
प्रसंग शुक्रबार बिहान ९ बजेको हो, जतिबेला प्रधानमन्त्री निवास बालुवाटारमा संविधानसभामा मतदान गर्ने कि सार्ने भन्नेमा छलफल चलिरहेको थियो । प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको एउटै कुरा आएपछि पूर्वप्रधानमन्त्री नेपाल रन्किए– ‘तपाईंहरू अन्तिम बेलामा यस्तै गर्नुहुन्छ । धोका दिनु नै तपाईंहरूको विशेषता हो । आजको मतदान रोक्ने हो भने उनीहरू वार्तामा आउ“छन् भन्ने आधार के छ ? मैले थाहा पाएसम्म आज मतदान रोके पनि उनीहरू वार्तामा आउ“दैनन्, यो खाली विलम्ब गर्ने कोसिस मात्र हो ।’
त्यसअघि प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष दाहालले शुक्रबारको मतदान रोक्ने प्रस्ताव राखिसकेका थिए । ‘सबैले त्यही भनिरहेका छन्’ भन्दै दाहालले बिहानै भारतीय राजदूत रञ्जित रायसँग भेटेको तर्फ संकेत गर्दै भनेका थिए– ‘उनीहरूको कुरा पनि त्यही छ ।’ दाहालले पाँच दिन र उनकै पार्टीका बाबुराम भट्टराईले १५ दिन प्रक्रिया रोक्न प्रस्ताव गरेका थिए । प्रधानमन्त्री कोइरालाले पनि पाँच दिनकै मागमा समर्थन जनाएका थिए ।
उनीहरूको प्रस्तावप्रति सुरुमा रामचन्द्र पौडेलले चाहिँ नबुझेरै समर्थन जनाए पनि लगत्तै रोक्नु हुँदैन भनेका थिए भने शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाले चाहिँ नेपालकै भनाइमा समर्थन जनाएका थिए ।
एमाले वरिष्ठ नेता नेपालले उक्त बैठकमा आफ्नै पार्टीका अध्यक्ष केपी ओलीको आलोचना गर्न पनि बा“की राखेनन् । उनको भनाइ थियो– ‘तपाईंहरूप्रति त के गुनासो गर्नु र † यसमा दोष हाम्रै पार्टीका अध्यक्षको छ । मैले त उतिबेलै भनेको हुँ, हामीलाई धोका हुन्छ, विगतदेखि नै धोका पाउँदै आएका छौं । अन्तिममा कांग्रेस र एमाओवादीको कुरा एउटै हुन्छ । तर, उहाँले मान्नुभएन, यसपटक धोका हु“दैन, राम्ररी कुरा भएको छ भन्नुभयो । अन्तिममा मैले भने जस्तै हुने भयो । आज मतदान रोक्ने हो भने पनि वार्ता हुँदैन, संविधान निर्माण पछि धकेल्ने काम मात्र हुन्छ ।’
माधव नेपालले एकोहोरो बोलिरह“दा कसैले पनि प्रतिवाद चाहिँ गरेन । बीचमा देउवाले ठीकै हो ठीकै हो भन्नेबाहेक उनले बोल्दा सन्नाटा नै छाएको थियो । तर, कांग्रेस र एमाओवादीले सारौं भनेका कारण अन्तिममा दुई दिनको म्याद दिएर सार्ने निष्कर्ष निस्कियो । त्यसपछि नेपालले प्रश्न गरे– ‘आइतबार अर्को बहाना निकालेर फेरि सारौं त भन्नुहुन्न नि ?’ कोइराला र दाहालले ‘आइतबार सर्दैन’ भने । नेपालले त्यसो भए म मोबाइलमा रेकर्ड गर्छु, तपाईंहरूले यही कुरा दोहो¥याउनुहोस् भने । अनि कोइरालाले भने– ‘आइतबार कुनै हालतमा पनि मतदान हुन्छ, सर्दैन ।’ नेपालले बीचैमा थपे– ‘वार्ता नभए पनि वार्ताका लागि फेरि मिति सर्दैन भन्नुहोस् ।’ कोइरालाले त्यही कुरा दोहो¥याए । त्यसपछि नेपालले दाहालतिर फर्केर त्यही कुरा दोहो¥याउन लगाए । दाहालले पनि कोइरालाको जस्तै भनाइ दोहो¥याए ।
अन्तिममा एमाले अध्यक्ष केपी ओलीले घोषणा गरे– ‘अब संविधानसभामा मतदानका विषयमा तीन दलको बैठक बस्दैन, यो नै अन्तिम बैठक हो । वार्ता गर्नुपरेमा त्यही अनुसार कुरा गरौंला ।’ त्यसपछि बाहिरिएका नेताहरू आइतबार बोलाउ“दा पनि बालुवाटार गएनन् । मधेसी दलले वार्तामा रुचि देखाएनन् र वार्ता पनि भएन ।
बुधबारबाट