×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् बाबुरामले एमाओवादी छाड्नुका ७ प्रमुख कारणहरु

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

यी हुन् बाबुरामले एमाओवादी छाड्नुका ७ प्रमुख कारणहरु

९ आश्विन २०७२, शनिबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

एमाओवादी फुट्दैछ भन्ने आश्रका संविधान वन्नु अघिबाटै सबैले गरिरहेका थिए । तर जुन तरिकावाट बाबुराम भट्टराईले एमाओवादी परित्याग गरे त्यसले धेरैलाई आश्चर्यमा पारेको छ ।

यस्तो निश्कर्षमा पुग्न वाध्य किन भए भन्ने विषयमा बाबुराम पक्ष र प्रचण्ड पक्षका नेताहरुबीच तिव्र विवाद देखिएको छ । यस्तो आश्चर्यजनक निर्णयमा पुग्न बाबुरामलाई निम्न कारणहरुले वाध्य पारेको वावुराम पक्षका एमाओवादी उच्च श्रोतले जानकारी दिएका छन्

१.प्रचण्डले पार्टीलाई अब नयाँ ढंगले लग्दैनन् भन्ने बाबुरामको विश्वास । बाबुराम भट्टराईलाई संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा भएपछि नयाँ चरण सुरु हुने र नयाँ चरणको अभियानका लागि नयाँ विचार, नयाँ एजेण्डा र नयाँ ढंगको कम्युनिष्ट पार्टी चाहिने कुरामा दृढ विश्वास भएकोले उनले यो कुरा एमाओवादीमा लागु गराउन धेरै प्रयत्न गरे ।

जनयुद्धको ढाँचामा गठन भएको पार्टीलाई नयाँ चरणको चुनौती सामना गर्न सक्ने पार्टीको रुपमा वदल्न पर्ने उनको प्रस्तावमा प्रचण्डले सहमति जनाएपनि त्यस तर्फ पार्टीलाई रुपान्तरण नगर्ने देखेपछि पार्टीको नेतृत्व छोड्न पनि प्रचण्डलाई आग्रह गरे । तर प्रचण्डले यो काम पनि नगर्ने देखेपछि बाबुरामले पार्टी परित्याग गर्ने घोषणा गरे ।

२. मधेश, थारु, जनजाति लगायतका मुद्दा माओवादीका मुद्दा भैकनपनि एमाओवादी अध्यक्षले अडान नराखिदिँदा कांग्रेश एमालेका विचार नयाँ संविधानमा हावी भएको भट्टराईको अर्को निश्कर्ष रह्यो । प्रचण्डको कहिले वाम अति र कहिले दायाँ अतिमा जाने दोलायमान प्रवृतिले गर्दा पहिलो संविधानसभामा प्रचण्ड वाम अति तर्फ झुक्नाले आफु माथि परेर गर्न पाइने संविधानघोषणा हुन नसकेको र संविधानसभा नै विघटन हुन गएको तथा अहिले त्यसको ठीक विपरित प्रचण्ड दक्षिणपन्थी अतिमा झुकेर आफ्ना एजेण्डाहरु समेत परित्याग गरेकोमा पार्टीले रोक्न नसकेकोले यो खालको पार्टीबाट अब नयाँ कार्यभार पुरा हुन नसक्ने निश्कर्षमा पुगेर बाबुरामले पार्टी परित्याग गरेका हुन् ।

३. प्रचण्डले आफुले पनि नगर्ने र अरुलाइ पनि गर्न नदिने खालको पार्टी केन्द्र बनाएकोले तथा आफ्नो नाम बेचेर प्रचण्डले रजाइं गर्ने स्थिति वनिरहेकोले अब उप्रान्त प्रचण्डलाई पनि आफ्ना विचार सहज ढंगले लागु गर्न दिने तथा आफुले पनि आफ्ना नयाँ विचार कार्यान्वयन गर्न सहज हुने खालको नयाँ दल वनाउने सोच सहित बाबुरामले पार्टी परित्याग गरेका हुन् ।

४. प्रचण्डको पेलाइ र हेपाइ सहेर नबस्ने अर्थमा पनि बाबुरामले नयाँ ढंगले जान खोजेका हुन् ।

५. प्रचण्डले अबको पार्टी अध्यक्ष बाबुरामलाई दिने कुरा गरेको केही समय अगाडि सार्वजनिक भएकै विषय थियो । तर यो विचको अवधिमा प्रचण्डले षढयन्त्र गरेर बाबुरामलाई एक्लो पार्दै लाने र बाबुराम विरुद्ध गुटवन्दी तीब्र वनाउँदै असोज १० को केन्द्रिय समितिको वैठकको पूर्वसन्ध्यामा आइपुग्दा बाबुरामलाई जसरी भएपनि आफु संग भएको बहुमतको डण्डा लगाएर कारवाही गर्ने निर्णयमा पुगेको सुइको पाएपछि बाबुरामले त्यो भन्दा अघिल्लो दिन नै पार्टी परित्यागको घोषणा गरेर प्रचण्डलाई सजिलो वनाइ दिए ।

६. प्रचण्डले भारतीय दुतावास गएर चाकडी गरेको, सिलिगुडी गएर ‘रअ’ प्रमुख भेटेको, सेनापति प्रकरण पछि राजीनामा दिएपछि पुनः प्रधानमन्त्रीमा टिकिरहन भारतको चाकडी गरेको, संविधान घोषणा पूर्व आफैले मागेर दिल्ली भ्रमण गएको आदि घटनालाइ छोपेर बाबुरामले पार्टीले नै उठाएका मधेश, थारु जनजाति आदिका मागहरुमा अडान राख्दा भारतीय दलाल भनेर वदनाम गर्ने काममा प्रचण्ड स्वयम लागेकोले वाहिर भारतको विरोध गरे जस्तो गरेर भित्र भित्र भारतको चाकडी गर्ने प्रचण्ड प्रवृतिसंग अब पनि संगै रहनुको अर्थ प्रचण्डले गर्ने भारतको दलालीमा आफुलाई दोषी वनाइरहने र प्रचण्ड चोखो रहन कोशिस गरिरहने भएकोले पनि प्रचण्डलाई नै एमाओवादी जिम्मा लगाइ नयाँ दल खोल्ने निश्कर्ष सहित बाबुरामले पार्टी परित्याग गरेका हुन् ।

७. बाबुरामले पार्टी परित्याग गरेतापनि बाबुरामको समर्थकहरु भने एमाओवादी मै रहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: