ARCHIVE
आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ । सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने दिन साउन २० गते आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सो दिन काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी सूचनामा[...]