×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालोसूचीमा परेका महासंघका पूर्व–अध्यक्ष श्रेष्ठ ड्राइभरको नाउँमा पाँच करोड निकालेर फरार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कालोसूचीमा परेका महासंघका पूर्व–अध्यक्ष श्रेष्ठ ड्राइभरको नाउँमा पाँच करोड निकालेर फरार

Artha Sarokar

१२ आश्विन २०७२, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का पूर्व–अध्यक्ष बिनोद बहादुर श्रेष्ठ ड्राइभरको नाउँमा क्रिष्टल फाइनान्सबाट पाँच करोड रुपैयाँ कर्जा निकालेर फरार भएको तथ्य सावर्जनिक भएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा नेकोन एयर सञ्चालनको लागि भन्दै श्रेष्ठले करोडौ रुपैयाँ कर्जा लिएका थिए । एयरलाइन्सको लागि कर्जा लिए पनि उक्त कर्जा अन्यत्र लगानी गरेपछि नेकोन एयर डुबेको थियो । नेकोन एयरले व्यावसायिक प्रयोजनको लागि लिएको कर्जा चुक्ता गर्न नसकेपछि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको आग्रहमा श्रेष्ठ र नेकोन एयर समेतलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको थियो । कालोसूचीमा परेको आधारमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन नपाउने भएपछि श्रेष्ठले घुमाउरोरुपमा आफ्ना ड्राइभर प्रविण श्रेष्ठको नाउँमा क्रिष्टल फाइनान्सबाट पाँच करोड रुपैयाँ कर्जा लिएका थिए । कर्जा लिएको अवधिदेखि नै श्रेष्ठ सम्र्पकविहीन भएको फाइनान्स स्रोतले बताएको छ । फाइनान्सको कर्जा असुली विभागले भने प्रविण श्रेष्ठको नाउँमा उक्त कर्जा गएको कारण कर्जा चुक्ता गर्न आउनको लागि श्रेष्ठलाई ताकेता गर्ने गरेकोमा महासंघका पूर्व–अध्यक्षद्वारा फसाइएका श्रेष्ठ पनि पछिल्लो समय सम्पर्कविहीन भएका छन् । पूर्व–अध्यक्ष श्रेष्ठ भने फाइनान्सका कर्मचारीहरुको आँखा छल्दै उक्त कर्जा नतिर्नको लागि विभिन्न शक्ति केन्द्रहरुसम्म धाउने गरेको फाइनान्स स्रोतले बताएको छ । श्रेष्ठकै कारण फाइनान्स समस्यामा परेको समेत ती कर्मचारीहरुले बताएका छन् ।

फाइनान्सबाट करोडौँ रुपैयाँ कर्जा लिएर नतिर्ने श्रेष्ठलाई बैंकिड कसुरअन्तर्गत कारबाही गर्न राष्ट्र बैंकमा समेत पत्राचार गर्ने तयारी भएको फाइनान्स स्रोतले बताएको छ । फाइनान्स भने हाल समस्याग्रस्त अवस्थामा छ । फाइनान्सको २०६७ चैत मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा भएको स्थलगत निरीक्षणबाट संस्थाले सञ्चालक, संस्थापक तथा निजहरुसँग सम्बद्ध व्यक्ति तथा कम्पनीहरुलाई ४४ करोड ५९ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको समेतको कैफियतको आधारमा राष्ट्र बैंकले उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो । बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०६७ को इ.प्रा.निर्देशन नंं. १/०६७ को पुँजीकोष तालिका (‘क’ वर्गबाहेक) निर्देशन फाराम नं १.१ बमोजिम यस बैंकको निर्देशनअनुसार सम्पूर्ण रकमलाई संस्थाको प्राथमिक पुँजीबाट घटाउँदा तथा प्रवाहित कर्जाको सुपरिवेक्षकीय समायोजनपश्चात् चार करोड ५१ लाख ६४ हजार रुपैयाँ कर्जा नोक्सानी व्यवस्था थप गर्दा संस्थाको सञ्चित नोक्सानी दुई करोड ३२ लाख ३७ हजार तथा पुँजीकोष ३७ करोड २० लाख १४ हजार रुपैयाँ अर्थात् ३० दशमलव चार प्रतिशतले ऋणात्मक  देखिएको थियो ।

फाइनान्सको २०६८ चैत मसान्तको वित्तीय विवरणमा समायोजन गर्दा संस्थाको पुँजीकोष १३ दशमलव ९० प्रतिशतले र २०६९ असार मसान्तमा १२ दशमलव १६ ले ऋणात्मक नै रहने देखिएको, उल्लिखित भए/गरेका कैफियतहरु अद्यावधि कायम रहेको तथा संस्थालाई समस्याग्रस्त वित्तीय संस्था घोषणा गरी सुधारको लागि निर्देशन दिनुपर्ने पर्याप्त कानुनी आधार हुँदाहँुदै पनि थप समय प्रदान गर्दै जाँदा संस्थाको स्थिति थप नाजुक हुन गई संस्था, लगानीकर्ता, सरोकारवाला तथा विशेष गरी निक्षेपकर्ताहरु थप जोखिममा पर्नसक्ने अवस्था विद्यमान देखिएको र संस्थाले पेस गरेका अन्य स्पष्टीकरण समेत सन्तोषजनक एवं पूर्ण  नदेखिएकोले फाइनान्सलाई नेपाल राष्ट्र« बैंक ऐन २०५८ को दफा ८६ (ख) बमोजिम मिति २०६९ असोज ७ गतेदेखि समस्याग्रस्त फाइनान्स घोषणा गरिएको थियो ।  घोषणासँगै राष्ट्र बैंकले उक्त फाइनान्सलाई सुधारको लागि छ महिनाको अवधि दिँदै तोकिएको पुँजीकोष कायम गर्न, निक्षेप संकलन एवम् नवीकरण नगर्न, थप कर्जा तथा जमानत प्रदान नगर्न, अवधि समाप्त भएका एवं फिर्ता भुक्तानी गर्नुपर्ने निक्षेप नियम र प्रक्रियाअनुसार फिर्ता गर्न, तर प्रतिदिन प्रतिखाता दुई लाखभन्दा बढी निक्षेप वा दायित्व रकम भुक्तानी गर्दा राष्ट्र बैंकको स्वीकृति लिन तथा नयाँ शाखा नखोल्न निर्देशन दिएको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी