
संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिएर न्यूयोर्कबाट प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्केपछि नेपाल मामिलाबारे उच्च तहमा भएको लामो परामर्श र छलफलपछि नाकाबन्दी खुलाउन निर्देशन दिइएको हो।
संविधान जारी भएपछि नेपाल-भारत सम्बन्धमा उत्पन्न असहजतालाई हटाएर नाकाबन्दी खुलाउन दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले मह्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
उपाध्यायले शुक्रबार र शनिबार भारतीय विदेश मन्त्रालयका प्रतिनिधि तथा अन्य उच्च अधिकारीसँग भेटेर नाकामा देखिएको असहज अवस्थाबारे छलफल गरेका थिए। उपाध्यायको निरन्तरको प्रयासपछि शनिबार विदेश मन्त्रालयले अनौपचारिक रुपमा नाकाबन्दी खुलेको निर्देशन सम्वद्ध निकायमा पठाइएको स्रोतले बतायो।
नाकाबन्दी लगाएपछि सरकार र दलका नेताहरुसँग परामर्श गर्न उपाध्याय काठमाडौं आएका थिए। काठमाडौंबाट फर्के लगत्तै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग लामो छलफल गरेका थिए। शुक्रबारकै छलफलमा डोभलले नाकाबन्दी खुल्ने संकेत दिएका थिए।
अघोषित रुपमा भएको नाकाबन्दी खुलाइएको जानकारी भारतीय विदेश मन्त्रालयले नेपालको परराष्ट्र मन्त्रालयलाई समेत दिएको छ। आन्दोलनकारीले धर्ना दिएको वीरगञ्जलगायतका केही नाकामा बाहेक अन्य नाकाबाट शनिबारदेखि नै आपूर्ति सहज हुने र सरकारले सुरक्षा मिलाइदिएमा आन्दोलनकारी रहेका नाकाबाट पनि आपूर्ति सहज गराउन भारतीय पक्ष तयार रहेको जानकारी पनि विदेश मन्त्रालयले परराष्ट्रलाई दिएको छ।
भारतीय विदेश मन्त्रलायले नेपालका ६ वटा मुख्य नाका र अन्य सहायक नाकाहरुमा भइरहेको अवरोध खोलेर परिस्थिति सहज बनाउन निर्देशन दिएको हो। निर्देशनको खबर सुनेपछि मुख्य नाकाहरुमा भारतीय सुरक्षा तथा प्रशासन संयन्त्रको प्रतिक्रिया र व्यवहार परिवर्तन भएको स्थानीय संवाददाताहरुले जनाएका छन्।
नेपालमा संविधान जारी भएपछि आफ्नो सल्लाह नमानेको भन्दै असन्तुष्ट भारतले नेपालमा अघोषितरुपमा नाकाबन्दी लगाएको थियो। नाकाबन्दीको देशभित्र र अन्तर्राष्ट्रिय समुदायबाट पनि चार्को आलोचना भएपछि भारतले नाकाबन्दी खोल्ने भएको हो। भारतले नाकाबन्दी गरेपछि नेपालको काकरभिट्टा, विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र वनबासासहितका नाका ठप्प भएका थिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्