×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मासु पचाउन काँक्रोको अचार

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मासु पचाउन काँक्रोको अचार

३ कार्तिक २०७२, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

सुरज प्याकुरेल, अर्थ सरोकार ।
 हिन्दू परम्पराअनुसार खसीबोकाको मार सकिएपछि गृहिणीले दलिनमा राखिएको काँक्रो झिकी अचार तयार पार्ने प्रचलन गाउँघरमा बाध्यता नै मानिन्छ । टीका, प्रसाद ग्रहण गर्न आउने आफन्तलाई मासुका साथमा एक÷दुई चाना काँक्रोको अचार उपलब्ध गराउन नसके दसैँ नै खल्लो लाग्ने गरेको महसुस आफुलाई हुने गरेको बताउनेहरु पनि छन् ।

नयाँ लुगा, खसीको मासु र काँक्राको अचार, दसैँको पर्याय नै बनिसकेको छ । मासु नखाने वा रक्सी नपिउनेका लागि पनि सहज र मीठो चिज हो काँक्रोको अचार । मासु खानेहरुका लागि त मासु पचाउने चिज नै हो, काँक्रोको अचार । अझ प्रशस्त मासु खानेका लागि त निकै नै लाभदायक मानिन्छ । काँक्रोका चाना ओइलाएर तोरीको छोप र बेसार, नुनमा मिसाई अमिल्याएर तयार पारिएको अचारले जो कोहीको मन लोभ्याउँछ ।

बोक्रा नताछेको काँक्रोको भित्रको गुदी र बियाँ निकालेपछि इच्छाअनुसारको आकारमा पाकेको काँक्रो काट्नुपर्छ र कम्तीमा पाँच, छ घन्टा घाममा सुकाएपछि तोरीको छोपमा मिसमास गर्ने र आवश्यकता अनुसार शुद्ध तोरीको तेल, नुन, बेसार राखेर सफा सिसी या बट्टामा राखी घटीमा एक दिन र बढीमा २ दिन घाममा सुकाएपछि अचार खानयोग्य हुन्छ । अचार बनाउँदा पिरो आफ्नो आवश्यकताअनुसार हाल्ने हो तर चुकअमिलोचाहिँ धेरै हाल्नु हुँदैन । यसरी बनाइएको अचारमा भिटामिन सि र एसिड प्राप्त हुने भएकाले पाचन प्रक्रियालाई सन्तुलन राख्ने हुँदा काँक्रोको अचार स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

मासु खाएको बेला एक–दुई चाना खल्पीको अचार खानाले आनन्दको अनुभूति हुने र पेटमा गडबडी नहुने हुन्छ । काँक्रोको बाहेक कुभिन्डो र लौकाबाट पनि दसैँमा अचार तयार गर्ने प्रचलन कतिपय ठाउँमा छ तर काँक्रोको अचारको स्वाद र मज्जा नै बेग्लै हुन्छ । विशेष गरी नेवार र ब्राम्हण–क्षेत्री समुदायमा पनि काँक्रोको अचारको महत्त्व पाइन्छ । मासुका विभिन्न परिकारमा रम्न चाहने समुदायले बडादसैँमा काँक्रोबाहेक लोकल कागती, लप्सीको समेत अचार तयार पार्छन् ।

नेपाली समाजमा मासुसँग रक्सी खानाले मासु पचाउँछ भन्ने प्रचलन आधुनिकताको दुरूपयोग सम्झन्छन् बुढापाकाहरू । तर रक्सीको तुलनामा काँक्रोको अचारले मासु पचाउने र स्वास्थ्यमा पनि लाभ हुने भनाइ चिकित्सकहरुको छ । अचार बनाउन योग्य काँक्रो बजारमा सजिलै प्राप्त गर्न सकिन्छ तर उत्पादन गर्ने किसानका घरघरमा काँक्रो घरको दलिनमा झुन्ड्याएर राखेको पाइन्छ ।
हिन्दू परम्पराअनुसार खसीबोकाको मार सकिएपछि गृहिणीले दलिनमा राखिएको काँक्रो झिकी अचार तयार पार्ने प्रचलन गाउँघरमा बाध्यता नै मानिन्छ । टीका, प्रसाद ग्रहण गर्न आउने आफन्तलाई मासुका साथमा एक÷दुई चाना काँक्रोको अचार उपलब्ध गराउन नसके दसैँ नै खल्लो लाग्ने गरेको महसुस आपूmलाई हुने गरेको बताउनेहरु पनि छन् । वैशाख, जेठमा फलेको काँक्रोलाई कम्तीमा पाँच महिनासम्म पकाएर पट्पटी फुटेको काँक्रोको गुदी र काँक्रोभित्रको पानीसमेत खानाले पित्ताशयमा रहेको ढुंगासमेत पगाल्न सक्छ भन्ने विश्वास बुढापाकाको छ ।

दसैँमा खाइने कुनै पनि कुरा बढी भयो भने त्यो शरीरलाई पच्दैन । काँक्रोको अचार पनि त्यसबाट अछुतो छैन । एकैपटक धेरै मात्रामा काँक्रोको अचार खानाले दाँत कुडिने तथा छाती पोल्ने समस्या आउँछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: