Skip to content
LAXMI SUNRISE BANK

माघे सङ्क्रान्ति नजिकिँदै गर्दा चाकु बनाउन भ्याइनभ्याई, मूल्य ५० प्रतिशतले वृद्धि

अर्थ सरोकार

माघे सङ्क्रान्ति नजिकिँदै गर्दा मध्यपुरथिमि नगरपालिका– १२ दुईपोखरी ‘इनाय’ टोलका उत्तमराज श्रेष्ठलाई चाकु बनाउन भ्याइनभ्याई भएको छ ।

मध्यपुरथिमिमा ५० वर्षअघि बाबु गणेशप्रसाद श्रेष्ठले सुरु गरेको चाँकु बनाउने पेसा धान्दैआउनु भएको उत्तमराजको परिवारलाई एकमहिना अघिदेखि चाकु बनाउन भ्याइनभ्याई भएको हो । वर्षभरि नै चाकु बनाउने भए पनि अहिले माघे सङ्क्रान्ति र जाडोका कारण मागलाई धान्न उहाँलाई धौधौ परेको छ ।

वैशाख जेठको गर्मीमा दैनिक सात किलोदेखि १० किलो, असोज कात्तिकमा दैनिक १५ किलोदेखि २० किलो चाकु बेच्दै आउनु भएका उहाँले पुस लागेपछि भने दैनिक ५० किलोभन्दा बढी बिक्री गरिरहनु भएको छ । “माघे सङ्क्रान्तिमा ३०० किलोदेखि ५०० किलोसम्म चाकु बिक्री हुन्छ” उनले भने ।

सख्खर, नरिवल, छोगडा, दूध, कुराउनी, र विभिन्न मसलाको प्रयोग गरेर बनाइने यहाँको चाकु किन्न भक्तपुर, काठमाडाँै, ललितपुर, साँखु, पनौती र उपत्यका बाहिरबाटसमेत आउँछन् । यहाँको चाकु प्रख्यात भएकै कारण स्वदेश तथा विदेशमा समेत उपहार दिन तथा सुत्केरीलाई खुवाउन टाढाटाढादेखि लिन आउने गरेका छन् ।

अघिल्लो वर्ष प्रतिकिलो रु ३०० मा बिक्री गरेको चाकु यसवर्ष प्रतिकिलो रु ५० मूल्य वृद्धि भएको छ । ग्यासको अभावले दाउरामा चाकु उत्पादन गर्न कठिन भएका कारण मूल्य वृद्धि भएको हो । श्रेष्ठ परिवार चाकु बनाउन व्यस्त रहेको छ । उनीहरूले आफन्तलाई समेत सघाउन बोलाएका छन् ।

बाजेले सुरु गरेको चाकु व्यवसायमा बाबुलाई साथ दिँदै आउनु भएका सुदिप मनग्य आम्दानी हुने भएकाले यो पेसालाई आफूले पनि निरन्तरता दिने बताउनुहुन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK