SPECIAL
बैंकिङ कसुरमा ७० लाख जरिवाना तोकिएका एक अभियुक्त पक्राउ, पक्राउ पर्नेमा वीरगञ्जका नारायणप्रसाद रौनियार !
अर्थ सरोकार सम्बाददाता काठमाडौं । प्रहरीले बैंकिङ कसुरको मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले वीरगञ्ज महानगरपालिका–६ माइस्थानका ५८ वर्षिय सत्य नारायणप्रसाद रौनियारलाई बुधबार काठमाडौं रातोपुलबाट पक्राउ गरेको हो । उनीविरुद्ध मन्दिपकुमार थापा र सन्तोषकुमार चौधरीले बैंकिङ कसुरका दुईवटा छुट्टाछुट्टै मुद्दा दायर गरेका थिए ।[...]