
- शेयर बजार साप्ताहिकमा प्रकाशित
नेपालकै बीमा कम्पनी र उनीहरूकै लगानी रहेको पुनर्बीमा कम्पनीबीच कारोवार गराउनका लागि विदेशी कम्पनीले दलाली गरेर करोडौं रुपैयाँ कमिशन खाइरहेको खुलाशा भएको छ । नेपालमा दलाल (ब्रोकर) कम्पनी नहुँदा बिमक कम्पनी र पुनर्बीमा कम्पनीबीच दलालीको काम विदेशी कम्पनीले मात्रै गर्दैआएका हुन् । यसबाट वर्षेनि करोडौं रुपैयाँ विदेशी कम्पनीले दलालीवापत् लैजाने गरेको छ ।
नपालमा दलाल नहुँदा बीमा कम्पनी र विदेशी पुनर्बीमा कम्पनीबीच दलालीको काम मुख्यरुपमा भारतीय कम्पनीले गर्दैआएका हुन् । नेपालमा भारतीय कम्पनी जेबी बोडा र बीएम दस्तुले दलालीको काम गर्दैआएका छन् । जेबी बोडाको स्थानीय एजेन्टले नेपालमा काम गर्दैआएका छन् । अरु पुनर्बीमा दलाल कम्पनीले भने आवश्यकताअनुसार स्थानीय एजेन्ट खडा गरेर वा आफ्नै प्रतिनिधि कार्यालय खडा गरेर पुनर्बीमाको ‘डिल’ गर्दैआएका छन् ।
नेपालमा पुनर्बीमा कम्पनी स्थापना भइसके पनि दलालका रुपमा काम गर्न भने कोही पनि अघि सरेको छैन । यसअघि एक निजी कम्पनीले बीमा समितिमा दलाल कम्पनी स्थापनाका लागि निवेदन दिएको भए पनि रित नपुगेको भन्दै समितिले फर्काइदिएको थियो । त्यसपछि दोहोर्याएर कुनै पनि कम्पनीले समितिमा आवेदन दिएका छैनन् । ‘पहिल एउटा कम्पनी आएको थियो , तर आवश्यक कागजात नपुगेपछि ऊ त्यसै फर्कियो,’ बीमा समितिका उपनिर्देशक राजकुमार अर्यालले भने, ‘अहिलेसम्म विदेशी कम्पनीले डिल गरिरहेका छन्, अब नेपालमै यस्ता कम्पनी स्थापना हुनुपर्छ भन्नेमा हामी लागेका छौँ ।’
के छ कानुनी व्यवस्था ?
बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ मा नै नेपालमा बीमा दलाल हुनसक्ने परिकल्पना गरिएको छ। बीमा नियमावली, २०४९ मा २५ हजार रुपैयाँ लिएर त्यस्ता कम्पनी दर्ता गर्न सकिने व्यवस्था गरेको छ । तर, कानुनले परिकल्पना गरेको २५ बर्षे भइसक्दा पनि अहिलर् सम्म दलाल कम्पनी स्थापना हुन सकेको छैन ।
के तयारी छ, बीमा समितिको ?
बीमा ऐन आएको ३ दशकपछि बीमा समितिले यस्तो कम्पनी स्थापनाको आधार तयार पार्न लागेको छ । समितिले न्यूनतम पुँजीसहित यस्तो कम्पनी स्थापना गर्न निर्देशिका नै तयार गर्न लागेको छ । ‘हामीले विभिन्न देशमा भएका अध्ययन हेरिरहेका छौँ,’ समितिका एक अधिकारीले भने, ‘कस्तो कम्पनी बनाउने र त्यसको पुँजी कति हुने भन्ने अध्ययन भइरहेको छ ।’
किन चाहियो त यस्तो कम्पनी ?
बीमा समितिले विदेशको समेत अभ्यास हेरेर नेपालमा पुनर्बीमा दलाल कम्पनी खोल्न दिन लागेको हो । यसरी कम्पनी खोल्दा नेपाली बीमा कम्पनीलाई विदेशी पुनर्बीमा कम्पनीसँग ‘ डिल’ गन सजिलो हुनु र नेपाली पुनर्विमा कम्पनीले विदे बिमा कम्पनीका पुनर्विमा गराउन सक्नर् भएकाले नयाँ योजना अगाडी सारिएका समितिका अधिकारी बताउँछन् । ‘बीमा कम्पनीले पनि विदेशी दलालसँग मात्रै भर पर्नु नपरोस् भनेर नेपालमै दलाल कम्पनी स्थापना गन दिन लागिएको हो ।’ समितिका ती अधिकारी भन्छन्, ‘यसले नेपाली कम्पनीलाई नै थप सजिलो होला ।’
नेपाली कम्पनी नहुँदा के हुन्छ ?
नेपालमा अहिले १७ वटा निर्जीवन बीमा कम्पनी, ९ वटा जीवन बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनी सञ्चालनमा रहेका छन् । नेपाली कम्पनीले भारत, जर्मनीलगायतका विभिन्न देशका पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गराउँदैआएका छन् । पुनर्बीमा शुल्कवापतमात्रै नेपालबाट वर्सेनि ७ अर्ब रुपैयाँभन्दा धेरै रकम विदेशिने गरेको छ । नेपाली दलाल नहुँदा त्यो रकमको १० देखि १५ प्रतिशतसम्म कमिसन विदेशी दलाल कम्पनीले लैजाने गरेको एक बिमकले बताए । नेपालमा हाल नियमितरुपमा भैरहेको कारोवारबाट मात्रै पुनर्बीमा दलाल कम्पनीले वर्षेनि करिब १ अर्बभन्दा बढी रकम कमिशनको रुपमा लैजाने गरेको छ ।
‘नेपालमा दलाल कम्पनी स्थापनाका लागि समितिले काम गरेको भए आजसम्म त्यो कमिसन नेपालमै रहन्थ्यो,’ एक बिमा कम्पनीका सीईओले भने, ‘बीमा समिति आजसम्म उदासिन हुँदा पुनर्बीमाको रकमसँगै कमिसन पनि देशबाहिर नै गएको छ ।’ उता बीमा समितिले भने स्थानीयरुपमै पुनर्बीमा कम्पनी सञ्चालनमा आएको एक वर्ष नाघिसक्दासमेत बीमा दलालको विषयमा कुनै सर्कुलर जारी गरेको छैन । बीमा समितिले दलाल कम्पनी दर्ताको निर्देशिका नै नबनाएको हुनाले पनि नेपालमा चाहेर पनि कम्पनी स्थापना हुन सकेको छैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्