Skip to content
LAXMI SUNRISE BANK

किन गरे माधवले सुशीलको फोन रेकर्ड ?

अर्थ सरोकार

प्रधानमन्त्री सुशील कोइराला तत्कालै संविधान आइहालोस् भन्ने पक्षमा थिएनन् भन्ने लुकेको कुरा भएन । संविधान ल्याउन लागे जस्तो देखाइरहने तर पदमा दखल नहोस् भनेर अन्तिम घडीमा पनि कहिले विजय गच्छदारलाई कुर्नुपर्छ त कहिले मधेसी मोर्चामा वार्तामा आउँछ भने १५ दिन प्रक्रिया रोक्नुपर्छ भनिरहेका उनलाई एमाले वरिष्ठ नेता माधव नेपालले सबका सामु भने– ‘तपाईं अन्तिममा धोका दिनुहुन्छ भन्ने मलाई पहिल्यै लागेको थियो ।’

प्रसंग शुक्रबार बिहान ९ बजेको हो, जतिबेला प्रधानमन्त्री निवास बालुवाटारमा संविधानसभामा मतदान गर्ने कि सार्ने भन्नेमा छलफल चलिरहेको थियो । प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको एउटै कुरा आएपछि पूर्वप्रधानमन्त्री नेपाल रन्किए– ‘तपाईंहरू अन्तिम बेलामा यस्तै गर्नुहुन्छ । धोका दिनु नै तपाईंहरूको विशेषता हो । आजको मतदान रोक्ने हो भने उनीहरू वार्तामा आउ“छन् भन्ने आधार के छ ? मैले थाहा पाएसम्म आज मतदान रोके पनि उनीहरू वार्तामा आउ“दैनन्, यो खाली विलम्ब गर्ने कोसिस मात्र हो ।’

त्यसअघि प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष दाहालले शुक्रबारको मतदान रोक्ने प्रस्ताव राखिसकेका थिए । ‘सबैले त्यही भनिरहेका छन्’ भन्दै दाहालले बिहानै भारतीय राजदूत रञ्जित रायसँग भेटेको तर्फ संकेत गर्दै भनेका थिए– ‘उनीहरूको कुरा पनि त्यही छ ।’ दाहालले पाँच दिन र उनकै पार्टीका बाबुराम भट्टराईले १५ दिन प्रक्रिया रोक्न प्रस्ताव गरेका थिए । प्रधानमन्त्री कोइरालाले पनि पाँच दिनकै मागमा समर्थन जनाएका थिए ।

उनीहरूको प्रस्तावप्रति सुरुमा रामचन्द्र पौडेलले चाहिँ नबुझेरै समर्थन जनाए पनि लगत्तै रोक्नु हुँदैन भनेका थिए भने शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाले चाहिँ नेपालकै भनाइमा समर्थन जनाएका थिए ।

एमाले वरिष्ठ नेता नेपालले उक्त बैठकमा आफ्नै पार्टीका अध्यक्ष केपी ओलीको आलोचना गर्न पनि बा“की राखेनन् । उनको भनाइ थियो– ‘तपाईंहरूप्रति त के गुनासो गर्नु र † यसमा दोष हाम्रै पार्टीका अध्यक्षको छ । मैले त उतिबेलै भनेको हुँ, हामीलाई धोका हुन्छ, विगतदेखि नै धोका पाउँदै आएका छौं । अन्तिममा कांग्रेस र एमाओवादीको कुरा एउटै हुन्छ । तर, उहाँले मान्नुभएन, यसपटक धोका हु“दैन, राम्ररी कुरा भएको छ भन्नुभयो । अन्तिममा मैले भने जस्तै हुने भयो । आज मतदान रोक्ने हो भने पनि वार्ता हुँदैन, संविधान निर्माण पछि धकेल्ने काम मात्र हुन्छ ।’

माधव नेपालले एकोहोरो बोलिरह“दा कसैले पनि प्रतिवाद चाहिँ गरेन । बीचमा देउवाले ठीकै हो ठीकै हो भन्नेबाहेक उनले बोल्दा सन्नाटा नै छाएको थियो । तर, कांग्रेस र एमाओवादीले सारौं भनेका कारण अन्तिममा दुई दिनको म्याद दिएर सार्ने निष्कर्ष निस्कियो । त्यसपछि नेपालले प्रश्न गरे– ‘आइतबार अर्को बहाना निकालेर फेरि सारौं त भन्नुहुन्न नि ?’ कोइराला र दाहालले ‘आइतबार सर्दैन’ भने । नेपालले त्यसो भए म मोबाइलमा रेकर्ड गर्छु, तपाईंहरूले यही कुरा दोहो¥याउनुहोस् भने । अनि कोइरालाले भने– ‘आइतबार कुनै हालतमा पनि मतदान हुन्छ, सर्दैन ।’ नेपालले बीचैमा थपे– ‘वार्ता नभए पनि वार्ताका लागि फेरि मिति सर्दैन भन्नुहोस् ।’ कोइरालाले त्यही कुरा दोहो¥याए । त्यसपछि नेपालले दाहालतिर फर्केर त्यही कुरा दोहो¥याउन लगाए । दाहालले पनि कोइरालाको जस्तै भनाइ दोहो¥याए ।

अन्तिममा एमाले अध्यक्ष केपी ओलीले घोषणा गरे– ‘अब संविधानसभामा मतदानका विषयमा तीन दलको बैठक बस्दैन, यो नै अन्तिम बैठक हो । वार्ता गर्नुपरेमा त्यही अनुसार कुरा गरौंला ।’ त्यसपछि बाहिरिएका नेताहरू आइतबार बोलाउ“दा पनि बालुवाटार गएनन् । मधेसी दलले वार्तामा रुचि देखाएनन् र वार्ता पनि भएन ।
बुधबारबाट

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK