×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली सेनाको हाई इनर्जी बिस्कुट खरिद सम्झौता बदर गर्न माग गर्दै मुद्दा दायर

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाली सेनाको हाई इनर्जी बिस्कुट खरिद सम्झौता बदर गर्न माग गर्दै मुद्दा दायर

१८ पुष २०७२, शनिबार

पढ्न लाग्ने समय: ८ मिनेटभन्दा कम

नेपाली सेनाले हाई इनर्जी बिस्कुट खरिदसम्बन्धी गरेको सम्झौता बदर गर्न माग गर्दै पुनरावेदन अदालत पाटनमा मुद्दा दायर भएको छ । नेपाली सेनाको प्रबन्धरथी विभाग (खाद्य र परिवहन) जंगी अड्डा, भद्रकालीले गत मंसिर २७ गते गरेको इनर्जी बिस्कुट खरिदसम्बन्धी सम्झौता एकतर्फी निर्णय र विद्यमान कानुनको समेत आफूअनुकूल व्याख्या गराई गरिएको भन्दै उत्प्रेषण आदेशबाट सो सम्झौता खारेज गर्न माग गर्दै बिहीबार मार्क सप्लायर्स प्रा.लिका सञ्चालक पेम्वा शेर्पाको तर्फबाट टोखा नगरपालिका बस्ने वर्ष २७ का प्रविण महर्जनले मुद्दा दायर गरेका हुन् । सेनाको सो बिस्कुट खरिद प्रकरणमा अख्तियार दुरूपयोग गरी करोडौं घोटाला गरेको प्रमाणसहित केही दिनदेखि आर्थिक दैनिकले निरन्तर समाचार प्रकाशन गर्दै आइरहेको छ । 
रक्षा मन्त्रालय, सैनिक मुख्यालय, प्रधान सेनापति, प्रबन्धरथी विभाग (खाद्य र परिवहन) जंगी अड्डा र पशुपति बिस्कुट इन्डस्ट्रिज समेतलाई विपक्षी बनाइएको सो मुद्दामा नेपाली सेनाले हाई इनर्जी बिस्कुट खरिद गर्नका लागि स्वदेशी तथा विदेशी कम्पनीहरुलाई सार्वजनिक खरिद ऐन २०६३ बमोजिम खुला प्रतिस्पर्धा गराई त्यस प्रतिस्पर्धी कम्पनीमध्ये योग्य र न्यूनतम दरमा सामान खरिद गर्ने सम्झौता गर्नुपर्ने बाध्यात्मक अवस्थालाई लत्याउँदै बिस्कुटको टेण्डरसम्म पनि ननिकाली सम्झौता गरिएको आरोप उजुरीमा लगाइएको छ । यसरी अन्य प्रतिस्पर्धी समेत भएको अवस्थामा कोही पनि प्रतिस्पर्धी छैनन् भनी एउटा कम्पनीसँग सम्झौता गरिएको भन्दै सो सम्झौता उत्प्रेषण आदेशमार्फत खारेज गर्न माग गरिएको हो ।
निवेदकले न्याय प्रशासन ऐन २०४८ को दफा ८ (२) तथा नागरिक अधिकार ऐन २०१२ को दफा  ३, ६ (६), ६ (७), १७ (१) नेपालको संविधान २०७२ को धारा १८, १९, २५, २७, ३३, ३६ बमोजिम अन्तरिम आदेशसहितको निषेधाज्ञा जारी गरी पाउन पुनरावेदन अदालत पाटनसमक्ष माग गरेका हुन् । रिट निवेदक उद्योग मन्त्रालयअन्तर्गत कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरमा दर्ता भई विभिन्न प्रकारका सरसामग्रीहरु सप्लाई गर्ने कम्पनी हो । सो कम्पनीले सरकारी गैरसरकारी तथा निजी संघसंस्था तथा व्यक्तिगत रुपमा समेत स्वदेश तथा विदेशमा उत्पादित विभिन्न प्रकारका सरसामग्रीहरुको आयातनिर्यात तथा विभिन्न निकायबाट माग भएअनुसारको सामग्री तथा तत्तत् नियकायबाट बोलपत्र समेत आह्वान हुँदा सो बोलपत्रमा सहभागी भई उच्च गुणस्तरका विभिन्न स्वदेशी तथा विदेशी सामग्रीहरु सप्लाई गर्दै आइरहेको छ । 
रिट निवेदनमा विपक्षीहरुमध्ये नेपाली सेनाले हाई इनर्जी बिस्कुट खरिद गर्नका लागि स्वदेशी तथा विदेशी कम्पनीहरुलाई सार्वजनिक खरिद ऐन २०६३ बमोजिम खुला प्रतिस्पर्धा गराई त्यस प्रतिस्पर्धी कम्पनीमध्ये योग्य र न्यूनतम दरमा सामान खरिद गर्ने सम्झौता गर्नुपर्ने बाध्यात्मक अवस्था विद्यमान रहेको दाबी गरिएको छ । निवेदनमा नेपाली सेनाका जवान तथा अधिकृतहरुलाई आपत्कालीन अवस्था तथा सामान्य अवस्थामा पनि खुवाउने प्रयोजनको हाई इनर्जी बिस्कुटको टेण्डरसम्म पनि ननिकाली अन्य प्रतिस्पर्धी समेत भएको अवस्थामा कोही पनि अन्य प्रतिस्पर्धी छैनन् भनी २०७२ साल मंसिर २७ गते एकतर्फी रुपमा निर्णय गरी विद्यमान कानुनको आफूअनुकूल व्याख्या गराई गरिएको सम्झौता  त्रुटिपूर्ण रहेको जिकिर गरिएको छ । उक्त सूचना बदर गरी टेण्डर प्रक्रियामा रिट निवेदकलाई समावेश गराई प्रतिस्पर्धामा सहभागी गराई पाउन र नेपाली सेनाबाट पशुपति बिस्कुट प्रा.लि.सँग ०७२ देखि ०७५ सालको लागि गरिएको बहुवर्षीय सम्झौता उत्प्रेषणको आदेशबाट बदर गराई मुद्दाको अन्तिम किनारा नभएसम्मको लागि तत्काल नेपाली सेनाले पशुपति बिस्कुट उद्योगसँग सप्लाई गर्ने सम्झौता कार्यान्वयन नगर्न÷नगराउन भनी परमादेश जारी गरिपाऊँ भनी रिट निवेदनमा उल्लेख गरिएको छ । 
प्रत्यर्थीहरुले विगत केही वर्षअगाडि नै नेपाली सेनाले हाई इनर्जी बिस्कुट विभिन्न कम्पनीको उत्पादन बोलपत्रको माध्यमबाट खरिद गर्दै आइरहेको थियो र अहिले पनि गरिरहेको छ । सोही खरिद गर्नका लागि अघिल्लो वर्ष प्रथमपटक प्रकाशित सूचना भनी मिति २०७१ मंसिर २ गते हाई इनर्जी बिस्कुट खरिद गर्नका लागि प्रकाशित सूचनाअनुसार मार्क सप्लायर्स  प्रा.लि.भन्दा बुद्ध पिया हुनमान सप्लायर्स प्रा.लि. ३ (तीन) पैसा कममा टेण्डर हात पार्न सफल भएको थियो । अघिल्लो वर्ष पनि विभिन्न नेपाली तथा विदेशी उद्योग तथा सप्लायर्स कम्पनीले टेण्डर प्रक्रियामा सहभागी भएका थिए । त्यस बेलामा रिट निवेदक समेत उक्त टेण्डरमा सहभागी भई प्रतिस्पर्धा गर्दा मार्क सप्लायर्स प्रा.लि. थापाथली काठमाडौँलाई प्रतिस्पर्धामा आशयपत्रमा अधिक रकम उल्लेख भएको कारण भनी दिएको पत्रमा त्यस प्रा.लि.को बोलपत्र सारभूत रुपमा प्रभावग्राही भएकोमा न्यूनतममा मूल्यांकित नभएको भनी उल्लेख भएबाट समेत स्पष्ट भइसकेको दाबी गरिएको छ । 
रिट निवेदक कम्पनी सप्लाई गर्न योग्य भएता पनि दर बढी उल्लेख गरेको कारण हाई इनर्जी बिस्कुट सप्लाई गर्न नमिल्ने भनी नेपाली सेनाले स्वीकार गरेको अवस्थामा यस वर्ष कुनै कम्पनी योग्य नभएकोले एकमात्र कम्पनी पशुपति बिस्कुट कम्पनी मात्र योग्य छ भनी सम्झौता गर्नुले पनि नेपाली सेनामा बदनियतसाथ अन्य कम्पनी तथा उद्योग छैन भन्नु हास्यास्पद रहेको र आफँैले योग्यता परीक्षण गर्न तोकेको मापदण्डविपरीत रहेको हुँदा उत्प्रेषणको आदेशद्वारा पशुपति बिस्कुटसँग गरिएको सम्झौता बदर गरी परमादेशको आदेशसहित अर्को टेण्डरको सूचना प्रकाशित गरी प्रतिस्पर्धामा सहभागी गराई बोलकबोलद्वारा उत्कृष्टलाई छनौट नगरेसम्म अन्तरिम आदेश जारी गरिपाऊँ भनिएको छ । 
निवेदकले विपक्षी प्रत्यर्थीहरुले अघिल्लो वर्षको प्रावधानलाई नजरअन्दाज गर्दै गत वर्ष एकैपटक मिति २०७२ जेठ १७ गते बोलपत्र स्वीकृत गर्ने आशयको सूचना पे्रषित भई सार्वजनिक खरिद नियमावलीको नियम ८५ को उपनियम ३, ३ (क)को व्यवस्थालाई नेपाली सेनाले ठाडै उल्लंघन गरी आपूmले अघिल्लो वर्ष नै टेण्डर आह्वान गर्दा नै सूचीकृत भएका तथा बोलकबोलमा सहभागी भएको यथार्थलाई लुकाई स्वदेशी उद्योग एकमात्र कम्पनी छ भनी सार्वजनिक खरिद ऐन नियमावलीको भावना र मर्मविपरीत आपूmअनुकूल व्याख्या गरी गरेको सम्झौता उत्प्रेषणको आदेशद्वारा बदर गरी नयाँ टेण्डर प्रक्रियामा सहभागी हुन पाऊँ भनेर माग गरेका छन् । 
हाई इनर्जी बिस्कुट हुनका लागि तोकिएको कम्पोजिसनलाई नेपाल सरकारको गुणस्तर जाँच गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले समेत मार्क सप्लायर्स प्रा.लि. आयात गरी सप्लाई गर्ने बिस्कुट हाई इनर्जी बिस्कुट हो/होइन ? भनी परीक्षण गर्दा समेत उक्त परीक्षण प्रतिवेदनअनुसार योग्य छ भनी प्रमाणपत्र दिएको छ भने भारतमा रहेको आधिकारिक परीक्षण सेन्टर दिल्ली टेस्ट हाउसबाट समेत मिति १३–१२–२०१४ मै यस प्रा.लि.ले उपलब्ध गराउने बिस्कुट हाई इनर्जी हुनका लागि चाहिने सम्पूर्ण अत्यावश्यक तत्वहरु छन् भनी नमूना परीक्षण पास प्रमाणपत्र दिएको अवस्था पनि विद्यमान रहेको दाबी गरिएको छ । अन्तर्राष्ट्रिय संघसंस्थाले पनि संसारभरि खाद्यान्न संकट तथा भोकमरी परेको अवस्था तथा द्वन्द्वग्रस्त क्षेत्र तथा शरणार्थी शिविरमा समेत यसै कम्पोजिसनको बिस्कुट सप्लाई भइरहेको अवस्थामा समेत नेपाली सेनाले विना कारण हाई इनर्जी काम नलाग्ने कमसल ब्राण्ड र नेपालमा अन्य कम्पनी  सप्लायर्स छैन भन्दा यसले पनि नेपाल लगायत अन्तर्राष्ट्रिय रुपमा व्यावसायिक छवि बिगार्ने कार्य भएको निवेदनमा जिकिर गरिएको छ । 
त्यस्तै, निवेदनमा विपक्षी प्रत्यर्थीहरुले अघिल्लो वर्ष सूचना प्रकाशित गरी खोलिएको टेण्डरअनुसार सहभागी हुन उत्पादित कम्पनीको उत्पादन कम्तीमा पनि २५ प्रतिशत उत्पादन बजारमा बिक्री भएको हुनुपर्नेछ भनेर उल्लेख भएको अवस्थामा उत्पादन गर्ने उद्योगका मेसिन औजार उपकरण तथा विशेष प्रकृतिको प्लाण्ट नचाहिने अवस्थालाई स्वीकार गरेको अवस्थामा नेपालमा बिस्कुट उत्पादन गर्नका लागि ५०औँ उद्योग प्रतिष्ठान रहेको अवस्थामा नेपाली सेनाले पशुपति बिस्कुटलाई मात्र देख्नु दुर्भाग्यपूर्ण रहेको जिकिर गरिएको छ । 
निवेदकले नेपाली सेनाले हाई इनर्जी बिस्कुट उत्पादन गर्ने तथा सप्लाई गर्ने पर्याप्त वैकल्पिक बाटो रहेको तथा उपयुक्त विकल्प हुँदाहुँदै एक वर्षको लागि सम्झौता गर्नुपर्नेमा विना टेण्डर बहुवर्षीय सम्झौता गर्नु एक कम्पनीको मात्र अस्तित्व स्वीकार गरी अघिल्लो वर्ष नै नेपाली सेनाको योग्यताको सूचीमा परेको सप्लायर्स बुद्ध पिया हनुमान सप्लायर्स तथा प्रतिप्याकेट तीन पैसा दर  बढी उल्लेख गरेको कारण सप्लाई गर्न नपाएको मार्क सप्लायर्स प्रा.लि. तथा पशुपति बिस्कुट गरी तीन कम्पनीको अस्तित्व रहेको स्वयम्ले स्वीकार गरेको अवस्थामा एक कम्पनी मात्र भन्नुले विपक्षीको बदनियत साथ नेपाली सेनामा एकाधिकार सिन्डीकेट प्रणालीको प्रश्रय पाई संगठन नै भ्रष्टाचारको दलदलमा फसाउने कार्यलाई निस्तेज पार्न र कानुनको शासन लागू गर्न समेत कानुनको अर्को वैकल्पिक उपचारको बाटो नभएको हुँदा अदालतले कानुनको असाधारण क्षेत्राधिकार प्रयोग गरी उत्प्रेषणसहितको अन्तरिम आदेश जारी गरिपाऊँ भनेर जिकिर गरेका छन् । 
विपक्षीमध्येको नेपाली सेनाले हाई इनर्जी बिस्कुटमा हुनुपर्ने तत्व आफैँले निर्धारण गरेको नभई अन्तर्राष्ट्रिय मान्यता तथा वल्र्ड फूड प्रोग्राम (डब्लुएफपी) अर्थात् विश्व खाद्य कार्यक्रमले हाई इनर्जी बिस्कुट हुनका लागि तोकेको मापदण्ड नै नेपाली सेनाको समेत मापदण्ड भएको अवस्थामा हाई इनर्जी बिस्कुट हुनको लागि नेपाली सेनाले बिस्कुटको प्राविधिक विवरण स्पेसिफिकेसन मापदण्डको खण्ड (ग)को ४ को उपखण्ड (ग) प्रयोग नगरेको हुनुपर्ने व्यवस्था छ भने डब्लुएफपीको मान्यता तथा डब्लुएफपीले समेत सोही विषय स्वीकार गरेको अवस्थामा तथा सो राख्नै नपाउने अन्तर्राष्ट्रिय नियम तथा नेपाली सेनाको समेत टेण्डरमा सहभागी हुन प्राविधिक दृष्टिकोणबाट अयोग्य हुने गरी पेटेण्ट डिजाइन र टे«डमार्क ऐन २०२२ तथा सोही ऐनको दफा ७ क उपदफा (१) बमोजिम पेटेण्ट डिजाइन अनुमति लिँदा हाई इनर्जी बिस्कुटमा ११ प्रतिशत सोयाबिन पाउडर मिसाएको छु भनी उल्लेख गरेको तथा पशुपति बिस्कुट खोलमा सो कुरा उल्लेख नगरी नेपाली सेनालाई समेत झुक्याई बहुवर्षीय सप्लाई गर्ने सम्झौता गर्नु करिब ९५ हजार सेनाले प्रयोग गर्ने खाद्यान्नजस्तो संवेदनशील विषयमा यस्ता गहन रुपमा अध्ययन नै नगरी नेपाली सेनाका केही सीमित अफिसर र उद्योगीलाई फाइदा र राष्ट्रलाई तथा ९५ हजार सेनाको विश्वासघात गर्ने कार्य भएको हुँदा उक्त आदेश उत्प्रेषणको आदेशद्वारा बदर गरी अर्को टेण्डर नखोलिएसम्म परमादेशसहितको अन्तरिम आदेश जारी गरिपाऊँ भनिएको छ । 
विपक्षीहरुले प्रचलित सार्वजनिक खरिद ऐन २०६३ को संशोधित २०६८ तथा सार्वजनिक खरिद नियमावलीको आधार तथा नेपालमा हाई इनर्जी बिस्कुट उत्पादन गर्ने कम्पनीहरु पाँचवटा रहेकोमा नेपाल खाद्य तथा गुण नियन्त्रण विभागमा हाई इनर्जी बिस्कुट हुनका लागि चाहिने कम्पोजिसनअनुसार बिस्कुट छ÷छैन भनी परीक्षण गर्दा हाल सप्लाई गर्ने सप्लायर्स श्री बुद्ध पिया हुनमान सप्लायर्स प्रा.लि.ले सप्लाई गर्ने पशुपति बिस्कुट ब्राण्ड सप्लाई गरेको छ भने मार्क सप्लायर्स प्रा.लि.ले सोही गुणस्तर एसियन बिस्कुटको उत्पादकलार्ई नेपाल सरकारको आधिकारिक परीक्षण गर्ने निकाय खाद्य गुण तथा नियन्त्रण विभागबाट परीक्षणपश्चात् योग्यतामा उत्तीर्ण भई प्रमाणपत्र समेत प्राप्त तथा टे«डमार्क समेत दर्ता भई नेपाली सेनाले खोजेको योग्यता हामी रिट निवेदकसँग पनि रहेको अवस्थामा एक मात्र कम्पनी भनी उल्लेख गरी अन्य कम्पनीलाई छायाँमा पारी आर्थिक प्रलोभनमा परी गुपचुप रुपमा गरेको खरिद सम्झौताले यस रिट निवेदकको विश्वास नियतमा भ्रम सृजना भई व्यापार व्यवसायमा क्षति पु¥याएको कारण यस कम्पनीलाई पर्ने क्षति एकीन गरी क्षतिपूर्ति माग गरी मुद्दा दायर गर्ने हक अधिकार सुरक्षित राख्दै उत्प्रेषणको आदेशद्वारा खरिद सम्झौता बदर गरिपाऊँ भनी जिकिर गरिएको छ । 
नेपाली सेनाले हाई इनर्जी बिस्कुटमा हुनुपर्ने तत्वको मापदण्ड डब्लूएफपीको जस्तो हुनुपर्ने भनी उल्लेख गरको छ । त्यस्तो मापदण्डबमोजिमका बिस्कुट नेपालमा प्रायः सबै उद्योगले आयात गरी सप्लाई गर्न सक्छन् । यदि नेपाली उद्योग सक्षम भएमा निर्धारित मूल्यमा १० प्रतिशत रेट बढी गर्न स्वदेशी कम्पनीलाई छुट दिइएको छ भने विदेशी उद्योग तथा सप्लायर्सले १० प्रतिशत कम मूल्यमा सप्लाई गर्ने व्यवस्था सार्वजनिक खरिद ऐनमा भएको स्पष्ट व्यवस्थालाई लत्याई ऐनको समेत बर्खिलाप आफ्नो अनुकूलको ऐनको व्याख्या गरी एकमात्र कम्पनी भनी सम्झौता समेत गैरकानुनी हुँदा सो सम्झौता बदर गरिपाऊँ भनेर माग गरिएको छ ।
माघ १ गते पशुपति बिस्कुटले सप्लाई गर्ने कार्य सुरु गर्ने भएको हुँदा कानुनबमोजिम टेण्डर ननिस्किएसम्म नेपाली सेनामा आपूर्तिमा समस्या भएमा पनि हाल सप्लाई गर्ने कम्पनीले पनि आपूर्ति गर्नुपर्ने कानुनी व्यवस्था रहेको हुँदा अर्को टेण्डर सूचना निकाली टेण्डर बोलकबोल हुँदा रिट निवेदक समेतलाई टेन्डरमा सहभागी गराएमा मात्र विधिसम्मत हुने हुँदा नयाँ टेण्डरको सूचना निकाली अहिले भएको गैरकानुनी सम्झौता उत्प्रेषणको आदेशद्वारा बदर गरी परमादेश समेत जारी गरिपाऊँ यस रिट निवेदनको अन्तिमा किनारा नलागेसम्मको लागि पशुपति बिस्कुटसँग भए÷गरेको सम्झौता कार्यान्वयन नगर्नू भनी पुनरावेदन अदालत नियमावली २०४८ को नियम ३३ (क) बमोजिम अन्तरिम आदेश जारी गरिपाऊँ भनी सम्मानित अदालतसमक्ष निवेदन गर्दछौँ । यस विषयमा अन्यत्र उजुर गरेको छैन । रिट निवेदकले विभिन्न प्रमाण पेस गर्ने क्रममा आर्थिक दैनिक पत्रिकामा प्रकाशित भएका  पुस ६, ८ र १२ को समाचारको प्रतिलिपि समेत पेस गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: