×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माफियालाई उम्काउन मुख्यालयमै खेल !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

माफियालाई उम्काउन मुख्यालयमै खेल !

७ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं– देशमा आवश्यकताभन्दा दशौं गुणा बढी औषधि बनाउन प्रयोग हुने इफिड्रिन र ड्रोफेड्रिन भित्र्याएर तस्करी गर्ने संघाई ग्रुप मात्र एक्लो नभएको तथ्य फेला परेको छ । 
औषधि बनाउन प्रयोग हुने सहायक रसायनको तस्करीमा नाम चलेका लगभग सबै औषधि उद्योग, चिनियाँ माफिया र केही दलाल लामो समयदेखि सक्रिय रहेको तथ्य फेला परेको हो ।
अनुसन्धान प्रतिवेदनअनुसार संघाई गु्रपको संलग्नताको अनुसन्धानका क्रममै एसआर फार्मेसी संतुगल, टाइम्स फर्मा, जनता फार्मेसी र क्विस्ट फर्मा जस्ता नाम चलेका र विश्वनीय औषधि उत्पादक समेत रसायन तस्करीमा सक्रिय छन् ।
अनुसन्धानमा संलग्न उच्च स्रोतका अनुसार चिनियाँ लोप्साङ, ओम गुरुङ र चोयाङ नाम गरेका माफियाको सहयोगमा युरोपबाट नेपाल भित्रिएको रसायन चीन पुग्ने गरेको हो । यस्तै नेपालमै बसेर तस्करीमा सहयोग गर्ने निर्मल क्षत्री, खगेन्द्र राई र सुन्दर थापा रहेका छन् ।
प्रहरीले अनुसन्धानमा यी बाहेक मनीष पौडेल गोठाटार, विवेक कार्की नभई अन्य धेरैको नाम र तस्करीमा संलग्नताका विषयमा अनुसन्धान प्रतिवेदन तयार गरे पनि प्रहरी प्रधान कार्यालयकै निर्देशनमा संघाईलाई मात्र कारबाही गरिएको हो । स्रोतका अनुसार संघाई गु्रपको गोदाममा छापा हानेयता मुख्यालयका दुई जना एआइजी र लागुऔषध नियन्त्रण ब्युरोबीच बराबर गोप्य वार्ता र भेटघाट भइरहेको छ । ‘प्रहरी महानिरीक्षक अर्यालसमेत अछुतो होलान् भन्न सक्ने अवस्था रहेन,’ स्रोतले भन्यो । 
नेपालमा औषधि उत्पादनका लागि सरकारी औपचारिकता पूरा गरेर भित्रिने कच्चा पर्दाथको अवैध तस्करी भइरहेको तथ्य प्रमाणसहित सार्वजनिक भएको थियो । नेपालको व्यावसायिक घराना संघाई समूहको प्रत्यक्ष संलग्नता घटनामा प्रमाणित भएपछि अवैध तस्करीको खुलासा भएको थियो ।
लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले साउन १२ देखि लगातार काठमाडौं, पाटन, बारा, पर्सा र रौतहटमा गरेको छापामारीमा करिब पाँच सय किलोग्रामभन्दा बढी लागुऔषधको कच्चा पर्दाथ इफिड्रिन र ड्रोफेड्रिनसहित चार जनालाई पक्राउ गरेको थियो । पक्राउपछि संघाईका नजिकका व्यक्तिले प्रहरी मुख्यालयका एक जना प्रहरी अधिकारीसँग निरन्तरको लेनदेनमा खटपट आएपछि कारबाही थालिएको बताउँदै हिँडेका छन् । 
एनसिबीले औषधि व्यवस्था विभागको तथ्यांकमा आवश्यकताभन्दा दशौं गुणा बढी सहायक रसायन र औषधिजन्य कच्चा पर्दाथ नेपाल भित्रिएको तथ्यपछि ‘अप्रेसन ड्रो’ नाम दिएर अनुसन्धान थालेको हो । विभागको तथ्यांकअनुसार सन् २०१० यता निरन्तर इफिड्रिन र ड्रोफेड्रिन आवश्यकता र मागभन्दा दशौं गुणा बढप् नेपाल भित्रिएको छ । एनसिबीले तीन महिना लामो अनुसन्धानपछि संघाई गु्रपअन्तर्गत रहेको प्लास्टिक उद्योगको गोदामबाट कच्चा पर्दाथ फेला पारेको थियो । प्रहरीले विशेष सूचनाका आधारमा लुकाएर राखेको अवस्थामा चार सय ७१ किलोग्राम लागुऔषध बरामद गरेको थियो ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पाटन औद्योगिक क्षेत्रमा रहेको संघाई प्लास्टिक इन्डस्ट्रिज प्रालिको गोदाममा एकै प्रकारका ९ सय ५२ डिब्बामा लुकाई राखेको अवस्थामा लागुऔषध बनाउन प्रयोग हुने कच्चा पर्दाथ बरामद गरेको थियो । घटनामा काठमाडौं कमलपोखरीमा रहेको आर्य फार्मा ल्याब प्रालिमा काम गर्ने भारतीय नागरिक दिलीप पण्डित पक्राउ परेका थिए । 
ब्युरोले संघाईको पाटनस्थित उद्योगको गोदाममा छापा मारेर पण्डितलाई पक्राउ गरेपछि उनकै सूचनाका आधारमा विभिन्न स्थानमा छापा मारेर थप परिमाणमा कच्चा पर्दाथ र अन्य तीन अभियुक्तलाई नियन्त्रणमा लिएको थियो । ब्युरोको टोलीले पण्डितको सूचनाका आधारमा बाराको जितपुरमा रहेको औषधि उत्पादक आर्या फर्मा ल्याबबाट मोहित हलानलाई थप २० किलोग्रामभन्दा बढी सोही प्रकारको कच्चा पर्दाथको धुलोसहित बरामद गरेको थियो । मोहित आर्या फर्माल्याबका प्रबन्ध व्यवस्थापक हुन् ।
संघई समूहले झापाका श्याम तामाङ र काठमाडौंका बद्री वनको सहयोगमा इफिड्रिन र ड्रोफेड्रिन भारत तस्करी गर्दै आएका थिए । एसएसपी गणेश केसीका अनुसार तामाङ र वनले यसअघि समेत दर्जनौंपटक इफिड्रिन र ड्रोफेड्रिन काँकडभिट्टासम्म पु¥याएको प्रमाण ब्युरोले फेला पारेको छ । सामान्य आर्थिक अवस्था भएका तामाङ र वन अहिले करोडौंका मालिक भएको ब्युरोको अनुसन्धानमा देखिएको छ । 
‘यति ठूलो परिमाणमा नेपाल भित्रिने इफिड्रिन र ड्रोफेड्रिन बर्मा भएर थाइल्यान्ड जाने र त्यहाँ यसलाई लागुऔषध बनाउने काम हुने गरेको रहेछ, थप केही औषधि उत्पादकसमेत अनुसन्धानको घेरामा छन,’ एसएसपी केसीले पत्रकार सम्मेलनमा भनेका थिए । जनप्रहार साप्ताहिकमा खबर छ। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: