×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ क्षेत्रमा फेरि खतराको संकेत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बैंकिङ क्षेत्रमा फेरि खतराको संकेत

Artha Sarokar

१८ पुष २०७२, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाली बैंकिङ क्षेत्रमा फेरि खतराको संकेत देखिएको छ । बैंक तथा फाइनान्स कम्पनीहरुमा रहेको निक्षेपलाई सही रुपमा व्यवस्थापन गर्न नसक्नुले पनि वित्तीय क्षेत्रमा खतरा देखिएको छ । भूकम्प र  अघोषित नाकाबन्दीले अर्थतन्त्र संकटमा परेकै कारण बैंक तथा फाइनान्स कम्पनीहरुले अहिले सर्वसाधारणलाई कर्जा दिन छोडेका छन् ।  आम नागरिकको कर्जा तिर्र्ने क्षमता कम भएको भन्दै बैंक तथा फाइनान्स कम्पनीहरुले सर्वसाधारणलाई कर्जा दिन छोडेका हुुन् । यसले गर्दा वित्तीय क्षेत्रमा अधिक तरलताको समस्या देखिएको छ । राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा रहेको अधिक तरलतालाई अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह हुुनबाट रोक्न पटक–पटक गरी झण्डै ५० अर्ब रुपैयाँ बजारबाट खिचिसकेको छ । तर अझै पनि बजारमा अधिक तरलताको समस्या कायम नै रहेको छ । कृषि, पर्यटन, पूर्वाधार, मत्स्य तथा पशुुपालन, तरकारी तथा फलफूललगायतका क्षेत्रमा कर्जा प्रवाह गर्न प्रोत्साहित गर्नुको साटो राष्ट्र बैंकले आफैँले बजारमा रहेको अधिक तरलता खिचिराख्दा बजारमा ब्याजदर असन्तुुलित बन्ने देखिन्छ । भूकम्प र नाकाबन्दी मुुुलुुकलाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने एउटा अवसर भएता पनि राष्ट्र बैंकले सही रुपमा कृषि, ऊर्जा र पूर्वाधार दीर्घकालीन नीति ल्याउन सकेको छैन । 
यसको पछिल्लो उदाहरणको रुपमा घरजग्गा क्षेत्रमा बढेको कर्जालाई लिन सकिन्छ । बैंक तथा फाइनान्स कम्पनीहरुले चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म मात्र घरजग्गामा २ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । ३० वटा वाणिज्य बैंकहरुले मात्र यस क्षेत्रमा ६७ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने पर्सनल होमलोन शीर्षकमा ९२ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो बीचमा विकास बैंकहरुले पनि घरजग्गामा १२ अर्ब ७३ करोड रुपैयाँ तथा पर्सनल होमलोन शीर्षकमा २१ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । फाइनान्स कम्पनीहरुले भने सो अवधिमा घरजग्गामा नौ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । घरजग्गामा यति ठूलो परिमाणको कर्जा प्रवाह गरेका बैंकहरुले कृषिमा गरेको कर्जा प्रवाह भने निकै नै न्यून रहेको छ । जबसम्म मुलुक कृषिमा आत्मनिर्भर हुनसक्दैन तबसम्म मुलुकको अर्थतन्त्र सबल बन्न सक्दैन । कृषिमा लगानी नै गर्न नचाहने बैंकहरुको यो प्रवृत्तिले मुलुकलाई खाद्यान्नमा समेत परनिर्भर बनाएको छ । मुलुकलाई आत्मनिर्भर बनाउनको लागि बैंकहरुले कृषि र पूर्वाधारमा लगानी बढाउनै पर्छ । हायर पर्चेज र घरजग्गामा लगानी बढाउँदैमा बैंकहरुको राज्यप्रतिको दायित्व पूरा हुँदैन । अर्थ दैनीक 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी