×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साहस र युनिभर्सल पावरको सेयर बिक्री प्रकरण : झूट बोल्दै लगानीकर्ता ठग्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

साहस र युनिभर्सल पावरको सेयर बिक्री प्रकरण : झूट बोल्दै लगानीकर्ता ठग्दै

Artha Sarokar

२३ श्रावण २०७३, आईतवार

पढ्न लाग्ने समय: ८ मिनेटभन्दा कम

  • शेयर बजार साप्ताहिकबाट 

साहस उर्जा लिमिटेड र युनिभर्सल पावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर निष्काशन गरेको भन्दै करोडौं रकम उठाएर अपचलन गरेको विषयमा समाचार पकाशित गरेपछि उनीहरू अत्तालिएर विभिन्न शक्तिकेन्द्रहरू मार्फत समाचार रोकाउन रोकाउन दौडधूप गरिरहेका छन् ।
करिब ३ सातासम्म विभिन्न धम्की, प्रलोभन र आश्वासन तथा बिभिन्न व्यक्तिमार्फत् भन्न लगाएर समाचार रोकाउन नसकेपछि उनीहरू सफेद झूट बोल्दै विभिन्न पत्रिकामा प्रेस बिज्ञप्ति प्रकाशित गराएका छन् । 
दुबै कम्पनीले प्रकाशित गरेको ‘स्पष्टीकरण प्रेस विज्ञप्ति’लाई गहिरिएर अध्ययन गदा र्न उनीहरूकै ठगीभन्दाको पर्दाफास हन्छ । कुनैबेला युनिटी लगायतका कम्पनीलाई  पनि साहस र र युनिभर्सल पावरजस्तै देश बनाउन आएको कम्पनी भनिने  गरिएका  थियो  । कालान्तरमा ती कम्पनील पनि जनतासँग करोडौं क्रम उठाएर भागे । युनिटीले त करिब ३ अर्व रकम उठाएको देखियो ।
 अहिले साहस र युनिभर्सल पावरले जलविद्युत्का नाममा रकम उठाइरहेका छन् । भोली अन्य कम्पनी आउँछन र सर्वसाधारणको रकम डुबाएर जानेछन् । साहस उज्राले सर्वसाधारणबाट  करिब १ अर्ब २० करोडभन्दा बढी रकम उठाएको छ । तर, उसले प्रेस विज्ञप्तिमा ६६ करोड ६० लाख रुपैयाँ बराबरको मात्र सेयरधनीहरूको नाम कम्पनी रजिष्ट्रारको कार्यालयमा पठाएका उल्लेख  गरेको छ । यसै हिसाबले पनि उसले अन्य ६० करोड हाराहारी रकमको अपचलन गरेको प्रष्ट हुन्छ ।
समाचारको खण्डनका लागि ठूलै रकम खर्च गरेर प्रेस विज्ञप्ति प्रकाशित गरे पनि उसले साहस उर्जाको शेयर वापत सर्वसाधारणसंग कति पैसा   उठाएको र कति रकम कहाँ खर्च गरेको भन्ने कुनै उल्लेख गरेको छैन । साहस बचत तथाऋण सहकारीमाफर्त गरिएको करोडौंको लगानी  विषयमा पनि केही बोलिएको छैन । मेगा बैंकका अध्यक्ष समेत रहेका भोज बहादुर  शाह र हिमप्रसाद पाठकबीच साहस ऊर्जाको नाममा उठको  रकमको  हिसाबका बिषयमा ठुलो विवाद भएको छ ।
 कसले बढी खाने भन्नेमा विवाद भएपछि उनीहरूबीच बोलचालसमेत बन्द भएका कम्पनी स्रोतको दाबी छ । साहसमा हिमप्रसाद पाठक कार्यकारी अध्यक्ष छन् । उनी साहस बचत तथा ऋण सहकारीका पनि अध्यक्ष
हुन् । धादिङ घर भएका पाठक राजेन्द्र पाण्डेका नजिकका व्यक्ति हुन् । उनले साहसकै नाममा खोलेको अर्को कम्पनी साहस हाइड्रोपावरमा एमाले नेता राजेन्द्र पाण्डेलाई सल्लाहकार राखेका छन् । 
एमाले नेता पाण्डे संलग्न मनमोहन मेमोरियल मेडिकल कलेजमा सर्वसाधारणको करोडौं रुपैयाँ डुबेको छ । साहस ऊर्जामा त्योभन्दा ठूलो ठगीभन्दा चलेको छ । जहाँ हजारौं जनालाई एउटा आयोजनाको नाममा सेयर बेचेको भन्दै अर्बौ रकम उठाएर अर्कै कम्पनीको कागजात दिइएको र सो रकम केही व्यक्तिले मनोमानीरुपमा चलाइरहेका छन् । साहस ऊर्जाले सर्बसाधारणबाट रकम उठाएर अझै ढाँटिरहेको छ । उसले हाइड्रो भेञ्चरको लाइसेन्स भएको दूधकोशी सोलु हाइड्रोलाई आफ्नो कम्पनी भनिरहेको छ भने दुबै कम्पनीलाई मर्ज गराउन लागेको झूट पनि बोलेको छ । 
यी दुई कम्पनी कानुनीरुपमा मर्ज (एकीकरण) गर्न सम्भव छैन । एउटा इन्भेष्टमेन्ट कम्पनी हो भने अर्को जलविद्युत् निर्माण कम्पनी हो । उद्देश्य नै फरक भएको कम्पनी मर्ज हुन सक्दैन । कम्पनी मर्जको सफेद झूट नेपालमा बीमा कम्पनी र बैंक मर्ज गर्छुब भनेर कसैले भन्यो भने त्योभन्दा ठूलो मूर्खता क हे न्छ ? त्यसमाथि पब्लिक कम्पनी र प्राइभेट कम्पनीबीच मर्ज गर्ने भनेर भ्रम छरिएको छ । साहस उर्जाले ‘हाइड्रो भेञ्चर कम्पनी’ किनेको हन हाइड्रो र भे ञ्चर कम्पनीको  सेयरमात्र किनेको हो । कम्पनी किन्नु र सेयर किन्नु फरक कुरा हा । कसैले बैंकको शेयर किन्दैमा बैंक नै हुन्छ र ? सञ्चय कोष, नागरिक लगानी कोष र बिभिन्न इन्भेष्टमेन्ट कम्पनीहरू जसले पनि सेयर किन्न सक्छ ।
साहस उर्जाले प्रकाशित गरेको बिज्ञप्तिमा कम्पनी प्रा.लि. दर्ता भएको र त्यसपछि पब्लिक कम्पनीमा परिणत गरिएको उल्लेख छ । सर्वसाधारणसँग रकम उठाउनको लागि नै प्राइभेट कम्पनीलाई पब्लिक बनाएर सेयर निष्काशन गरेको भन्दै रकम उठाउन सुरु गरिएको थियो । कम्पनीले कति सेयरधनी छन्, कति रकम उठाइयो, सो रकम कहाँ छ र कसरी कसले खर्च गर्दैछ भन्ने विषयमा केही बोलेको छैन ।
उसल जलविद्युत आयोजनाको लाइसेन्स नाबएको  कम्पनी हाइड्रो भेञ्चरको शतप्रतिशत सेयर खरिद गरेको भनिए पनि कति रकममा खरिद गरेको र त्यसको सम्पत्ति तथा ऋण र दायित्व कति छ भन्नेसमेत खुलाएको छैन । पब्लिकसँग साहस उर्जाका  नाममा रकम उठाउने हाइड्रो भेन्चरमार्फत जथाभावी खर्च गरी साहसलाई दायित्व बोकाउने काम भैरहेको छ ।
कानुनको रित पुर्‍याएर दर्ता भएको नाफा नकमाउन कम्पनीले बाहेक अन्य  सबै कम्पनीले  कानुनले वर्जित नगरेको जुनसुकै क्षेत्रमा पनि लगानी गरेर नाफा कमाउन सक्छ । साहस एउटा इन्भेष्टमेन्ट कम्पनी हो । यसले सोलु (दुधकोशी) मात्र होइन  तामाकोशीजस्ता जुन हाइड्रोपावर कम्पनीमा पनि लगानी गर्न सक्छ । अर्को कम्पनीको सम्पूर्ण सेयर किन्न र त्यसलाई बेच्नसमेत सक्छ । तर, अर्को कम्पनीको सेयर किन्नु भनेको कम्पनीले सम्पत्ति जोड्नु हो भने बेच्नु सम्पत्ति बिक्री हो । कुनै पनि कम्पनीलाई सम्पत्ति प्राप्त गर्न र सम्पत्ति बिक्री गर्न कुनै बन्देज छैन । 
आफूले सयर  किनेको कम्पनीमा आफ्नो शेयरको हिस्सा अनुसार सञ्चालक पठाउने अधिकार समेत छ । तर, सञ्चालक पठाइएको कम्पनीको व्यवस्थापनमा हस्तक्षप गर्ने अधिकार भन्ने हुन्न । यसर्थ, कुनै अर्को कम्पनीको सेयर किन्दैमा कम्पनी नै किनेको वा कम्पनीसँग रहेको अन्य अधिकार किनेको भन्ने कानुनीरुपमा हुँदैन । आफूले सेयर किनेको अर्को कम्पनीको नाम देखाएर जनतालाई झुक्याउन पाइँदैन ।
यसरी ठगियो लगानीकर्ता एक सेयरधनीको भनाईअनुसार साहस ऊर्जाले उठाएको एक अर्ब २० करोड रुपैयाँ
कम्पनीको बैंक खातामा छैन । झन्डै एक अबैभन्दा बढी रकम हाइड्रो भेञ्चरको नाममा खर्च भएको भन्दै बाँडेर खाइसकेको अवस्था छ । अहिल कम्पनीको खातामा केहि लाख बाहेक अरू रकम नरहेको बताइएको छ । अरू रकम कहाँ गयो ? भन्ने विषयमा सञ्चालकहरू केही बोल्न चाहँदैनन् । 
उनीहरूले खर्च गर्ने जति सबै रकम हाइड्रो र भेन्चरका नाममा गरिएको छ । किनभने हाइड्रो भेञ्चरले गरेको खर्चमा साहसका सेयरधनीहरूले कुनै प्रश्न उठाउन पाउँदैनन् । यता, परियोजनाको सेयर बेचेको भन्दै रकम भने साहस ऊर्जाको नाममा उठाइएको छ । रकम हाल्नेहरूलाई साहस ऊर्जाको सेयरधनी प्रमाणपत्र दिइएको छ र उनीहरू साहसकै सेयरधनी हुन् । साहसको सेयरधनीले हाइड्रो भेञ्चरले गरेको काम र खर्चको बिषयमा प्रश्न उठाउने र हेर्ने कुनै अधिकार रहँदैन । यसर्थ चलाखीपूर्ण ढंगले सर्वसाधारणलाई ठगिएको छ । 
यदि उनीहरूले हाइड्रो भेञ्चर कम्पनी नै सुटुक्क बेचिदिए भने पनि अहिले रकम हाल्ने साहसका सेयरधनीहरूले कुनै आवज उठाउन पाउँदैनन् । उनीहरूले रकम हालेको त साहस ऊर्जाको सेयरमा हो । साहस ऊर्जा त ज्यूँदै रहन्छ र एउटा इन्भष्टमेन्ट कम्पनीसरह मात्र हुन्छ । सुरुमा साहसले हाइड्रो भेञ्चरको ८६ प्रतिशत सेयर लिएकोमा पछि बाँकी रहेको १४ प्रतिशत सेयर पनि किनेपछि शतप्रतिशत स्वामित्व भएको हो । पहिले सबै रकम तिरेर ८४ प्रतिशतमात्र सेयर स्वामित्व लिएको थियो । 
बाँकी १४ प्रतिशत पुराना पवद्ध्र कहरूलाइर्  कमिशनवापत सित्तैमा दिइएको  हो । तर, उनीहरूबीच विवाद भएपछि बाँकी रकम तिरेर सबै सेयर किनेको हो । विज्ञप्तिमा साहस ऊर्जाको अहिलेको जारी र चुक्ता पुँजी कति हो भन्नेसमेत खुलाइएको छैन । यसले हजारौं आम–लगानीकर्तासँग अर्बभन्दा बढी रकम उठाएको पब्लिक कम्पनीको पारदर्शिता र जवाफदेहिता कस्तो छ भन्ने प्रस्ट हुन्छ । फटाहाले आफ्नो झूट लुकाउन अन्य धेरै झूट बोलेजस्तै साहसले कम्पनीको कुनै तथ्यांक पेश नगरी दर्ता गरेको र लाइसेन्स लिएको कुरामात्र बोलेको छ । 
जबकी उसले व्यालेन्स सिटसमेत वेबसाइटमा राखेको छैन । जतिसकु पै ष्टिकरण दिएर लगानीकर्तालाइ गुमराहमा पार्न खोजे पनि साहसका मूल संस्थापक को–को हुन् ? तिनले कति रकम सेयरवापत चुक्ता गरे ? भनेर कतै भेटिएन ।
हजारौं सर्वसाधारणसंग  ग रकम उठाएका  पब्लिक कम्पनीले सबै विवरण सार्वजनिक गर्नुपर्छ । नियमितरुपमा वित्तीय विवरण पनि प्रकाशित गर्नुपर्ने नियम छ । यसबाहेक हाइड्रो भेञ्चरको अहिलेको
जारी पुँजी कति हो र साहसले कति हालेको छ भन्ने पनि प्रस्ट छैन । 
आयोजना बन्न लागेको कुरामा कोही कसैलाई आपत्ति छैन । इन्भेष्टमेन्ट बैंकलगायतले सो आयोजनामा लगानी गर्ने भनिएको छ । तर, बैंकले भेञ्चर हाइड्रोमा लगानी गर्ने हो, साहसमा हैन । यसर्थ, जलविद्युत् आयोजनामा लगानी गरेको भन्दै साहसको सेयर किनकाहरू मख्ख पर्नु राम्रो हैन ।
आफ्नो नाममा नै नभएको आयोजनालाई मलै बनाउन लागेको भन्दै गैर कानुनी रुपमा  सेयर निष्काशन भनेर पैसा उठाउने कार्य सरासर ठगी हो । साहसको वेबसाईटमा सोलु आयोजनाको अनुमतिपत्र आफूसँगै भएझैँ गरि झकिझकाउ पाराले चित्रित गर्नुको अर्थ उनीहरूले भ्रम छरेर बढीभन्दा बढी रकम उठाउने र आफू खाने दाउ गरेका हुन् । किनभने उनीहरूले साहस एउटा इन्भेष्टमेन्ट कम्पनी भएको र आयोजनाको लाइसेन्स आफूसँग नभएको विषयमा कुनै कुरा उल्लेख गरेको छैन ।
विज्ञप्तिमा साहस ऊर्जा र हाइड्रो भेञ्चर एकीकरण गर्न लागिएको भनिएको छ । यो सबभन्दा ठूलो झूट हो । एकीकरण भनेको के हो ? एकीकरण भनेर मर्जलाई संकेत गरिएको हो भने आफ्नै सहायक कम्पनीसँग कसरी मर्ज हुनसक्छ ? त्यसो हो भने ग्लोबल आईएमई बैंक र ग्लोबल आईएमई क्यापिटल मज र्ह नसक्छ त ? यसरी मर्जर हुनु सरासर लगानीकर्ता झुक्याउने कार्य बद्नियत नै हो ।
आफ्नो सहायक कम्पनी आफ्नै सम्पत्ति हो भन किन मर्जर हुनुपर्यो  ? विज्ञप्तिमा एउटा झुट लुकाउनको लागि अर्को झूट बोलिएको हो । 
रकम तिरेर सबै सेयर किनेको हो । विज्ञप्तिमा साहस ऊर्जाको अहिलेको जारी र चुक्ता पुँजी कति हो भन्नेसमेत खुलाइएको छैन । यसले हजारौं आम–लगानीकर्तासँग अर्बभन्दा बढी रकम उठाएको पब्लिक कम्पनीको पारदर्शिता र जवाफदेहिता कस्तो छ भन्ने प्रस्ट हुन्छ । फटाहाले आफ्नो झूट लुकाउन अन्य धेरै झूट बोलेजस्तै साहसले कम्पनीको कुनै तथ्यांक पेश नगरी दर्ता गरेको र लाइसेन्स लिएको कुरामात्र बोलेको छ ।
कोको छन ?
जम्मा–जम्मी बिए पास गरेको भनिएका हिमप्रसाद पाठक वो साहस उर्जाका कार्यकारी अध्यक्ष हुन । उनी नै हाइड्रो भेन्चरको एमडि हुन । यसबाहेक उनी रुरु जलबिद्युतर हुग्दी खो ला हाइड्रोपावरको पनि अध्यक्ष छन् । ति सबै आयोजनाको लाइसेन्स लिएर यस्तै ठगि गर्ने हतियार बनेका छन् । साहस ऊर्जाका अन्य सञ्चालकहरुमा भो जबहादर शाह, जिज्ञाशा सुबेदी, मिनराज कंडेल , पारितोष पौडेल  मुक्तिराम पाण्डर महेन्द्र कुमार 
गिरी छन । आयोजनाको मुख्य लाइसेन्स रहेको  हाइड्रो भेन्चरमा भने मिनराज कँडेल अध्यक्ष छन् । यसअघि डा. दुमन थापा, कृष्ण आचार्य र भोजबहादुर शाहको कम्पनी हो । उनीहरुले यसअघि यही आयाजनाको  लाइसेन्स ज्योती विकास बैंकलाई बिक्री गर्न खोजेका थिए । सो खरिद बिक्रीका लागि एमओयू समेत भैसके को थियो । सेयर बजार साप्ताहिकले सो बारे समाचार लेखेपछी राष्ट्र बैंकले हस्तक्षेप गरेर कारोवार हुन दिएन । साहस उजा लिमिटर्  ड नामक एउटा कम्पनी छ भन अर्को हाइड्रो पावर कम्पनी पनि छन । 
यसबाहक अन्य थप  कम्पनी एउटै समूह भित्र बनाइएको छ  । यी सबै कम्पनीका नाममा लगानीकता झुक्ल्याउने काम भएको छ । मेगा बैंकमा पहिले सञ्चालक रहेका मुक्तिराम पाण्डेले अहिले आफ्ना भाई सिएन पाण्डेलाई बैंकको सञ्चालक बनाएका छन् । उनी ठमेलमा सम्राट ट्राभल्स र चितवनमा ल्उाण्डमार्क हाटल चलाउनेछन्  । उनलाइ एमाले  सरकारले नेपाल बायूसेवा निगमको सन्चालक बनाए पनि उनी कहीअघिसम्म सरकारी शिक्षक थिए । धेरैजसो प्याब्सनका व्यक्ति छन् । पाठक आफै  प्याब्सनका अध्यक्ष रहिसकेका भोजबहादुर शाह मुख्य लगानीकर्ता हुन् । महेन्द्र गिरी झापामा सहारा सहकारी चलाउने व्यक्ति हुन । जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष रहेका उनी पनि एमाले कार्यकर्ता हुन् । 
खनालद्वय पनि ?
साहस उर्जा कम्पनीका सल्लाहकारका रुपमा अर्थशास्त्री तथा पूर्व सांसद डा. डिल्लीर ाज खनाल र पूर्वसचिब रामेश्वर खनाल र राखिएका छन् कम्पनीको वेबसाईटमा सबैभन्दा माथि उनीहरुको नाम र फोटो छ । कुनै पनि कम्पनीमा सल्लाहकार भूमिका हुँदैन र यस्ता निजी कम्पनीमा सल्लाहकार राखिन्न । 
तर, जनतासग रकम उठाउन राष्ट्रिय व्यक्तित्वको फोटो राखिएको प्रष्ट हुन्छ । जलबिद्यतमा चासो राख्ने कानुन व्यवसायी तथा लगानी बिज्ञ ज्योती दहालका अनुसार यस्ता कम्पनीहरुले आईपिओका नाममा कति रकम उठाए र कति ठगि गरे भन्ने कसैलाई थाहा छैन ।
 विदेशमा समेत रकम उठाइएकाले  यसमा ठुलो ठगि भएको अनुमान छ । उनी भन्छन, ‘२०५१ सालतिर नेटवर्क मार्केट खुब फस्टाएको थियो । यसमा लागेपछि बसी बसी घरमा पैसाको पाइपलाइन नै आउँछ भन्थे  । पछिल्लोपल्ट ययुनिटी काण्ड पनि यस्तै हो।  । अहिले यस्तै त हैन तर छिट्टै नै धनी बनाउने भन्द जलविद्यत कम्पनीमा संस्थापाक शेयर हाले र सेयर बेचेर मालामाल बन भनेर खुब प्रचार हुँदैछ । र, धेरैले आँखा चिम्लेर पाटो पाठो बेचेर धमाधम पैसा बुझाईरहेका छन् । 
जलविद्युत् सर्वेक्षण गर्ने अनुमतिसम्म नभएका विशुद्ध लगानी (इन्भेस्टमेन्ट) कम्पनीमा समेत भ्रमपूर्ण  प्रचारकै भरमा लाइन बसेर पैसा बुझाएको दे खियो । यसबारे धितोपत्र बोर्ड र सिआईबीले
अनुसनधान गरी कारवाही गर्नुपर्छ ।’
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी