×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुकुलो बन्दै बीरगंज नाका, दिनमा हजार बढी ट्रक भित्रन थाले

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

खुकुलो बन्दै बीरगंज नाका, दिनमा हजार बढी ट्रक भित्रन थाले

Artha Sarokar

२० पुष २०७२, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

भारतले नाकाबन्दी खुकुलो गरेसँगै वीरगन्जबाहेकका नाकाबाट दैनिक औसतमा हजार ट्रक तथा कन्टेनर भित्रन थालेका छन् ।
भन्सार विभागका अनुसार यो तथ्यांक हरेक दिन बढ्दो क्रममा छ । भारतले नाकाबन्दी कडाइ गर्दा दैनिक ५० ट्रक तथा कन्टेनर आउने गरेका थिए ।
 ‘पछिल्लो समय दैनिक ९ सयदेखि हजारसम्म ट्रक तथा कन्टेनर आयात हुन थालेका छन्,’ विभागका महानिर्देशक शिशिर ढुंगानाले भने, ‘भन्सार राजस्व संकलनमा पनि वृद्धि भएको छ ।
औसतमा दैनिक ५० करोड रुपैयाँ असुल भइरहेको छ ।’ उनका अनुसार गत बिहीबार र शुक्रबार क्रमश: एक हजार र ९ सय ट्रक तथा कन्टेनर भित्रिएका छन् ।
‘दुई दिन क्रमश: ६० करोड र ४८ करोड रुपैयाँ राजस्व संकलन भएको छ,’ उनले भने, ‘भारततर्फबाट मात्रै सामान्य अवस्थामा दैनिक औसतमा दुई हजार ट्रक तथा कन्टेनर नेपाल भित्रने गरेका थिए ।’
उक्त आधारमा सामान्य अवस्थाको समयमा आउनेभन्दा करिब ५० प्रतिशत ट्रक तथा कन्टेनर नेपाल भित्रन थालेको देखिन्छ ।
 इन्धन बोकेका सवारीसाधन भने दैनिक करिब एक सयवटा ट्रक, कन्टेनर तथा बुलेट भित्रने गरेका छन् । इन्धन आयात पनि दैनिक बढ्दो क्रममा छ । विभागका अनुसार भारतबाट सबैभन्दा बढी सामान आयात हुने नाका क्रमश: वीरगन्ज, भैरहवा, विराटनगर, काकडभिट्टा, नेपालगन्ज, कृष्णनगर, कैलाली र कञ्चनपुर हुन् ।
ढुंगानाका अनुसार वीरगन्ज नाकाबाट ट्रक तथा कन्टेनर आउन थालेका छैनन् । फाट्टफुट्टै रिक्सा तथा ठेलागाडाबाट सामानहरू भित्रिइरहेका छन् । अन्य नाकाहरूबाट भने पुल लागेलगत्तै ट्रक तथा कन्टेनर नियमित रूपमा आयात भइरहेका छन् ।
‘सबैभन्दा बढी भैरहवा र बिराटनगर नाकाबाट ट्रक तथा कन्टेरन आयात हुने गरेका छन्,’ उनले भने, ‘यी नाकाबाट दैनिक औसतमा तीन सयसम्म ट्रक तथा कन्टेर आयात भएका छन् ।’ नेपालमा भारत र चीनसँग जोडिएका नाकाहरू ३१ वटा हुन् ।
यसमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थल साझा हो । रसुवा, गोरखाको लार्के, मुस्ताङ, मुगु, किमानथांका, ओलङचुगोला, लामाबगर, तातोपानी र कर्णालीको यारी चीनतर्फका नाका हुन् ।
चीनतर्फबाट सामान आयात हुने प्रमुख तातोपानी गत वैशाख १२ गते गएको भूकम्पपछि बन्द छ । रसुवागढी नाका दुई महिना अघिबाट सञ्चालनमा आएको छ ।
तर पर्याप्त सामान भने भित्रन सकेको छैन । ३१ मध्ये बाँकी २० वटा भारततर्फ जोडिएका नाका हुन् । सबै नाकाबाट कहिलेकाहीं बढीमा ४ हजार ट्रक तथा कन्टेनर भित्रने गरेका थिए ।
भारतका ८ वटा नाकाले सामान आयात र राजस्वमा ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । सामान आयात र राजस्वमा ५० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको वीरगन्ज नाका भने बन्द नै रहेकाले पूर्ण रूपमा आपूर्ति सहज हुन नसकेको विभागले जनाएको छ । ‘खसगरी पेट्रोलियम पदार्थ आयातको प्रमुख नाका नै वीरगन्ज हो । यो नाका सुरु नभएसम्म आयात पूर्ण रूपमा सुचारु भन्न सकिंदैन । इन्धनको अभाब हट्दैन,’ विभागका अर्का एक अधिकारीले भने, ‘अन्य नाकाले वीरगन्जको सट्टा सामान आयात गर्ने क्षमता तत्काल राख्दैनन् ।’
शुक्रबारको मन्त्रिपरिषद् बैठक पनि आपूर्ति विषयमा समीक्षा भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सामान आयातमा वीरगन्जबाहेकका नाकाको भरपूर उपयोग गर्न गृह र आपूर्तिमन्त्रीलाई निर्देशन दिएका थिए ।
आपूर्ति विषयमा काम गर्न गृह, अर्थ र आपूर्ति मन्त्रालयको एक समिति बनाइएको छ । उक्त समितिलाई प्रभाबकारी रूपमा काम गर्न मन्त्रिपरिषद्ले निर्देशन दिएको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी