ARCHIVE
‘मौद्रिक नीतिको कारण सेयर बजारमा समस्या आएकै हो, सामाधानको लागि कमिटि गठन गरिएको छ’ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको कारण सेयर बजारमा समस्या आएको बताएका छन् । आर्थिक विधेयकबारे प्रतिनिधिसभाको बैठकमा उठेका विषयको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । अर्थमन्त्री शर्माले भने, ‘सेयर बजारको सम्बन्धमा धेरै भन्न पर्दैन, सेयर बजारको समस्या सामाधान गर्नको लागि नेपाल[...]