×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ठग–तस्कर जोगाउँदै प्रहरी र वकिल, अमेरिकी अध्यागमनलाई चुनौती !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ठग–तस्कर जोगाउँदै प्रहरी र वकिल, अमेरिकी अध्यागमनलाई चुनौती !

Artha Sarokar

१८ श्रावण २०७३, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । महानगरीय प्रहरी र सरकारी वकिलले सयुंक्त अनुसन्धान गरेका अधिकांश मुद्दामा आर्थिक चलखेल हुन थालेपछि ठग र तस्करले उन्मुक्ति पाउन थालेका छन्  । कमजोर कमाण्ड र घूस काण्डले दुई प्रहरी नै निलम्बित भएको एक साता नबित्तै  काठमाडौं प्रहरी परिसरले अनुसन्धान गरेको दुईवटा मुद्दाले यतिखेर चर्चा पाएको छ । 
बहुरूपी प्रतिभाका ठग सनिश मिश्र जो २ लाख धरौटीमा छुट्नु र अर्को नौ जना बालबालिका अमेरिकामा तस्करी गरेको आरोपमा पक्राउ परेकी रजनी श्रेष्ठ विरुद्धको अभियोग अदालतमा दर्तै नहुनुले प्रहरी र सरकारी वकिल विवादमा छन् । 
सेनाका उच्च अधिकारी, डाक्टर, एजुकेसन कन्सलटेन्सिका सञ्चालक, एनजिओका विभिन्न व्यक्तिलाई आकर्षक ब्याजको प्रलोभन देखाइ झन्डै ८० करोड ठगेको अभियोगमा ओमकार ग्रुप अफ कम्पनीका सञ्चालक सनिश मिश्रलाई महानगरीय प्रहरी परिसर टेकुले पक्राउ गरी अनुसन्धान थालेको थियो । एउटै घरका तीन जना व्यक्तिलाई बिक्री गरेको प्रमाण र ५० भन्दा बढीको ठगीको उजुरी आएपछि मिश्रलाई परिसरले पक्राउ गरी अनुसन्धान गरेको थियो । तर, उनी गत साता काठमाडौं जिल्ला अदालतबाट दुई लाख रुपैयाँ धरौटीमा छुटेपछि परिसरका दुई डिएसपीको नियत माथि प्रश्न चिह्न खडा भएको छ ।  
ठगीका नटवरलाल मिश्र र बालबालिका तस्करीमा मुछिएकी रजनी श्रेष्ठको अनुसन्धानका लागि मुद्दाका डिएसपी रविन्द्र रेग्मी र अर्का डिएसपी शिद्धिविक्रम शाहलाई एसएसपी विक्रमसिंह थापाले खटाएका थिए । स्रोतका अनुसार मिश्र विरुद्धको उजुरी नै मिसिलबाट गायब गरी डिएसपीद्वयले सरकारी वकिल मार्फत अदालतमा मुद्दा चलाएपछि ८० करोडभन्दा बढी ठगीमा मुछिएका मिश्र जम्मा दुई लाख धरौटीमा छुट्न सफल भएका थिए । मिश्रलाई समात्दा ठूलो माछा प्रमाणसहित पक्राउ परेको भन्दै एसएसपी थापाले विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता नै दिएका थिए । 
त्यसैगरी, समर स्कुलका लागि भनेर अमेरिका पु¥याइएका ९ बालबालिका न्युयोर्क विमानस्थलबाट भगाएपछि फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले सारा लिंक इन्टरनेसनल कन्सलटेन्सीकी रजनीलाई नियन्त्रणमा लिएको थियो । अमेरिकी अध्यागमनले नेपालको अध्यागमन विभागलाई पत्राचार गर्दै रजनीमाथि अनुसन्धान गर्न पत्राचार गरेपछि अध्यागमनले काठमाडौं परिसरलाई जिम्मा लगाएको थियो । विमानस्थलको रेकर्डअनुसार २४ जुनमा रजनी श्रेष्ठ १२ बालबालिकाको साथमा न्युयोर्कका लागि उडेकी थिइन् । तर, फर्किंदा उनको साथमा ३ बालबालिका मात्र थिए । 
रजनीलाई परिसरले पक्राउ गरेपछि एसएसपी थापाले भनेका थिए, ‘श्रेष्ठविरुद्ध थप प्रमाण जुटाउन हिरासतमा लिनुपरेको हो, घटनाका विषयमा थप प्रमाण र आधार भेटिएका छन्, कानुनअनुसार अनुसन्धान गरी कारबाही गर्छौं ।’ तर, दुर्भाग्यपूर्ण कुरा परिसरकै डिएसपीहरू र सरकारी वकिल कार्यालयको मिलेमतोमा मुद्दा नै नचलाई रजनी आइतबार नै छुटेकी छन् । यो घटनापछि एसएसपी थापाले नेपालको अध्यागमनलाई के जवाफ पठाउँछन् र अमेरिकी अध्यागमनले त्यसलाई कसरी लिन्छ ? त्यो भने प्रतीक्षाकै विषय बनेको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा समान्य उजुरीकै आधारमा कतिपय अभियुक्तहरू अदालतको आदेश तथा फैसालाले जेलको बास भएको उदाहरणहरू सयौं छन् । तर ९ जना बालबालिका लाई अमेरीका पु¥याई बेपत्ता पार्ने रजनी श्रेष्ठ विरुद्धको अभियोग भने अदालतमै दर्ता नहुनु माथि गम्भीर प्रश्न खडा भएको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी