×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विमानस्थलमा डिआइजीको गुट्खा प्रेम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विमानस्थलमा डिआइजीको गुट्खा प्रेम

Artha Sarokar

१८ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । गुट्खा सुर्तीजन्य पदार्थमा पर्छ । चुरोट र रक्सीभन्दा पनि गुट्खाको लत भयानक हुने बताइन्छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गुट्खा आयातनिर्यातमा प्रतिबन्ध गरेको थियो । तर, अहिले विमानस्थलमा यस्ता डिआइजी फेला परे जसलाई व्यापक गुट्खा प्रेम रहेको छ । 
त्रिभुवन विमानस्थलबाट भन्सारछली गरी पान पराग र गुट्खा खाडी मुलुकमा पठाउने क्रम बढेको छ । हालका प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा एयरपोर्टमा रहेका बेला प्रतिबन्ध लगाएको सो गुट्खालाई तथा पान परागलाई हालका डिआइजी गोविन्द निरौलाले फुकुवा गरिदिएका छन् । उनकै मिलेमतोमा खाडी मुलुकमा जाने कामदारहरूले आप्mनो ब्यागमा एक दर्जन पोकासम्म गुट्खा हालेर लैजाने गरेका छन् । खाडी मुलुकमा आफन्तलाई पठाउने बहानामा तस्करहरूले उतैका व्यापारीलाई पठाउने गरेका हुन् ।  
ज्यादै तस्करी बढेपछि प्रहरीले पछि वैधानिक रूपमै भन्सार तिरेर पठाउने व्यवस्था गरिएको थियो । तर, पानपराग र गुट्खाको भन्सार राजस्व बढी तिर्नुपर्ने भएपछि पुनः प्रहरीको मिलेमतोमा भन्सार छली गरी पठाउने क्रम सुरु भएको हो । सूत्रका अनुसार तीन हप्तादेखि पानपराग र गुट्खा अवैध रूपमा पठाउन थालिएको छ । एयरपोर्टका प्रहरीलाई ड्युटी खटाउने डिआइजीकै सेटिङ्मा तस्करी हुन थालेको स्रोत बताउँछ । 
डिआइजी निरौलाले एसएसपी श्याम खत्रीले थाहा पाउला भनेर आफ्नो छुट्टै टोली परिचालन गरी खाडी मुलुककमा जाने कामदारको चेकजाच गर्ने गरेको पनि स्रोतले दाबी गरेको छ ।  सामान चेकजाँच गर्ने सेक्युरिटी स्क्रिनमा विश्वासपात्र असई र सईलाई खटाएर तस्करी सुचारु गराएको हुन् । ८ देखि १० केजीको पोका बनाएर कारोबारीले गुट्खा खाडी मुलुक पठाउने गरेका छन् । खाडी मुलुकमा पानपराग र गुट्खाको ठूलो माग छ । एक केजी बराबर एक हजार रुपैयाँ घुस लिएर पानपराग र गुट्खा खाडी मुलुकमा जाने गरेको छ । 
एयरपोर्टका डिआइजी निरौलाको नेतृत्वमा रहेको प्रहरीले सेटिङ मिलाएर यस्तो तस्करीलाई बढावा दिएका छन् । लामो समयदेखि  एयरपोर्टमा कार्यरत प्रहरी कर्मचारीलाई साथमा लिएर उनले सो धन्दा सुरु गरेका हुन् । पानपराग र गुट्खा खाडी मुलुक अवैध रूपमा पठाउने क्रम हेमन्त पाल एसएसपी हुँदा चम्केको थियो । माथिसम्मै सेटिङ् गरी मासिक ३–४ करोड रुपैयाँको सुपारी र सुर्तीजन्य पदार्थ तस्करी हुन थालेपछि ठूलो विवाद भयो । र, भन्सारछलीको सुपारी र सूर्तीजन्य पदार्थ खाडी मुलुकमा बढी जाने गरेपछि भन्सार तिरेर पठाउन पाउने व्यवस्था गरिएको थियो । भन्सार तिरेर भन्दा नतिरी पठाउँदा फाइदा हुने भएकाले पुनः कारोबारीले यो तरिका अपनाउन थालेको प्रहरी स्रोतले बतायो । 
गोरखाको एक देवकोटा थरका कारोबारीले पानपराग र गुट्खा तस्करी गर्न एमाओवादी नेता तथा तत्कालीन गृहमन्त्री कृष्णबहादुर महरालाई र हालै सरकारबाट बाहिरिएका गृहमन्त्री शक्ति बस्नेतको शीर्षनेताबाट नै भनसुन गराएको समेत स्रोतले जनाएको छ । सुर्तीजन्य पदार्थ गुट्खा र पानपराग नेपाली कामदारले खाने भएकाले त्यहाँका व्यापारीले नेपालमा सम्पर्क गरी मगाउने गरेका छन् । डिआइजी निरौलाका लागि यो धन्दा सबैभन्दा उपयोगी सावित भएको त्यहाँकै प्रहरी कर्मचारी बताउँछन् ।

भिजिट भिसाबाट असुली
यसैबीच, एयरपोर्टमा भिजिट भिसामा विदेश जाने नेपालीबाट असुली गर्ने क्रम बढेको छ । एयरपोर्टको राष्ट्रिय अनुसन्धान विभाग स्रोतका अनुसार एकेडेमी दरबन्दी भएका एक प्रहरी निरीक्षकले भिजिट भिसामा जानेहरूसँग असुली गदै आएका छन् । भिजिट भिसामा मानिस पठाउन प्रतिबन्ध रहे पनि उनी मार्फत डिआइजी निरौलाले भिजिट भिसामा जानेहरूले सेटिङको दररेटले रकम बुझाएपछि सरासर जान पाउँछन् । नबुझाउनेलाई फकाइने गरेको छ ।  तत्कालिन डिआइजी विज्ञान शर्माकै कार्यकालमा भिजिट भिसामा जानेहरूलाई पनि कडा गरिएको थियो । भिजिट भिसामा जानेहरूले २० देखि ४० हजार रुपैयाँसम्म घुस कमिसन एजेन्टलाई बुझाएपछि उनीहरूलाई केही केरकार हुँदैन । अन्यथा उसमाथि अनेक केरकार हुने गर्छ । नागरिक सहायता कक्षमा दुई इन्स्पेक्टर छन् । तर, डिआइजी निरौलाको कार्यालयमा रहेको बेला मात्र भिजिट भिसाका मानिस सेटिङ्मा पार गराउने काम हुने गरेको छ । सरकारले भिजिट भिसामा जान निकै कडाइ गरे पनि उनले अध्यागमन विभागमा समेत सेटिङ गरेको स्रोतको दाबी छ ।
– आजको जनप्रहार साप्ताहिकमा खबर छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी