SPECIAL
एचआइडीसीएलको संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर पुनः लिलामीमा
काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले पुनः संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । कम्पनीको बिहिबार बिहान बसेको सञ्चालक समिति बैठकले यसअघि १००% हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको संस्थापक सेयर पुनः लिलामीमार्फत बिक्री गर्ने निर्णय गरेको हो । लिलाम बढाबढ[...]