो रेखा थियो जहाँबाट यी दुई खाटी दुष्मन बने । अहिले पनि एकअर्काबीच राम्रो बोलचालसम्म छैन । फेरी अहिले बनेको दाहाल नेतृत्वको सरकारमा गच्छदारलाई रोक्न यादवले माओवादी केन्द्र र कांग्रेससँग सर्त नै राखे ।

गच्छदार र उपेन्द्र एउटै जिल्लाबासी हुन् । सुरुदेखि राजनीतिक प्रतिस्पर्धा भएपनि यादवले गच्छदारलाई दाई भनेर सम्बोधन गर्ने गर्दछन् । २०४२ सालतिर दुवै नेता सेन्टल जेलमा संगै बसेका थिए ।
लोकमान सिंह कार्की र कनकमणी दिक्षित
लोकमानसिंह कार्की २०७० बैशाखमा सर्बदलीय सहमतिका आधारमा अख्तियार प्रमुख बने । खिलराज रेग्मीले सरकारको बागडोर समालेका थिए तर उच्चस्तरीय राजनीतिक समितिले कार्कीलाई अख्तियार प्रमुख बनाउन सिफारिस गरेको थियो । समितिमा तत्कालिन माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरु थिए ।

लोकमानको सिफारिस पछि कांग्रेस र एमालेभित्रबाटै विवाद सुरु भयो । २७ वटा भन्दा बढि रिट सर्वाेच्च अदालतमा परे । तर कार्की नियुक्तिको कडा विरोध कनकमणी दिक्षित, नेपाल वारका पूर्वअध्यक्ष शम्भु श्रेष्ठले गरे । उनीहरुको विरोधलाई कान्तिपुर दैनिकले भरपुर सहयोग गरयो भने अन्नपूर्ण पोष्ट दैनिक लोकमानका पक्षमा उभियो ।

देश दुई धारमा बिभाजित बन्दै गयो । दिक्षितले कार्कीको नियुक्तीको विषयलाई लिएर अन्तराष्ट्रिय फोरमहरुमा पनि कुरा उठाए । उनलाई युद्ध अपराधीको संज्ञा समेत दिए । कार्कीको नजरमा दिक्षित त्यतिबेलै परे । त्यसपछि कार्कीले शम्भु थापा र दिक्षित दुवैमाथी कारवाहीको डण्डा बर्साउन थाले । थापाको ल फार्ममा खानतलासी गराए भने कर छलेको आरोप लगाए । त्यो बेला नयाँपत्रिका दैनिक थापाका विपक्षमा र लोकमानका पक्षमा देखियो ।

त्यसपछि उनको डण्डा दिक्षितमाथी बर्सिन थाल्यो । दिक्षित साझा यातायात सहकारी लिमिटेडको अध्यक्ष छन् । त्यहीबाट लोकमानले कारवाहीको प्रक्रिया अघि बढाए । २०७३ बैशाख १० गते शुक्रवार दिउसो २ बजे निवासबाटै अख्तियारको टोलीले उनलाई गिरफतार ग¥यो । सार्वजनिक पदको दुरुपयोग गरेर गैरकानुनी सम्पत्ति आर्जन गरेको , संस्थाको आर्थिक हिनामिना गरेको आरोप लागाउदै दिक्षितलाई पक्राउ गरेको थियो । तर उनलाई अख्तियारको हिरासतमा नराखी गौशाला प्रहरीको बन्दी बनाइयो । यो बेला लोकमानका पक्षमा डिजिटल पत्रिका रातोपाटी देखियो ।

लोकमानका नयाँ दुष्मन डा. गोविन्द केसी
बाहिरी आवरण स्वास्थ्य क्षेत्र सुधार, भित्री लक्ष्य मनमोहन बिज्ञान प्रतिस्ठानको खारेजीको माग गर्दै त्रिवि चिकित्सक डा. गोविन्द केसी सात पटक अनशन बसे । मनमोहन अस्पतालको सवै सम्पति राज्यले लिने भएपछि उनीले आफ्नो निशाना मनमोहन प्रतिस्ठानबाट अख्तियार कार्यालय टंगालतर्फ सारे । केसीले अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनु पर्ने माग राख्दै दैनिक सडकमा आउन थालेका छन् ।
स्वास्थ्य क्षेत्रमा हस्तक्षेप गरेको भन्दै आफ्नो पछिल्लो अनशनमा केसीले लोकमानविरुद्ध महाअभियोगको माग राखेका थिए । त्यही बेला अख्तियारले अराजक बिज्ञप्ती निकाल्दै केसीलाई पागलको सज्ञा दिएको थियो । त्यसपछि उनी ठुलो हुलसहित लोकमानकाबिरुद्ध सडकमा आउन थालेका छन् ।
कमल थापा भर्सेज पशुपति सम्शेर
नेपाली राजनीतिमा कमल थापा र पशुपति सम्शेर राणा एउटै मुलका पानी हुन् । संबैधानिक राजतन्त्र यी दुवैको मुल राजनीतिक ऐजेण्डा थियो, २०६० सालसम्म । त्यही बेला राजाको नजिक को जाने भन्ने बिषयमा थापा र राणाबीच जुहारी चलेको थियो ।

अन्त थापाले बाजी मारे र राप्रपा विभाजन भयो । राप्रपा विभाजन भएपछि थापाले राप्रपा नेपाल गठन गरे । त्यसपछि यी दुईबीचको सम्बन्धमा निकै ठुलो दरार पैदा भयो । अन्तः संबैधानिक राजतन्त्रका पक्षमा पकट थापाले जमाए भने राणा राजाको फेरो छोडेर लोकतान्त्रिक गणतन्त्रमा आयो । राजाको प्रत्यक्ष शासनकालमा गृहमन्त्री बनेका थापाका बिरुद्ध सडकमा पुगे राणा ।

यी दुईबीच लामो समय बोलचाल समेत बन्द भयो । तर केही महिना यता सम्बन्ध सुधारको संकेत देखा पर्दै पार्टी एकीकरणसम्म पुगेको थियो । तर पुरानो दुष्मनी बल्झिदाँ फेरी एकता तुहियो ।
  • एस काठमाडौँ 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी