आफूलाई एकीकृत नेकपा माओवादीबाट अलग भएको घोषणा गर्नुभएका नेता बाबुराम भट्टराईले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एक्लै देखिनुभयो । उहाँले आफू निकट नेताहरूलाई पत्रकार सम्मेलनमा देखाउनु भएन ।
के उहाँले शनिबार अकस्मात एकीकृत माओवादी पार्टी त्याग्नु भएको हो ? यो प्रश्न चौतर्फी उठ्न थालेको छ । भारतको सबैभन्दा नजिकको प्रियको उपाधि पाउनु भएका भट्टराईले अहिलेको चरम राजनीतिक संकट र भारतले नेपाललाई नाकाबन्दी लगाइरहेका बेला किन एकीकृत माओवादी फुटाउनुभयो ? सबैलाई चासो उठेको छ ।
भारतको नाकाबन्दीको सबै मिलेर सामना गर्नुपर्ने बेला बाबुरामले एकस्मात एकीकृत माओवादी त्याग्नु र मधेस आन्दोलनलाई समर्थन गर्नुले धेरै प्रश्नहरू उब्जाइदिएको छ । बाबुराममाथि लाग्दै आएको भारत परस्तको आरोप पनि कताकता थप पुष्टि पनि गराई दिएको छ ।
बहुमत हुँदाहुँदै अघिल्लो संविधान सभा विघठन गर्ने, दोस्रो संविधानसभामा संवैधानिक तथा राजनीतिक सहमति तथा सम्वाद समितिको सभापति हुने, संविधानको विवादित विषयमा सहमति जुटाउने, पछिल्लो समयमा आएर आफैले समथर्न नगर्ने व्यवहारले बाबुरामको दोधार चरित्रको सबैले आलोचना गरेका थिए । उहाँले मधेसी नेताहरू र भारतकै शैली नेपालको संविधान २०७२ को पनि विरोध गर्दै आउनुभएको छ ।
एकीकृत माओवादीका केन्द्रीय नेता तथा भट्टराईका भक्तहरू टोपबहादुर रायमाझी, देबेन्द्र पौडेल, प्रभु साहआदि नेताहरू पत्रकार सम्मेलनमा देखिएनन् । तर उनीहरूलाई बाबुरामले पत्रकार सम्मेलन गर्न लागेको थाहा नभएर नआएको बताइएको छ । नेता टोपबहादुर रायमाझीले आफूहरूलाई बाबुरामले पत्रकार सम्मेलन र पार्टी परित्याग गर्न लागेको विषयमा कुनै जानकारी नदिएको बताउनुभएको छ । रायमाझीले बाबुरामले पार्टी परित्याग गरेपनि आफूहरू एकीकृत माओवादीमै रहेको प्रतिक्रिया दिनुभएको छ ।
तर, बाबुरामले पूर्वयोजनामै पार्टी छाड्नु भएको आरोप पनि छ । एकीकृत माओवादीका केन्द्रीय सदस्य गंगा श्रेष्ठले पनि बाबुरामले आफ्नो पूर्वयोजनामा पार्टी विभाजन गरेको आरोप लगाउनुभएको छ ।
एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महरालाले बाबुरामको अहिलेको पलायनले विभिन्न प्रश्न उठेको बताउनुभएको छ । पार्टी कामले सिन्धुपाल्चोकमा रहनुभएका महराले भन्नुभयो, ‘बाबुरामजीले पार्टी परित्याग गरेको सूचना पाएको छु । काठमाडौं गएर के भएको रहेछ बुझ्नेछु ।’
स्रोतका अनुसार बाबुरामले आफू निकटका टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, पत्नी हिसिला यमी, प्रभु साह, रामकुमार शर्मा, रामचन्द्र झा, रामरिझन यादव, खिमलाल देवकोटा र देवी खड्कालगायतका दर्जन बढी केन्द्रीय नेताहरूले समर्थन गर्ने छन् । र उनीहरूलाई लिएर बाबुरामले अर्को नयाँ शक्तिका लागि पहल गर्ने बुझिएको छ ।
त्यसका लागि विभिन्न दलहरूमा असन्तुष्ट भइ बसेका नेताहरूलाई पनि ल्याउने बाबुरामको पहल हुने स्रोतको भनाइ छ । बाबुरामले भारतको नयाँदिल्लीमा अरविन्द केजरीवालले बनाएको जस्तो पार्टी बनाउने योजनामा रहेको उहाँका पूराना भाषण र दस्तावेजबाट केही अनुमान लगाउन सकिन्छ ।
बाबुरामले स्पष्ट केही नबताए पनि उहाँले भारतीयको योजनाअनुसार नै एकीकृत माओवादी फुटाएर केही मधेसवादी नेताहरूलाई लिएर मधेसमा आन्दोलन गरी स्थापित हुने पक्षमा देखिनुभएको छ । र उहाँले मधेसलाई आधार बनाइ आन्दोलन गर्न जाने योजना पनि बनाइ सक्नुभएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper

प्रतिक्रिया दिनुहोस्