
प्रधानमन्त्री चयनका लागि भएको चुनावमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले भाग लिएपछि त्यसको असर मधेशको आन्दोलनमा देखिएको छ । मधेशी दलका नेताका अनुसार निर्वाचनमा भाग लिएपछि आन्दोलन कमजोर भएको छ ।
तर, प्रधानमन्त्री चयनका लागि मोर्चाका नेताहरुले भोटिङ गर्नुपूर्व भने लैनचौरस्थित भारतीय दूतावासमा राजदूतसँग संवाद भएको रहेछ । संवादमा सहभागी एक नेताले भारतले आफुहरुलाई फसाएको आरोप लगाए ।
राजदूतले के भनेका थिए ?
प्रधानमन्त्री निर्वाचनमा भारतले खुलेरै काग्रेस सभापति सुशील कोइरालाको पक्षमा लविङ गरेको आरोप लागेको छ । स्रोतका अनुसार भारतले विजयकुमार गच्छदारको पार्टीसहित मधेशी दलका ५८, डा.बाबुराम भट्टराईका १०, राप्रपा नेपाल र राप्रपाले कोइरालकै पक्षमा मतदान गर्ने निष्कर्ष निकालेको थियो ।
मधेशी दलमाथि पूरै भरोसा गरेर बसेको भारतीय दूतावासमा एउटा खबर गयो –मधेशवादी दल एमाले र काँग्रेसमध्ये कसैलाई मत नदिने निष्कर्षमा पुगे । त्यसपछि असोज २३ गते नेपालका लागि भारतीय राजदूत रञ्जित रे ले मधेशी मोर्चाका चारै जना नेतालाई दूतावासमा बोलाएका थिए ।
भेटमा राजदूत रे ले भनेको भनाई उद्धृत गर्दे एक नेताले भने, ‘यतिका दिनदेखि तपाईहरुको आन्दोलनलाई सहयोग गरिरहेको छु । आज भारतलाई तपाईहरुको आवश्यकता पर्यो । तपाईहरु तटष्थ बस्ने कुरा गर्नुहुन्छ । यो गलत हो । ओली जित्नु भनेको भारतको हार हो । त्यसैले कुनै पनि हालतमा कोइरालाजीलाई जिताउनुपर्छ । यसमा तपाईहरुको सहयोग चाहिन्छ । यदि कोइराला जिताउनमा सहयोग गर्नु भएन भने हामीले पनि नाकाबन्दी खोल्दिन्छौँ ।’
रन्जित रे सँगको भेटमा संघीय समाजवादी फोरमको तर्फबाट वरिष्ठ नेता अशोक राई उपस्थित थिए भने तपलोपाका महन्थ ठाकुर, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्ण र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवको उपस्थिति थियो । राजदूतको यस्तो भनाई आएपछि मधेशी मोर्चाका नेताहरु तर्सेका थिए । ४० जनाको ज्यान जाने गरी आन्दोलन हुँदा नटेरेकासरकारलाई नाकाबन्दीबाट आत्तिएको विफिङ मोर्चाका नेताहरुले गरेको भेटमा सहभागी भए नेताले बताए । रन्जित रे सँग भेटेपछि उनीहरुले साँझ सात बजे मोर्चाको बैठक बोलाएको थियो ।
उक्त बैठकमा उपेन्द्र यादवको उपस्थिति भएन र केही ठुलो निर्णय भएन । उपेन्द्र यादवले ‘तटस्थ बस्नुपर्छ । कसैलाई मतदान गर्नु हुँदैन । मतदान गरेपछि मधेश आन्दोलनमा असर पर्छ भन्दै पार्टीमा वरिष्ठ नेता अशोक राईलाई खबर गरेका थिए ।’ अशोक राईले पनि त्यसैगरि अडान दोहोर्याए । मोर्चाका एक नेताअनुसार सो बैठकमा कुन दलले कता मत हाल्ने कुराको अड्कल पनि गरेका थिए । त्यसबेलासम्म सञ्चारमाध्यममा खबर पनि आइसकेको थियो कि ओलीले चुनाव जित्दैछन् । तर, त्यतिबेलासम्म पनि गच्छदारले कोइरालाको पक्षमा मतदान गर्ला भन्ने अनुमान पनि गरेको थिएन् ।
असोज २३ गते राती अबेरसम्म बसेको मोर्चाको बैठक विना निष्कर्ष टुगिंयो । भोली पल्ट विहानै १० बजे पुनः बैठक बस्यो । त्यो दिनको बैठकमा उपेन्द्र यादवको पनि सहभागिता थियो । बैठकमा निकै छलफल भयो । उपेन्द्र यादव त्यो दिन पनि मान्ने पक्षमा थिएन । बैठक बहिष्कार गर्ने कुरामा जोड दिएका थिए । तर दूतावासबाट फोन आएपछि उपेन्द्र यादव पनि कोइरालाको पक्षमा मतदान गर्न तयार भए ।
त्यसपछि उनले एउटा अर्को अडान लिए । उनले बैठकमा भने, ‘विज्ञप्तिमा हामीले सुशिल कोइरालालाई नै मतदान गर्ने कुरा उल्लेख नगरौँ ।’ पछि त्यस्तै विज्ञप्ति पनि आयो । विज्ञप्तिमा न ओलीको नाम उल्लेख गरे न कोइरालाको । सिधै ‘मधेशी, थारु, मुस्लिम, दलित, आदिवासी, जनजाति विरुद्ध रहेको उग्रबामपन्थी तथा लोकतन्त्र विरोधी फासिष्ट चरित्र बोकेको अपवित्र गठबन्धनलाई परास्त गर्न त्यसका विरुद्ध’ मतदान गर्ने भन्ने थियो । यसैका आधारमा भोलीपल्ट कोइरालालाई मतदान गरे ।
अहिले मधेशी मोर्चाले भारतीय दूतावाससँग पनि रिसाएको छ । ‘दूतावासले हामीलाई कतैको राखेनन् । कोइराला जित्छन् भनेर जवर्जस्ती भोट हाल्न लगाए । कोइरालाले जितेनन् उल्टै हाम्रो आन्दोलन कमजोर भयो । आन्दोलनकारीहरु निराश भए ।
असर
मधेश आन्दोलन ५७ दिनदेखि जारी रहेको अवस्थामा मधेशी मोर्चामा आवद्ध दलका नेताहरुले प्रधानमन्त्रीमा काँग्रेसका सभापति सुशिल कोइरालालाई मतदान गरेका थिए । यसले आन्दोलनमा होमिएका नेता–कार्यकर्ताको मनोविज्ञानमा नकरात्मक असर परेको बताइएको छ ।
हुन त मोर्चाको उक्त कदमको आलोचना भएपछि मोर्चाले मंगलवार पत्रकार सम्मेलन गरेर त्यसको खण्डन गरेको छ । तर, पनि त्यो खण्डनले मधेशी दलका नेता कार्यकर्ताको चिक्त नबुझेको तराई–मधेश लोकतान्त्रिक पार्टीका एक केन्द्रीय सदस्यले बताए ।
मधेशी मोर्चामा सबैभन्दा बढी आलोचना सद्भावना पार्टीको भएको छ । उनीहरुसविधानसभा तथा व्यवस्थापिकाबाट राजिनामा दिएर मधेशमा आन्दोलनमा गएका थिए । मोर्चाका नेताहरुले आफ्ना सभासद्लाई जवर्जस्ती प्रधानमन्त्रीमा भोट हाल्न लगाएको सदभावनाको आरोप छ । असोज २६ गते बसेका मधेशी मोर्चाको बैठक पनि बहिष्कार गरको थियो सदभावनाले । त्यसले गर्दा उनको पार्टीमा झन् असन्तुष्टि बढ्दै गएको छ ।
यो सवै खेलमा भारतीय भूमिका रहेको मधेशी मोर्चाका नेताहरुको निष्कर्ष छ । अहिले मोर्चा र भारतवीच सम्बन्ध समेत राम्रो देखिएको छैन । मोर्चाका नेताहरु भारतसँग पनि असन्तुष्ट छन् । मोर्चामा आवए पार्टीका एक नेताका अनुसार प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मालाई हराउने र नेपाली काँग्रेसका सभापति सुशिल कोइरालालाई जिताउन भारतले पूरै शक्ति लगाएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्