ARCHIVE
३५.५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत् आयोजनाको निर्माण सुरु, ३ वर्षभित्र निर्माण सम्पन्न हुने
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ३५.५ मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । तुण्डी पावर लिमिटेडले राहुघाट नदीमा निर्माण गर्न लागेको आयोजनाको बाँध रघुगङ्गा–८ बन्दीघाट र विद्युत्गृह वडा नं ७ चिमखोलामा रहनेछ । कम्पनीका इञ्जिनीयर प्रकाश तिमिल्सिनाले तीन वर्षभित्र आयोजना निर्माण सम्पन्न गर्ने जानकारी दिनुभयो । [...]