×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भीम रावल सरकारमा नजाने, सुरेन्द्र पाण्डेलाई रोक्न खोज्नेहरुको यो हालत !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भीम रावल सरकारमा नजाने, सुरेन्द्र पाण्डेलाई रोक्न खोज्नेहरुको यो हालत !

२६ आश्विन २०७२, मंगलवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

नेकपा (एमाले)ले सरकारको नेतृत्व गरे पनि पार्टीभित्रको आन्तरिक किचलोले शपथका लागि तयार भनेर चर्चा गरिएका नेतालेसमेत शपथ खान पाएका छैनन् । जजसले शपथ खाएका छन्, उनीहरुबारे पनि पार्टीमा खास छलफल र टुंगोमा नपुगेको भन्दै कार्यकर्ता तहमा समेत आलोचना सुरु भएको छ । अर्थमन्त्रीका लागि प्रस्तावित एमाले उपमहासचिव विष्णु पौडेलसमेत सोमबार शपथ खान रोकिए ।

किन रोकिए पौडेल ?
एमाले स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री दिनुपर्छ भन्ने कार्यकर्ताको आवाज भए पनि पाण्डे आफ्नै समूहमा पनि यसपटक रोकिएका छन् । अध्यक्ष पक्षबाट उनलाई रोक्न त कन्दनी खुस्कने गरी जोडबलले नेताहरु लाग्ने नै भए । पाण्डेले अर्थ मन्त्रालय राम्ररी चलाउन सक्छन् भन्ने हुँदाहुँदै पनि उनलाई रोकेर अर्थमन्त्रीमा उपमहासचिव विष्णु पौडेललाई प्रस्ताव गर्नेहरु अहिले अर्को तनावमा परेका छन् ।

विष्णु पौडेललाई जहिले पनि भनेजस्तो दिनु पर्ने, उनैले भनेका मन्त्री हुनुपर्ने भनेर यसपटक पौडेललाई रोक्न सबैभन्दा खुलेर लागेका कोही छन् भने उनको नाम वामदेव गौतम हो । जो तीनपटक पार्टीबाट उपप्रधानसहित गृहमन्त्री भए । गौतमले यसपटक सरकारमा अन्तिम पटक इच्छा जनाएको खबर बाहिर आए पनि उनको केही जोडबल चलिरहेको छैन । तर उनको एउटा ढिपीले चैँ काम गरेको छ, त्यो हो, सुरेन्द्र पाण्डेलाई रोकेर जजसले विष्णु पौडेललाई अघि सारे, ती सबैको जोडबललाई गौतम एक्लैले फिका पारिदिए ।

वामदेवको असन्तुष्टि के हो त ?
वामदेव गौतमनिकट स्रोतको अनुसार, सरकारमा पठाउने मन्त्रीबारे पहिलादेखि नै विष्णु पौडेलको जिद्दीलाई पार्टी नेतृत्वले हार्न सकेको छैन । नेता माधवकुमार नेपालसँग पनि उस्तै सम्बन्ध भएका र अध्यक्ष ओलीपक्षमा देखिएका पौडेलकै चाहनामा ऊर्जामन्त्री राधा ज्ञवाली बनाइयो । गौतमस्रोत भन्छ, ‘ऊर्जामन्त्री हुँदा गोकर्ण विष्टले राखेको साख ज्ञवालीले माटोमा मिलाउने काम भयो, मन्त्रीबाट बर्खास्तसम्म हुने काम भए पनि यसमा भित्रभित्रै चैँ पौडेलले पनि काम गरेको र देखिने पात्रमात्र ज्ञवाली हो ।’

त्यसैले यसपटक सोमबार अर्थमन्त्रीको शपथ खाने सम्भावना लेख्ने अनुमान पत्रकारिताले पनि फेल खायो । वामदेव गौतमले आफूले बोलेको नलाग्ने अवस्था देखिएपछि यसपटक पौडेललाई रोक्ने काममा लागे । यसको फाइदा चैँ सुरेन्द्र पाण्डेलाई पनि पुगेको छ ।

भीम रावललाई किन रोक्ने ?
सुरेन्द्र पाण्डेलाई अर्थमन्त्रीमा रोक्न खोज्नेहरु वामदेव गौतमको जिद्दीपछि खिस्स परिरहेका बेला सरकारमा कुटिल रणनीतिका साथ चल्ने, पार्टी स्पिरिटमा चलेका, संविधान ल्याउन अहोरात्र खटिएका र परराष्ट्रमन्त्रीका लागि प्रस्तावित रावल परराष्ट्र कमल थापालाई परेपछि एकाएक रक्षामन्त्रीका रुपमा चर्चा गरियो । तर सोमबार रावललाई पनि शपथ खुवाउने चाँजोपाँजो मिलाउन सकिएन । स्रोतका अनुसार, रावलले ‘डिमोरलाइज’ महसुस गरेका छन् । गौतम यतिखेर आफू दोहोरिन नपाए सरकारको अडान राख्ने मन्त्रीमा रावलको विकल्प नभएको र अहिले मन्त्रीमा गएकाहरु ‘कलाकार’ जस्ता देखिएकाले रावललाई जुन मन्त्रालय भए पनि दिएर उपप्रधानमन्त्री दिए हुन्छ भन्ने पक्षमा छन् ।

तर रावल भने रक्षामा शपथ नपाएपछि सरकारमा जान भन्दा पार्टीमा सक्रिय हुन इच्छुक छन् । ‘रावल अब कमल थापाभन्दा पछि सरकारमा मन्त्री बनेर झण्डा हल्लाउने रहरमा हुनुहुन्न,’ स्रोतले भन्यो, ‘रावलले मन्त्री बन्ने योजना मारिसक्नु भएको छ, उहाँ कमल थापा भन्दा पछि परेर सरकारमा किन बस्नुहुन्छ र ?’

तर रावललाई सरकारमा लैजान प्रयास गर्ने, नभए उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिने भनेर एमालेभित्रै अर्को समूह छलफलमा जुटिसकेको छ । रावलले अनिच्छा देखाए अर्थमन्त्रीसहित उपप्रधानमन्त्रीमा पौडेलको शपथ हुनेछ ।

सुरेन्द्रको सम्भावना
अर्थमन्त्रीमा विष्णु पौडेल हुँदैहुन्न भनेर वामदेव गौतम रिसाउँदै पार्टी र सरकारबाट बिदा हुनै लाग्दा विष्णु पौडेलको शपथ रोकिएको छ । यता बरु पछि प्रधानमन्त्री नै होउँला, अहिले मलाइ अर्थमन्त्रालय बाहेक अरु चाहिएन भन्ने अडानमा रहेका सुरेन्द्र पाण्डेका पक्षमा पार्टीमा फेरि चर्चा चुलिएको छ । भीम रावल रोकिने, गोकर्ण विष्टजस्ता एमालेका शानदार मन्त्रीको नाम नै नआउने र सुरेन्द्र पाण्डेहरुलाई पनि रोक्ने अनि एउटै मान्छेलाई विज्ञ सभासद्, प्रमुख सचेतक हुँदै मन्त्रीसम्म बनाउने कामलाई पार्टीका संस्थापन पक्षले पनि नराम्रो मानिरहेका बेला भीम रावल, वामदेव गौतमलाई फकाउन पनि सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री दिनु पर्ने अवस्था आउन पनि सक्छ ।

आकांक्षी अरु पनि छन्
सुरुमा अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई रोक्न पूर्व गभर्नर डा. युवराज खतिवडाको चर्चा चलेको एमालेमा अहिले लगातार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिइरहेका प्रा.डा. पुष्प कँडेल पनि अर्थमन्त्रीका दाबेदार छन् । तर उनी सभासद् नभएकाले समस्या छ । मन्त्री बनाएको ६ महिनामा सांसद बनाउनै पर्ने बाध्यता भए पनि कानुनी अड्चन छन् । वरिष्ठ अधिवक्तासमेत रहेका सभामुख सुवास नेम्बाङ संविधानसभा हुँदै सूर्यबहादुर थापाका ठाउँमा अर्का सभासद्को नाम नआएकाले अब संसदमा त्यो पदसमेत रिक्त रहने अडानमा रहेकाले नयाँलाई सांसद बनाउन सहज छैन । यसैले खतिवडा त रोकिए नै, कँडेलको पनि चर्चा छ । लोकप्रिय मत ल्याएर जितेका भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टहरु रोकिनु, अर्का बलशाली अनुहार विष्णु पौडेलमा सहमति नहुनु अनि मनोनीतहरुले अवसर पाउनुले सुरुदेखि नै सत्तामा जान एमालेभित्रको किचलो लुकाउने मिल्ने विषय नै होइन ।

महत्त्वपूर्ण मन्त्रालय अरुलाई
प्रधानमन्त्री सफल हुन कम्तीमा गृह, परराष्ट्र, रक्षा, अर्थ र सञ्चारमन्त्रालय प्रधानमन्त्रीकै पार्टीलाई हुनुपर्ने राजनीतिक मान्यता अरु देशमा पनि छ । गृहमन्त्रीकै अत्तोले एमालेले काँग्रेसका प्रधानमन्त्री सुशील कोइरालालाई एकसाता ‘मुसाखेलाइ’ पारेर गृहमन्त्री लिएको एमालेले बिर्सेको छैन । यतिखेर गृहमा एमाओवादी, परराष्ट्रमा राप्रपा नेपाल पसिसकेको छ । सोमबारदेखि नै भारतसँग वार्ता गरेर तेल सहज पार्छु भन्दै कमल थापा हाइहाइ हुन सुरु भइसकेका छन् । एमालेले भएको एउटा अर्थमन्त्रालयमा किचलो मिलाउन सकेको छैन । सञ्चारमन्त्रीको त चर्चासमेत छैन ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: