
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा सपथ खाइरहँदा उनले लगाएको पोसाकबारे निकै ठूला बहसहरु भैरहेका छन् । प्रधानमन्त्री दाहालले प्रधानमन्त्री जस्तो पदमा सपथ खाँदा र अन्य औपचारिक–अनौपचारिक कार्यक्रममा जाँदा किन राष्ट्रिय पोसाक लगाएनन र लगाउँदैनन् ?
त्यसो त गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा समेत प्रचण्डले दौरा–सुरुवाल र टोपी लगाएनन् । त्यसबेलामा पनि यो विषयमा ब्यापक बहस भएको थियो । नेपालका अन्य प्रधानमन्त्रीहरुले भने दौरा, सुरुवाल र टोपीलाई आफ्नो नेपाली पहिचान भन्दै लगाउँदै आएका छन् ।
श्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले आफ्नो स्वबिबेकले भन्दा पनि प्रचण्ड नेपालको पूरानो राजनीतिक संस्कार र त्यसको प्रभावसँग दौरा सुरुवाललाई जोडेर हेर्छन् । यसमा उनको वामपन्थी दृष्टिकोण जोडिएको समेत धेरैको अनुमान छ । त्यसकारण पनि प्रचण्डले दौरा–सुरुवाल र टोपीको साटो अन्य अनौपचारिक पोसाकलाई रोजेका हुन् ।
वास्तवमा दौरा सुरुवाल र टोपीलाई केही वर्षअघि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भए लगत्तै प्रचण्डले त्यसलाई महेन्द्रवादी नीति भन्दै लगाउन अस्वीकार गरेका थिए । उनको सो कदमलाई मधेसवादी दलहरुले समेत साथ दिएका थिए ।
त्यसको लगत्तै तत्कालीन सरकारले लवेदा, सुरुवाल, कोट र चोलो-सारीलाई नेपाली पोसाकु को मान्यता दिएको थियो । त्यसमा दौरा सुरुवाल र टोपी भनेर किटान गरिएको थिएन । उक्त सरकारले लोकतन्त्र आएपछि पहिलो पटक नेपाली पोसाक तोकिएको थियो ।
लोकतन्त्रअघि पुरुषलाई दौरा, सुरुवाल, कोट र टोपी, महिलालाई चौबन्दी चोलो र फरिया ुराष्ट्रिय पोसाकु थियो। नेपाल राजपत्रमा राष्ट्रिय पोसाकु नभनी नेपाली पोसाकु नाम दिइएको छ।
नेपाली पोसाक भन्नाले नेपाली नागरिकले साविकमा लगाउँदै आइरहेको महिलाका निमित्त जुनसुकै शैलीको चोलो, सारी र जुत्तासहितको पोसाक र पुरुषका निमित्त लवेदा, सुरुवाल, कोट र टोपीसहितको पोसाक सम्झनुपर्छ, राजपत्रमा भनिएको छ।
यसकारण लगाएनन प्रचण्डले दौरा, सुरुवाल
त्यसबेला तत्कालीन एकीकृत माओवादी, मधेसवादी र जनजातिले नेपाली भाषा र दौरा सुरुवाललाई महेन्द्रवादी एउटै भाषा, एकै भेषु को नीति भनी विरोध गरेपछि सरकारले राष्ट्रिय पोसाक तोकेको थिएन।
पहिलो प्रधामनन्त्री हुँदा नै प्रधानमन्त्रीको सपथग्रहणमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्ट, प्यान्ट, टाई र कालो टोपी लगाएका थिए । महेन्द्रवादी विचारबाट निर्देशित पोसाक भएकोले नै प्रचण्डले दौरा–सुरुवाल र टोपी नलगाएको स्पष्ट हुन्छ । त्यसपछि मन्त्रालयका सचिव, सहसचिवले समेत दौरा(सुरुवाल छाडेका थिए ।
नेपाली पोसाकमा भादगाउँले कालो टोपीलाई समेटिएको छ। ग्रेरकालो कोटसहितको औपचारिक पोसाकमा साविकबमोजिम नै चोलो, सारीर लवेदा, सुरुवाल (सेतो) र टोपी (भादगाउँले) कालो रंगको हुनेछ, राजपत्रमा छ। औपचारिक नेपाली पोसाकमा छालाको कालो जुत्ता समेत तोकिएको छ।
संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार दौरा(सुरुवाल र चोलो(फरिया ६ सय वर्षअघिको मल्लकालभन्दा पुरानो पोसाक हो। प्रविधि नभएकाले त्यसबेलाको फोटो त पाइँदैनु, जोशी भन्ने गर्छन्, पाटनको बालकुमारी, चाँगुनारायण, पशुपतिनाथ र गुहेश्वरी, तीनधारा पाठशालाको शिव मन्दिरमा रहेका ढुंगाको मूर्तिमा दौरा-सुरुवालै लगाएको देखिन्छ। मल्लकालीन डिजाइन अहिलेभन्दा फरक रहेको जोशी बताउँछन् ।
राजपत्रमा निजामती, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पदाधिकारीका लागि औपचारिक समारोहमा सहभागी हुन छुट्टाछुट्टै पोसाक तोकिएको छ।
राष्ट्रपतिलाई मानपदवी दिने समारोहमा सहभागी हुन निजामती कर्मचारीलाई आआफ्नो पद अनुसार ग्रेरकालोकोटको औपचारिक पोसाकमा पट्टासहित मानपद्वी सबै र अलंकार पदकहरूु सहित उपस्थित हुन तोकिएको छ।
सेना, प्रहरीका व्यक्तिहरूले ट्युनिक, एक्युलेट, ग्याठ बुट, मानपद्वी २, अलंकार र पदकु पहिरिनुपर्नेछ, परेडमा भाग लिनेले भने खड्गसहित सहभागी हुनुपर्नेछ।
राष्ट्रपतिबाट संसद् अधिवेशनलाई संबोधन हुने, प्रधानमन्त्रीलाई मानपदवी प्रदान हुने, विदेशी राष्ट्रका विशिष्ट व्यक्तिलाई मानपद्वी प्रदान हुने, अन्य विभुषण सुशोभन समारोह, प्रहरी र सशस्त्र प्रहरी दिवश समारोहमा सहभागी हुन निजामति कर्मचारीले ग्रे कोट र कालो कोटसहितको औपचारिक पोशाकमा पट्टासहित मानपद्वी र अलंकार पदकहरूु लगाउने नियम बनाइएको छ ।
सेना, प्रहरीका व्यक्तिहरूले ट्युनिक, एक्युलेट, ग्याठ बुट, मानपद्वी २, अलंकार र पदकु पनि पहिरिनुपर्नेछ, परेडमा भाग लिनेले भने खड्गसहित सहभागी हुने नियम छ । राष्ट्रपति सहभागी हुने इन्द्रजात्रा समारोहमा पनि उक्त विभुषण र पोशाक लगाउनुपर्नेछ ।
संसद्को रात्रीभोज, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आयोजित रात्रीभोजमा सहभागी हुन निजामती कर्मचारीले कालोकोटसहितको औपचारिक पोशाकमा स्वल्पकारहरू तोकिएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीले कालोकोटसहितको औपचारिक पोशकमा ट्युनिकरसेरोमोनियल एक्युलेट, ग्याठबुट र तारिका लगाउन तोकिएको छ।
लोकतन्त्र, गणतन्त्र, प्रजातन्त्र र सहिद दिवस समारोहमा निजामती कर्मचारीले ग्रेरकालोकोटसहितको औपचारिक पोसाकमा तारिका लगाउनुपर्ने छ। सेना र प्रहरीले उक्त पोशाकमा ट्युनिक, एक्युलेट, रिबन, ग्याठबुट पनि लगाउनुपर्ने नेपाल सरकारको नियम छ ।
- काठमाडौँ टुडे