ARCHIVE
न बन्द समाधान हो, न प्रतिबन्ध ! दम्भ र प्रतिशोध बिर्सिएर वार्ता गरौँ !
केहि समय अघि सरकारी तर्फबाट विप्लवका एक कार्यकर्ता मारिए । मुडभेडमा मारिएको दावी गर्ने सरकारी पक्षले उनलाई हत्या गरेको विप्लव नेतृत्वको नेकपाको आरोप छ । उनको निधनसँगै विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द आह्वान गर्यो । बन्दको अघिल्लो दिन विभिन्न ठाउँमा बिस्फोट हुँदा ४ जनाको मृत्यु भयो । यसअघि रोहण गुरुङको[...]