
स्वयम् अध्यक्ष दाहालको समेत भित्री ईच्छा वैद्यलाई राष्ट्रपति बनाउनु भएको स्रोत वताउँछ । वैद्य माओवादीका नेता यो विषयमा सकरात्मक छन् । तर कतिपय मानिसहरु यसलाई असम्भव ठान्छन् । आफैले बहिस्कार गरेको संविधानसभावाट राष्ट्रपति हुन नैतिकताको आधारमा पनि नहुने उनिहरुको तर्क छ । तर राजनितीमा असम्भव भने छैन ।
यसै विषयलाई बल पुग्ने गरि बैद्य माओवादीकी प्रवक्ता पम्फा भुसालले एउटा लेख लेखेकी छिन् । समयवद्ध साप्ताहिकमा उनले माओवादी एकिकरणको आवश्यकतावारे उक्त लेखमा स्पष्ट पारेकी छिन् । अग्रगमनको शर्तमा माओवादीबीच एकता भन्ने उनको लेख यस्तो छ :
नयाँ संविधानको घोषणा र एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनेपछि नेपाली समाज तथा जनविरोधी पङ्क्तिमा नयाँ अन्तर्विरोध र जनतामा नयाँ किसिमले राजनीतिक उद्देलन पैदा भएको छ ।
भारतको अघोषित नाकावन्दीका कारण जनताको साँझ विहानको समस्यासँग सम्वेदनशील रुपमा जोडिएका आधारभूत वस्तुहरुको अभावले पनि पछिल्ला वर्षहरुमा उपेक्षित बन्दै गएको राष्ट्रिय स्वाधीनताको मुद्धा जागृत भएको छ । यसले स्वाधीन देश बनाउनका लागि राजनीतिक आधार निर्माण गरेको छ ।
यतिबेला भारतीय शासक नेपाली शासकलाई थप दवाव दिएर आफ्नो हित साँध्न खोजिरहेको छ । आफ्नो स्वार्थ पूरा गर्न उसले उत्पीडित समुदायको मुद्धालाई जवर्जस्त खोस्न खोजिरहेको छ । बेलाबेलामा आफैले प्रयोग गरेका पात्रहरुलाई समेत अहिले फुटाएको छ ।
भ्रम र दवाव दिएर गलत दिशामा मुलुकलाई लैजाने खतरा कायम छ । यसका लागि वैचारिक स्पष्टता, क्रान्तिकारी माओवादीहरुबीचको एकता र संघर्षको आवश्यकता पहिलाभन्दा धेरै गुणा खड्केको छ ।
संसदवादीहरुका लागि देशमा संसदीय व्यवस्था छँदै थियो । उनीहरुले २०४७ सालको संविधानलाई विश्वकै सर्वोत्कृष्ट भने । साम्राज्यवादी शक्तिहरुको औपनिवेशिक शोषण चलिरहेको थियो । माओवादीले संसदवादको विकल्पका लागि लडेको हो ।
पुरानो संसदीय प्रणालीको विकल्पको खोजीमा रहेको माओवादीलाई कतै न कतै संवोधन नगरी नहुने बाध्यता थियो । माओवादी विद्रोहलाई थेग्न संभव नभएपछि नै बा¥ह बुँदे सहमति भएको हो । तत्कालीन राजनीतिक शक्ति सन्तुलनको दस्तावेज थियो १२ बुँदे सहमति । नयाँ संविधानसम्म आउँदा त्यसलाई कार्यान्वयन गरिएन । माओवादी नेतृत्वको एउटा हिस्सालाई साथमा लिएर संसदवादको सर्वोच्चतालाई स्थापित गरियो ।
जीतको निकट पुगेको माओवादी आफ्नै कारणले हारेको छ । रगतबाट निर्मित आधार इलाकाहरु अहिले कुन अवस्थामा छन् रु देश र जनताको पक्षमा वलिदान दिन तम्तयार जनसेना कहाँ छन रु यसले मात्र पनि माओवादीको जीत र हारलाई मापन गर्छ । माओवादी हारेको छ । हार्नुको कारणबारेमा गम्भीर समीक्षाको आवश्यकता छ ।
कसैलाई पनि भ्रम छैन, माओवादीले सामन्ती राज्यसत्ताको अन्त्यका लागि संघर्ष गरेको थियो । आर्थिक, सामाजिक एवम् सुरक्षा प्रणालीभित्र विदेशी हस्तक्षेपका विरुद्ध संघर्ष भएको थियो । संसदीय राज्यव्यवस्था र राजतन्त्रले समाधान गर्न नसकेकैले माओवादीले बन्दुक उठाएको थियो ।
यो गणतन्त्रलाई नवऔपनिवेशिक स्तरमा नै सीमित राख्ने र यसलाई देश र जनताको विरुद्धमा प्रयोग गर्ने गरेकाले अहिलेको समस्या पैदा भएको हो । अघोषित नाकावन्दी र प्रधानमन्त्री चयनमा भारतीय शासकको नांगो नाचसम्म भएको हो ।
उत्पीडित वर्ग र समुदायका पक्षमा माओवादीले उठाएका एजेण्डाहरुको अझै पनि संवोधन भएको छैन् । राज्यको आमूल परिवर्तनमा सहमत हुने माओवादी र क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई एकताबद्ध गरेर अगाडि जानु आजको आवश्यकता हो ।
राजनीतिक, आर्थिक क्षेत्रमा भइरहेको विदेशी दवावको विरोध गर्दै अगाडि जानुको यतिवेला विकल्प छैन् । नेपालको आत्मनिर्भर अर्थतन्त्रको निर्माण र विकासका लागि नयाँ जागरण र विजय माओवादीहरुबीचको एकताबाट मात्र सम्भव छ ।
विना पूर्वाग्रह नयाँ समीक्षाका साथ नयाँ अभियानमा अगाडि बढौं । माओवादीको विकल्प संसदवाद होइन । नेपालको सन्दर्भमा नयाँ विकल्पसहित जोखिम मोलेर आएको नयाँ शक्ति भनेकै माओवादी हो । माओवादीले हारेको हो । कमजोर भएको हो । यसका एजेण्डा र शक्ति कमजोर छैन नेपालमा । छरिएको क्रान्तिकारी माओवादीलाई एकताबद्ध गरौं ! अग्रगमनको यात्रामा सँगै अगाडि बढौं !