१. एन आई सी एशिया बैंकको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?
बैंकको वित्तिय अवस्था सन्तोषजनक रहेको छ । चैत्र मसान्त सम्ममा कर्जा तर्फ वार्षिक २६ प्रतिशत (रु.११ अर्ब) , निक्षेप तर्फ ३० प्रतिशत (रु.१५ अर्ब) तथा खुद मुनाफामा ३२ प्रतिशत (रु.१८ करोड) को वृद्धि हासिल गरेका छौंभने प्रतिशेयर आम्दानी रु. २७.४१, कुल सम्पतिमा प्रतिफल १.५३ प्रतिशत तथा स्व पुंजीमा प्रतिफल १७.१९ प्रतिशत रहेको छ ।
पूंजी पर्याप्तता अनुपात ११.७६ प्रतिशत रहेको छ जुन नेपाल राष्ट्र बैंकले तोकेको १० प्रतिशत भन्दा १.७६ प्रतिशतले बढी हो । समग्रमा बैंकको वित्तीय परिसूचकहरु निकै उत्साहजनक रहेका छन् ।
२. ८ अर्ब पूँजी पु¥याउने के–कस्ता योजना छन् ?
यस बैंकको पूँजी योजना नाफा तथा जगेडा सिइआ कोषलाई पूँजीकरण गर्ने तथा हकप्रद शेयर जारी गरी रु.८ अर्बको चुक्ता पूँजी पु¥याउने रहेको छ । सोही योजना अनुरुप यस वर्ष बैंकले गत आर्थिक वर्षको मुनाफा तथा जगेडा कोषबाट ३९ प्रतिशत बोनश शेयर दिएको छ साथै भर्खरै पूँजी योजना अनुरुपको २५ प्रतिशत हकप्रद शेयर जारी गरेको छ । आगामी आर्थिक वर्ष पनि नाफा तथा जगेड कोषलाई पूँजीकरण गरे पश्चातआवश्यकता अनुसारको हकप्रद शेयर जारी गरेर लक्ष्य अनुरुपको चूक्ता पूँजी पु¥याउने योजना बनाएका छौं ।
३. हाल कति शाखा सञ्जाल, कर्जा र निक्षेपकर्ताहरु रहेका छन् ?
हामीले नेपाल अधिराज्य भरीका ६७ वटा शाखा सञ्जाल मार्फत करिब २०,००० कर्जा ग्राहक तथा करिब ४ लाख निक्षेपकर्ताहरुलाई बैंकिङ सेवा प्रदान गदेै आएका छौं भने छिट्टै नै थप १२ वटा शाखा सञ्चालनमा ल्याउने योजनामा रहेका छौं ।
४. शाखा रहित बैंकिङ र मोबाइल बैंकिङमा तपाइको बैंक पछि परेको सत्य हो ?
विगतमा यस बैंकले भइरहेका तथा थप शाखाहरु बिस्तार गरी ग्राहक वर्गहरुलाई कसरी अधिकतम सेवा दिने तथा व्यवसाय विस्तार गर्ने भन्ने सोचमा यस बैंकको एकाग्रता रहेकोले हाम्रो ध्यान पूर्ण रुपमा त्यतातर्फ केन्द्रित रह्यो । शाखा रहित बैंकिङ गर्ने लक्ष्य हुँदा पनि त्यसलाइ मुर्तरुप दिन पक्कै नसकिएको हो र त्यस क्षेत्रमा हामी चाँडै नै प्रवेश गर्ने लक्ष्य लिएका छौं ।
मोबाइल बैंकिङमा भने हामी पछि छैनौं । यसमा हामी थप सुधार गर्न गइरहेका छौं त्यसको परीक्षण भइरहेको छ यस आर्थिक वर्षको अन्तसम्ममा थप सुविधाहरु सहित मोबाइल बैंकिङ सेवा थप विस्तार गर्ने लक्ष्य राखेका छौं ।
५. दुई वाणिज्य बैंक मिलेर बनेको एन आई सी एशिया बैंकको पुरानो कर्जा उठाउने कुरा कहाँ पुग्यो ?
बैंकिङ क्षेत्रमा केही कर्जा खराब हुने तथा उठ्ने नियमित प्रक्रियाहो । यस बैंकको चैत्र मसान्त सम्मको कुल कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता भएको रकम रु.२५ करोड तथा चैत्र मसान्त सम्मको कुल निश्क्रीय कर्जा अनुपात १.११ प्रतिशत रहेको छ । उक्त निश्क्रिय कर्जा सोही अवधिको अघिल्लो आर्थिक वर्षमा २.१४ प्रतिशत थियो। आर्थिक वर्षको अन्त्य सम्ममा निश्क्रीय कर्जा अनुपात १ प्रतिशत भन्दा तल ल्याउने लक्ष्य लिएका छौं ।
६. प्रसंग बदलौं, नेपाल राष्ट्र बैंकले तोके बमोजिम २ प्रतिशतमा भुकम्प पिडितलाई दिने भनेको कर्जामा यस बैंकले कति लगानी गरेको छ ?
यस बैंकले भुकम्प पिडितलाई कर्जा स्वीकृतिको लागि आवश्यक गृहकार्य गरी सो बमोजिम कर्जा लगानी गर्ने तयारी अवस्थामा रहेको छ तर पनि हालसम्म उक्त कर्जाको माग नभएकोले बैंकले त्यसतर्फ कर्जा लगानी गरेको छैन ।
७.हालै बैंकर र राष्ट्रिय पुननिर्माण प्राधिकरण बीच भुकम्प पिडितलाई पैसा बैंक मार्फत पु¥याउने सम्झौता भयो । यो सम्झौताबाट पिडितले दुर्गममा पैसा पाउने सम्भावना छ र ?
सम्झौतामा भए अनुसारको रकम बैंकमा जम्मा भयो भने भुकम्प पिडित सम्म पु¥याउन त्यति अफ्ठयारो नपर्ने मेरो विश्वास रहेको छ । यो सम्झौता एउटा राम्रो सुरुवात रहेको मलाई विश्वास छ । यसबाट धेरै मानिसहरुमा बैंक सित कारोबार गर्ने बानीको विकास हुने र यसबाट समग्र आर्थिक क्रियाकलापहरु नै थप सुदृढ हुन मद्दत पुग्ने विश्वास लिएको छु ।
८.तपाईको बैंकले गत वर्ष गएको भुकम्प पिडितहरुलाई के कस्तो राहात दिएको छ र के कस्ता राहत कार्य गर्नु भयो ?
हामीले एक असल संस्थागत नागरीकको रुपमा प्रत्येक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न गतिविधीहरु सञ्चालन गर्दै आएका छौं सोही क्रमलाइ निरन्तरता दिंदै देशमा गत वर्ष गएको महाभुकम्पले गर्दा प्रभावित भएकाहरुलाई सहयोग गर्न रु. २५,५१,००० रुपैया प्रधानमन्त्रि सहायता कोषमा जम्मा ग¥यौं तथा भुकम्प प्रभावित जिल्लाहरुमा सहयोगका कार्यक्रमहरु जस्तै खाद्यान्न बितरण, सरसफाई तथा जनचेतनामुलक कार्यक्रमहरु यस बैंकको सामाजितक उत्तरदायित्व अन्र्तगतको संस्था एन आई सी फाउन्डेसन मार्फत सञ्चालनमा ल्याएका थियौं ।
९.लामो समयपछि सिइओ बन्नु भयो । अब तपाईको अगाडी बैंक बनाउने कस्तो चुनौती छन् त ?
निश्चय नै बैंकिङ व्यवसाय एक चुनौतिपूर्ण व्यवसाय हो । त्यसमा पनि हाम्रो देशको न्युन आर्थिक गतिविधि तथा सिमित लगानिका अवसरले यसलाई थप चुनौति थपिएको छ ।
अहिलेको घट्दो ब्याजदर अन्तर, अधिक तरलता, बढ्दो सञ्चालन लागत व्यवस्थापन गरेर शेयरहोल्डरहरुलाई उच्चतम प्रतिफल प्रदान गर्नु नै अहिलेको बैंकिङको मुख्य चुनौति हो भन्ने मलाइ लाग्दछ ।
१०. प्रसंग फेरी बदलौं, बैंकको लकर भित्र अपराधिक क्रियाकलापमा प्रयोग हुने हातहतियार फेला परेको छ । बैंकहरुले अब लकर हेर्न पाउनु पर्ने हो ?
ग्राहकहरुले बैंकमा लिनु भएको लकर भनेको नितान्त व्यक्तिगत तथा बहुमुल्य सामानहरु राख्नको लागि प्रयोग हुने हो यसमा बैंकले पनि उनिहरुको अनुमति तथा रोहबर बिना हेर्न नपाइने मान्यता हो ।बैंकले प्रदान गर्ने लकर सेवाको गैर कानुनी क्रियाकलापमा प्रयोग नगर्न वा गर्न नदिने मुख्य जिम्मेवारी सेवा उपयोग गर्ने ग्राहकको नै हो ।
११. बैंक लकर के का लागि हो । र किन दिइन्छ ?
लकर भनेको मानिसहरुले आफ्ना बहुमुल्य सामानहरु सुरक्षित रुपमा राख्नको लागि बैंकहरुले ग्राहक समक्ष ल्याएका एक बैंकिङ सेवा हो जसमा राज्यले निषेध गरेका सामानहरु बाहेक अन्य बहुमुल्य सामान तथा कागज पत्रहरु राख्नको लागि पूर्ण रुपमा ग्राहकले मात्र राख्न र झिक्न सक्ने अधिकार सुरक्षित गरिएको हुन्छ । जुन सेवा ग्राहकहरुले उपभोग गरेबापत बैंकलाई निश्चित रुपमा वार्षिक शुल्क बुझाउनु पर्ने हुन्छ ।
१२. पछिल्लो समयमा बैंकहरुमा तरलता कम भएको हो ?
गत वर्ष झैं यस वर्ष पनि पहिलो र दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुमा अधिक तरलताको अवस्था कायमै रह्यो यसको कारण मुख्यतया कर्जा मागमा आएको शिथिलता तथा विप्रेषणमा भएको उल्लेख्य वृद्धि हो । हाम्रो देशको वित्तीय प्रणालिकोे गहिराई त्यति धेरै नभएकोले, छोटो समयचक्रमा नै तरलता घट्ने तथा बढ्ने भैरहेको देखिन्छ चैत्र मसान्त पश्चात केही तरलतामा संकुचन आएको हो जुन अहिले फेरी सहजताको अवस्थामा आइसकेको छ र यस आर्थिक वर्षको अन्तसम्ममा फेरी तरलता प्रशस्त मात्रामा रहने मेरो अनुमान रहेको छ ।
१३. भुकम्प पछिको नाकाबन्दिले बैंकहरुलाई खासै असर नपारेको देखिन्छ । सत्य हो ?
असर नपारेको भन्ने कुरा सत्य होइन बैंकिङ व्यवसायको असर अरु व्यवसायको जस्तो अहिलेको अहिलै देखिदैन । त्यसको असर पछि अन्य व्यवसायहरुमा देखिसकेपछि मात्र बैंकिङमा देखा पर्छ यस वर्ष नेपाल राष्ट्र बैंकले कर्जा नोक्सानी व्यवस्था तथा ब्याज आम्दानीको लेखांकनमा दिएको सहुलियतको कारणले पनि बैंकहरुको मुनाफामा असर नपरेको देखिन्छ, कर्जा लगानी तर्फ भने सीमामा भएको अवरोध हटेपश्चात उल्लेख्य वृद्धि भएको देखिन्छ । दोस्रो त्रैमास देखि भएको लगानी बृद्धिले गर्दा पनि बैंकहरुको आर्थिक वर्षको अन्त्यमा हुने मुनाफा राम्रै रहने अनुमान छ ।
१४. अरु व्यवसायी सँधै धरापमा चल्ने बैंक सँधै नाफा कमाउनु पर्ने यो कारण के हो ?
मैले अगाडि नै भनिसके की बैंकहरुको असर अरु व्यवसायको जस्तो अहिलेको अहिले नै देखिदैन अन्य व्यवसायमा असर परिसकेपछि मात्र बैंकमा पर्ने हो । फेरी नाफालाई पूँजीको आकार सित दाँजेर हेर्दा मात्र बढी÷घटी केही भन्न सकिन्छ । बैंकहरुले अत्याधिकधेरै मुनाफा आर्जन गरेको अवस्था होइन । नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार ०७४ आषाढ मसान्त सम्ममा रु.८ अर्ब चुक्ता पूँजी पु¥याउनु पर्ने बाध्यात्मक व्यवस्थाले बैंकहरुलाई शेयरहोल्डरहरुको लागानीमा न्युनतम १५ देखि २० प्रतिशतको प्रतिफल प्रदान गर्न पनि अहिले आर्जन गरेको मुनाफा भन्दा थप वृद्धि गर्नु पर्ने चुनौति रहेको छ ।
१५. पुनः निर्माणमा बैंकर र बैंकको भुमिका कस्तो हुनु पर्दछ त ?
पुनः निर्माणमा राज्यले अंगिकार गरेको नीति अनुरुप भुकम्प प्रभावित जिल्लाहरुमा पुन निर्माण कर्जा प्रवाह गर्ने तथा भुकम्प पिडितलाई रकम वितरण गर्न सम्पुर्ण बैंकिङ क्षेत्र कटिबद्ध रहेको छ र यसमा बैंकहरुले मध्यस्थताको भुमिका खेल्नु पर्दछ भन्ने मलाइ लाग्दछ ।
१६. हालै सार्वजानिक भएको बजेटमा तपाइको धारणा के छ ?
आगामी वर्षको बजेट पूँजी गत खर्च तथा पुर्वाधार विकासमा केन्द्रित रहेको देखिन्छ । उक्त बजेट प्रक्षेपणमा अपेक्षा गरिएको ६.५ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्ने कुरा अलि चुनौतिपूर्ण रहेको मेरो ठम्याई रहेको छ । बजेटमा अनुमान गरिए अनुसारको पुर्वाधार विकास तथा पूँजीगत खर्चको कार्यान्वयन भएमा देशको अर्थतन्त्रमा थप गतिशिलता आउनेजसको सकारात्मक प्रभाव बैंकिङ क्षेत्रमा पनि पर्ने मेरो अनुमान रहेको छ । तर बजेट सँधै राम्रो बन्ने र कार्यान्वयनमा चूक्ने हाम्रो पुरानो रोग रहेको सन्दर्भमा बजेटले लिएका लक्ष्यहरु अत्यन्त चूनौति पूर्ण रहेको छ ।
१७. हालै सदनमा छलफलमा रहेको बैंकको बाफिया लागु भए पछि बैंक भित्रको बैंकिङ अपराध कम हुने हो ?
प्रस्तावित बाफियाले बैंकहरुमा संस्थागत शुशासन बलियो बनाउन मद्दत गर्ने कुरामा मलाइ विश्वास छ ।
१८. राष्ट्र बैंकको कृषिमा ५ प्रतिशत लगानी गर भनी रहँदा बैंकरहरुले किन लगानी नगरेर कागजमा मात्रै देखाउने गर्नु भएको होला ?
बैंकहरुले कागजमा मात्र देखाउने गरेका छन् भन्ने कुरा सत्य होइन, कर्जा लगानी नगरीकन कागजमा मात्र उल्लेख गर्न मिल्छ जस्तो मलाई लाग्दैन । यस आर्थिक वर्षको फागुन मसान्त सम्ममा वाणिज्य बैंकहरुले कृषि तथ जल विद्युत क्षेत्रतर्फ थप कुल रु. १९ अर्ब कर्जा लगानी गरेको देखिन्छ ।यहाँ बाट पनि के प्रष्ट हुन्छ भने बैंकहरुले नेपाल राष्ट्र बैंकले तोकेको उत्पादनशिल क्षेत्र तर्फको कर्जा लगानीमा वृद्धि गरिरहेका छन् र त्यस्तो कर्जा अझ थप वृद्धि हुंदै जानेछ भन्ने मेरो विश्वास रहेको छ ।
१९. बैंकको पूँजी वृद्धिले ठुला लगानी गर्न मद्दत पु¥याए पनि ति लगानीको जोखिम बढ्ने देखिन्छ यसलाई कसरी लिनुहुन्छ ?
जुनसुकै लगानी साना होस् या ठुला त्यसमा जोखिम रहन्छ । उक्त जोखिमलाई कसरी कम गर्ने तथा कति जोखिम लिने भन्ने कुरा महत्वपूर्ण हुन्छ । जुन बैंकको आफ्नो कुल पूँजी आधार ठुलो छ उक्त बैंकको सोही अनुसार आफ्नो जोखिम बहन गर्न सक्ने क्षमता पनि बढी नै हुन्छ । तसर्थ पूँजी वृद्धिले बैंकहरुको जोखिम बहन गर्न सक्ने क्षमतामा थप वृद्धि गर्ने भएकोले लगानीमा जोखिम नै भए पनि आफ्नो जोखिम लिने क्षमता अनुरुप नै बैंकहरुले लगानि गर्ने देखिन्छ ।
२०. तपाइको बैंकको उर्जा र कृषिमा कति लगानी छ त ?
यस बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा नेपाल राष्ट्र बैंकले उत्पादनशिल क्षेत्रमा तोकिएकोे भन्दा बढी नै लगानी गरेको छ र उक्त लगानीमा यस आर्थिक वर्षको अन्तसम्ममा थप वृद्धि हुने अपेक्षा रहेको छ ।
२१. भुकम्प पछि घर, अपाटर्मेन्टमा लगानी घटेको हो ?
निश्चय नै गत वर्ष गएको महाभुकम्पको कारणले घर निर्माण कर्जामा केही कमि भएकै हो । घर निर्माणमा नयाँ मापदण्ड आउन केही ढिला भएको कारणले पनि यस वर्षको पहिलो र दोस्रो त्रैमासमा केही शिथिलता आएको देखिन्छ भने तेस्रो त्रैमासमा आएर मात्रै घर जग्गा तथा रियल स्टेट कर्जामा थप रु. १० अर्बको वृद्धि भएको देखिन्छ तसर्थ अहिलेको यस वृद्धिलाई मात्र आधार मान्ने हो भने यस आर्थिक वर्षको अन्त सम्ममा उक्त कर्जामा अघिल्लो आर्थिक वर्षको हाराहारीमा नै वृद्धि हुने मेरो अनुमान रहेको छ ।
२२. अहिलेको पुनः निर्माण बैंकहरुको लागि अवसर हो कि चुनौती हो ?
पुनः निर्माणलाई हामीले अवसरको रुपमा लिएका छौं किनभने यसले देशको समग्र आर्थिक गतिविधिहरुलाई थप क्रियाशिल बनाउने र अर्थतन्त्रमा थप रोजगारी सिर्जना गर्ने भएकोले बैंकिङ क्षेत्रमा निकै राम्रो टेवा पु¥याउने मेरो विश्वास रहेको छ । साथै पुनः निर्माणमा हुने पुर्वाधार खर्चले दिर्घकालिन रुपमै देशको अर्थतन्त्रलाई लाभ पु¥याउने मेरो अपेक्षा रहेको छ ।
२३. अन्त्यमा के छ ?
देशमा लगानीको वातावरणमा सुधार आई स्थिर राजनैतिक वातावरणको अवस्था तथा भर्खरै जारी गरेको अािर्थक वर्ष ०७३÷०७४को बजेट को योजना अनुरुप कार्यान्वयन भएमा बैंकिङ क्षेत्रको लगानी वातावरणमा पनि सुधार हुने मेरो अपेक्षा रहेको छ ।
- प्रस्तुती : भुपिन्द्र आचार्य