×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्से पुग्यो १५०० पारी, म भने किन सँधै वारी ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेप्से पुग्यो १५०० पारी, म भने किन सँधै वारी ?

Artha Sarokar

१६ जेष्ठ २०७३, आईतवार

पढ्न लाग्ने समय: ८ मिनेटभन्दा कम

पुरुषोत्तम चिमोरिया 
“दाजु म त डुबें, ऋण धन गरेर केहि कमाई होला कि भनेर साथी भाईको देखासिखीकै भरमा १० लाख लगानी गर्‍या , एक हप्तामै कागजी नाफानै भए पनि दुई लाख त आको थियो तर तर यो भुईंचालोले मार हान्यो, अब के नेप्से कोल्याप्स नै होला त? 
सेयरमा लगानी मात्र नभएको भए न त मलाई भुईंचालोको असर पर्थ्यो न त राजनितीलेनै असर गर्थ्यो। घाटामै भए पनि सबै सेयर फालेर अब बजारबाट बाहिरिने निर्णय गरें मैले चाहिं!” आज भन्दा ठिक एक बर्ष अगाडी भुकम्प भन्दा केहि पहिले बजार प्रवेश गरेका उनै मित्रले आज पुन भने, ” दाजु हेर्दा हेर्दै नेप्से पुग्यो १५०० पारि, म भने सँधै किन वारी ? 
बैंकमा घर राखेर अलिकती ऋण लिएको छुँ, लौ न कुन कुन सेयर किन्ने हो सल्लाह पाउँ, मौकैमै उकासिनु पर्‍यो।” यि लगानीकर्ता मित्र अहिलेको बजारमा धैर्यता नभएको लगानीकर्ताको एउटा प्रतिनिधी पात्र हुन् जो तात्तै खाउँ जल्दी मरौं भन्ने सोच राख्दछन् । एक बर्षको अन्तरालमा नेप्सेले ८५० बाट १५०० को फड्को मारेको छ। नेप्सेको यस्तो फड्काईमा केहि हदसम्म यस्तै लगानीकर्ता योगदान पनि रहेको छ । 
बजार घट्दा होस् या बढ्दा प्राय नयाँ र साना लगानीकर्ता घुन पिसाईमा पर्ने गर्छन्। घट्दा अब सबै सकिने भयो भनेर घाटामा बिक्री गर्छन्, भने बढ्दा म चाहिं छुट्ने भएँ भनेर आँखा चिम्लेर लगानी गर्छन्। 
छोटो समयमै कसरी मार्‍यो नेप्सेले यती ठुलो छलाङ? 
सामान्य रुपमा अघी बढ्दै एक हजारको तहमा रहेको नेप्सेमा भुकम्प लगत्तै एउटा अन्नेउलता छायो। बजारको बारेमा अनेकौं च र्चा परीचर्चाहरु चले । भुकम्पको एक महिना पछी खुलेको बजार निरन्तरको गिरावट सँगै ८५० भन्दा तल झर्‍यो। अब नेप्से पुरानै तल्लो बिन्दु ३०० मुनी आउँछ भन्नेहरु पनि भेटिए। कतिपय मिडिया र बजार मम्बद्द पनि यस्तो बिपत्तीमा संभावनाको खोजी गर्नुको साटो नकारात्मक सुचना प्रवाहमै लागे । 
एक हिसावले धेरै तिरबाट लगानिकर्ताको घाउमा नुन चुक छर्कनेको पनि कमी भएन। तर हल्ला चले जस्तो भएन छोटो समयमै नेप्सेले आफ्नो लय समात्यो । भुकम्पले सबै क्षेत्रमा संभावनाको ढोका खोलिदियो। भुकम्पले सबैभन्दा असर बिमा कम्पनीलाई पर्छ भनिएकोमा त्यसको ठिक बिपरित बिमा कम्पनीलाई ठुलो फाईदा पुगेको छ। बिमा ब्यवसायको पाटो बाट सोच्ने हो भने गत बर्षको महाभुकम्प त बिमाको बिज्ञापन गर्नकै लागी आए जस्तो भयो। 
फलत करकापमा गरिने बिमाप्रती अहिले भने बढ्दो चासो रहेको छ। आउँदा दिनमा बिमा ब्यवसायको दायरा अझै फराकिलो हुनेछ। बैंक बित्तिय सँस्थाहरुलाई पनि नियामक निकायबाट धेरै हदसम्म राहत प्रदान गरिएको कारण पनि तत्काल क्षती न्युनिकरणको लागी सहज भयो । 
लगानीकर्ताको लागी बजारप्रती अर्को बिश्वस्त हुने आधार भनेको कम्पनीले प्रकाशित गर्ने त्रैमासिक प्रतिवेदन नै थियो, जुन हरेक पटक सोचे भन्दा धेरै राम्रो निस्कियो। कम्पनीले प्रदान गर्ने प्रतिफल पनि बिगत भन्दा बढीनै रह्यो। भुकम्प र नाकाबन्दीको कारण यो आर्थीक बर्षको आर्थीक बृद्धी दर अहिले सम्मकै न्युन रहेको अवस्थामा पनि नेप्सेले भने यही बर्ष दिन प्रतीदिन नयाँ नयाँ रेकर्ड राख्दैछ। जसलाई पुर्ण रुपमा अस्वभाबिक मान्न पनि सकिंदैन । 
नेपाल एउटा कृषि प्रधान देश हो तर नेप्सेमा सुचिकृत कम्पनीहरुमा रियल सेक्टरको उपस्थिती भने छैन। यही कारण पनि अर्थतन्त्रको ऐना मानिने पुँजी बजारले यहाँको सन्दर्भमा भने बास्तबिकता झल्काउन सकेको छैन। यसका लागी बैंक, ईन्सुरेन्सको मात्र प्रभुत्व रहेको बजारमा कृषि, पर्यटन क्षेत्र लगायतले पनि प्रवेश गर्नु जरुरी छ। लगानीकर्ताले प्रतिफललाई आधार मानेर लगानी गरेका हुन्छन् । 
सोही अनुसार उसले बजारमा आफ्नो ब्यवहार देखाउँछ। लगानीकर्ताको ब्यवहारबाट नै बजारले आफ्नो दिशा निर्दिष्ट गर्दछ। तसर्थ आर्थीक बृद्धीदरलाई सेयर बजारसँग मात्र जोडेर आर्थीक बृद्धीदर नकारात्मक हुँदा सेयर बजार पनि नकारात्मकनै हुनु पर्छ भन्ने हुँदैन। 
अहिलेको बुलरनको फरक पक्ष: यस अघिको उच्चतम बिन्दु १०८४ हुँदा बजारमा लगानी गरेका एकजना लगानीकर्ताले केहि दिन अगाडीको भेटमा भने ” नेप्से १५०० पुगेर आफुलाई चाहिं कागलाई बेल पाक्यो हर्ष न बिस्मत भएको छ । 
आफुले लगानी गरेको चिलिमे अरुण हाईड्रो, नेपाल बैंक अझै पनि सुपर लसमै छ । यही पाराले त नेप्से २००० पुगे पनि मेरो साउँ नउठ्ने पो देखियो त!” यो उदाहरण यहाँ पेश गर्नु को मतलव अहिलेको बुलरन लाई पछिल्लो बुल रन सँग तुलना गर्नु हो । 
यस अघीको बुलरनमा बजार बढ्दा सबै समुहका सबै सेयरको मुल्य बढ्ने गर्दथ्यो,एउटा कम्पनीको सेयर किन्ने सोचले घरबाट निस्किएको ब्याक्ती घर फर्कंदा आफुलाई जानकारीनै नभएको कम्पनीको सेयर किनेर फर्किन्थ्यो र सेयर किनिसके पछी उक्त कम्पनीको बारेमा बुझ्न तर्फ लाग्दथ्यो । 
कारण अहिले जस्तो आफुले चाहेको सेयर आज नपाए भोली किनौंला भन्ने परिपाटी थिएन। यो नभए त्यो भएपनी हुन्छ तर आजै चाहियो भन्ने सोच थियो। किनकी आखिर भोली त जुनसुकै सेयर पनि बढीनै हाल्छ! अहिले बुलरन बिल्कुलै फरक छ , दैनिक नेप्सेको नयाँ नयाँ रेकर्ड र उच्च बृद्धीका बिच पनि धेरै कम्पनीहरुमा रातो पोतिएको देखिन्छ । 
बजार सन्तुलित रुपमा बढेको छ। लगानीकर्ताले तुलनात्मक लाभ सोच्ने गरेको पाइन्छ। फलत नेप्सेमा सुचिकृत कम्पनीहरु समुहगत रुपमा पालै पालो अघी बढ्ने गरेको देखिन्छ। 
बजारको बृद्धी सँगै उच्च कारोबार: हाल दैनिक कारोबार रकमले डेढ अर्ब पार गरेको छ। आज भन्दा ५ बर्ष अगाडी दैनिक २० लाखको कारोबार गर्दा एक आपसमा गुड गर्दै हिंड्ने ब्रोकर अहिले ५ करोड भन्दा बढी कारोबार गर्दछन् भने उनिहरुलाई अहिले फोन उठाउने फुर्सद समेत छैन। तर ग्राहकले पाउनु पर्ने सेवा सुबिधामा भने अपेक्षित सुधार हुन सकेको छैन । 
पछिल्लो समय करोबार बढ्नुमा ब्रोकरले लगानीकर्तालाई दिने गरेको नेटिङ सुबिधाको पनि ठुलो भूमिका रहेको छ। प्राय ब्रोकरले लगानीकर्तालाई एकै दिन बिक्री गरेर पुन खरिद गर्ने सुबिधा दिएका छन् । एउटा समुहको सेयर बिक्री गरेर तुरुन्तै अर्को समुहमा फड्को मार्ने परिपाटीका कारण पनि नेप्सेमा समुहगत रुपमा उतार चाढाव हुनुका साथै कारोबार रकम पनि बढेको छ । 
नेप्से बढ्दा बिभिन्न मिडिया मार्फत हल्ला हुने कारण पनि नयाँ लगानीकर्ता आकर्षित हुन्छन् भने पुराना र संस्थागत लगानीकर्ता पनि अझै सकृय हुने हुँदा परिसुचकका साथै कारोबार रकमको बृद्धीमा थप बल पुग्ने गरेको छ। परिसुचकको बृद्धी सँगै कारोवार रकममा पनि सुधार हुँदा बजार लाई थप बलियो हुन टेवा पुग्छ।
नियामकको सकृयता बजार प्रतीको बिश्वाशको अर्को कारण : पछिल्लो समय नियामक निकाय धितोपत्र बोर्डले देखाएको सकृयताबाट लगानिकर्ता उत्साहित छन् । मार्केट डेप्थमा आम लगानिकर्ताको सहज पहुँच पुगिसकेको छ । जसले बजारलाई थप पारदर्शी बनाएको छ । 
बिक्री पश्चात समयमै भुक्तानीको लागी ब्रोकरलाई दिएको दवाब , ब्रोकर कमिशन घटाउने सम्बन्धमा निरन्तर पहल, बजारमा हुने गरेका अस्वभाबिक कारोबारको सुक्ष्म अध्यान, समय समयमा लगानीकर्तालाई सचेत गराउने जस्ता गतिबिधीबाट नियामकको लगानिकर्ता प्रतीको उत्तरदायित्व प्रष्ट झल्कन्छ । 
यस्तै अहिले धितोपत्र बोर्डले बैंक तथा बित्तिय सँस्थालाई पुँजी बृद्धीका क्रममा जारी गरिने हकप्रद निश्काशन प्रकृयालाई छिटो र छरितो बनाउन महिनौं लाग्ने क्रेडिट रेटिङको ब्यावस्थालाई हटाएको छ। सबै प्रकृया पुरा भएर निवेदन प्राप्त भएको एक हप्तामै हकप्रद निश्कसान अनुमती दिने भनिएको छ । पछिल्लो दिनमा नियामकको सकृय गतिबिधीको कारण बजारले थप बिश्वाश कमाउँदै गएको छ।
‘तिल’ लाई ‘ताल’ बनाउने हाउगुजि:  
सबै कोणबाट हेर्दा हाल बजारमा नकारात्मक भन्दा सकारत्मक पक्षनै हावी रहेता पनि समय समयमा चलाईने हाउगुजीले बजारमा क्षणिक नकारात्मक प्रभाव पार्ने गरेको पाईन्छ जुन पहिले पनि थियो । सम्बन्धित निकायबाट प्रवाह हुने सर्कुलर , निती नियमको सँशोधन तथा परिवर्तन सरोकारवाला हुँदै आम लगानिकर्तामाझ आईपुग्दा तिलबाट ताल बन्ने गरेको छ। यसै बिच एउटा लुपहोल बन्दछ र चलखेल गर्नेले खेल्ने मौका पाउँदछन् । सम्बन्धित निकायले सुचनालाई जस्ताको त्यस्तै बुझाउन नसक्दा वा नचाहँदा बिचौलियाले खेल्ने मौका पाउँछन् । 
कतिपय मिडियाहरुले आफुले प्राप्त गरेको सुचना जस्ताको त्यस्तै सम्प्रेषण गर्न नसकेर हो वा गलत मनसायको कारण हो बजारमा चलखेल गर्न खोजेको प्रष्टै देखिन्छ। उदाहरणको रुपमा अहिले लागु हुने क्रममा रहेको वाफिया ऐन लाई लिन सकिन्छ। जसमा बैंक तथा बित्तिय सँस्था सँचालनमा आएको सात बर्ष पछी सँस्थापक सेयर साधारणमा परिवर्तन हुने भनिएको छ। 
बजारमा हल्ला चलाईएको छ अब सेयरको आपुर्ती बढ्छ र बजार भाउ घट्छ । यसको मनोबैज्ञानिक असर गएको बुधवार र बिहिबारको कारोबारमा देखियो। उक्त दिन बजारमा तिब्र उतार चढाव देखिएता पनि कारोबारले साथ दिएको हुँदा डराउनु पर्ने अवस्था भने रहेन । यस्तै घटना आज भन्दा केहि बर्ष अगाडी पनि घटेको थियो। जसलाई बजारमा १९ प्रतिशत आतंकको रुपमा लिईएको थियो। 
बैंक तथा बित्तिय सँस्थाको १९ प्रतिशत प्रमोटर सेयर साधारण सेयरमा परिवर्तन गर्न पाउने निर्णयसँगै बजारमा ठुलो गिरावट सुरु भयो। फलत त कुरै नबुझी अन्ध धुन्द बिक्री गर्नेले गुमाए भने टाठा बाठाले बजारबाट राम्रा राम्रा कम्पनीको सेयर छानी छानी उठाए। अन्त:त अहिले प्राय सबै सँस्थाले ५१ र ४९ को रेसियो बनाईसकेका छन् र बजारले १९ प्रतिशत पनि सहजै पचाईसकेको अवस्था छ। 
सँचालनमा आएको सात बर्ष पछी सबै सेयर साधारण सेयरमा परिवर्तन हुने तर पुँजी बजार लगायत कतै पनि असर नपर्ने गरी भनिएको छ । यसको लागी पनि स्विकृतिका लागी बिभिन्न बिधी र प्रकृयाहरु रहेका हुन्छन्। सात बर्ष पुग्ने बित्तिकै तुरुन्तै बजारमा आईहाल्ने भन्ने हुँदैन। 
सेयरको प्रकृतीमा परिवर्तन हुनासाथ सबैले बिक्री गर्छन् भन्ने पनि हुँदैन। ठुला लगानिकर्ताले सँस्थामा आफ्नो स्वामित्त्व बढाउनतर्फ लाग्छन्, आफुसँग रहेको सेयर बेचेर सँस्थामा आफ्नो स्वामित्व घटाउने चाहना राम्रो कम्पनीको सेयर होल्डरमा हुँदैन। हाईड्रोपावरको पनि सार्वजनिक निश्काशनको तीन बर्ष पछी स्वत सबै सँस्थापक सेयर साधातण साधारणमा परिवर्तन हुन्छ। 
तर यसको पनि क्षणिक र मनोबैज्ञानिक बाहेक यसको असर खासै केहि हुँदैन। यहाँ प्रमोटर सेयरलाई साधारण सेयर होल्डेरले भुत झैं मान्ने परिपाटी रहेको छ । सर्बप्रथम यस सम्बन्धमा सोच बदल्नु जरुरी छ। दिन प्रतिदिन बजारको आकार बढ्दादो छ, सँस्थागत लगानीकर्ताको उपस्थिती पनि बाक्लिंदै गएको छ, गैरआवसिय लगानीकर्ताको लागी पनि पुँजी बजारको ढोका खुल्ने क्रम रहेको छ, बजार देशब्यापी बिस्तारको क्रममा छ तसर्थ आगामी दिनमा सेयर बजारमा माग पक्षनै बलियो हुने निश्चित छ। तसर्थ समय समयमा चल्ने यस्ता हाउगुजीबाट लगानीकर्ता सचेत हुनु जरुरी छ। 
यहाँ प्रमोटर सेयरलाई साधारण सेयर होल्डेरले भुत झैं मान्ने परिपाटी रहेको छ । सर्बप्रथम यस सम्बन्धमा सोच बदल्नु जरुरी छ। पछिल्लो समयमा बजारलाई प्रभाबित पार्ने काम मिडियाहरुबाट पनि भएको छ। आफुले प्राप्त गरेको सुचना जस्ताको त्यस्तै सम्प्रेषण गर्न नसकेर हो वा गलत मनसायको कारण हो बजारमा चलखेल गर्न खोजेको प्रष्ट देखिन्छ। लगानीकर्ता यसबाट सचेत हुनु जरुरी छ । 
पछिल्लो समय बजार लाई तताउने काम मर्जर, एफपिओ र हकप्रदले गरेको छ। कतिपय लगानीकर्ता यसको औचित्य नबुझी पछी लागेको पाईन्छ र बजारमा खेल्नेले पनि यसलाई राम्रो हतियार बनाएका छन्। कुन सेयर राम्रो भनेर कसैलाई सोध्ने हो भने सबैले आफुसँग भएको सेयरलाईनै राम्रो भन्छन् तसर्थ कुरा सबैको सुन्ने तर निर्णय आफ्नै हुनु पर्दछ। बिगतसँग तुलना गर्ने हो भने अहिलेका लगानीकर्ता अत्यन्तै स्मार्ट छन्। 
निकै सुझ बुझका साथ लगानी गर्दछन्। सिकेर, बुझेर बजारमा प्रवेश गरौं भन्ने मनसिकताको बिकास भएको छ। युवा युवती , गृहिणि, अवकाश प्राप्त ब्याक्तीको लागी सेयर बजार आकर्षणको केन्द्र भएको छ। सामजिक सँजालहरुमा सेयर बजारसँग सम्बन्धित बिभिन्न फोरमहरु सँचालनमा रहेका छन् जसबाट पनि नयाँ लगानीकर्ताले लाभ उठाउन सक्दछन्। सेयर बजारमा अवसर सँधै आउँछ।अहिले म चुकें, म पछडी परें भन्ने सोच्नु पर्दैन। लगानी गर्दा दिर्धकालिन हिसाबले राम्रा कम्पनी छानेर लगानी गर्दा तनाव कम हुन्छ र फाइदा बढी। यसरि गरेको लगानीले अल्पकालमै पनि राम्रै प्रतिफल दिन सक्छ। तर अल्पकालकै लागी भनेर गरिएको लगानीमा प्रतिफलको सुनिश्चितता हुँदैन, सोचे जस्तो नहुँदा तनाव झेल्नुपर्ने हुन्छ। 
अहिले नेप्से परिसुचकले ईतिहासकै उच्चतम बिन्दुमा रहेको छ। परिसुचक लाई मात्र आधार बनाएर लगानी गर्नु पनि घातक हुन सक्छ। नेप्से परिसुचक कती पुग्यो भन्दा पनि आफ्नो लगानीको अवस्था कस्तो छ भनेर सोच्नु जरुरी छ। लागानी सम्बन्धमा आफु सन्तुष्ट हुन सकियो भने नेप्सेको उतार चढावले खासै असर गर्दैन। मुलुकको आर्थीक बृद्धी दर अहिले सम्मकै न्युन अवस्थामा छ भने यहि अवस्था मा सेयर बजार भने अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । 
यसले एउटा बहस पनि सृजना गरेको छ। तर अर्थतन्त्रमा हुने उतार चढाव भनेको सामान्य कुरा हो । समय चक्र अनुसार अतिनै बिकसित मुलुकहरु पनि मन्दीमा पर्ने गरेका छन् । लामो समयको प्रयास पछी मुलुकले नयाँ सम्बिधान पाएको छ । राजनितिक अवस्था पनि सुधारोन्मुख छ। राजनितिक स्थायित्व पछी हिंड्नु पर्ने मार्ग भनेको बिकासको मार्ग हो जसको अब बिकल्प छैन । 
तसर्थ अहिलेको पुँजी बजारको उचाई भनेको भबिष्यप्रतीको बिश्वाशनै हो । बिगतमा मुलुकले झेलेको भुकम्प, भारतिय नाकबन्दिका बाबजुत छोटो समयमै संयमित तवरले सेयर बजारले एउटा ईतिहास रचेको छ भने अबको दिन त झनै सहज रहेको छ। सकारात्मक सोचौं सेयर बजारको भबिश्य सोचेभन्दा उज्वल छ।

  • बिजपाटी 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी