×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनिभर्सलको झूटो धन्दा !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

युनिभर्सलको झूटो धन्दा !

२३ श्रावण २०७३, आईतवार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

  • शेयर बाजार साप्ताहिकबाट 

काठमाडौं- शेयर बाजार साप्ताहिकले प्रकाशित गरेको समाचारका खण्डनका लागि सिइ डिबी हाइड्रो फण्डका   सहायक कम्पनी ‘युनिभर्सल पावर कम्पनी लिमिटेड’ले प्रकाशित गरेको प्रेस विज्ञप्ति पनि झूटको  लिन्दा
सावित भएको छ । 
११ मगावाटको खोरेखोला जलविद्युत आयोजनाको अनुमति पाएको युनिभर्सल पावर कम्पनीको रजिस्टर्ड कार्यालय कहाँ छ ? भन्नेसमेत विज्ञप्तिमा खुलाएको छैन । सिधैं त्रिपुरेश्वर काठमाडौंमात्र लेखिएको छ । उसको वेबसाईट आदीमा समेत यसबारे केही उल्लेख छैन र सम्पर्क नम्बरसमेत अर्कै कम्पनीको उपयोग गरिएको छ । यति ठूलो परियोजना चलाइरहेको कम्पनीको कार्यालय कसका झोलामा  वा खल्तीमा छ ? यसबारे अग्राधिकार सेयर भन्दै रकम बुझाउने लगानीकर्ताहरूले प्रश्न सोध्नुपर्ने भएको छ । सेयर बजार साप्ताहिकको कार्यालय र यसका सम्पादकलाई सयौंपटक फोन गरेर समाचार रोकाउन प्रयास गर्ने, विभिन्न व्यक्ति र शक्तिकेन्द्रहरूको पावर लगाउने सो कम्पनीका सञ्चालकहले सेयर निष्काशनका बिषयमा गरेको गैरकानुनी कामबारे छानबिन र कारबाही हुँदैछ । 
उनीहरूले अग्राधिकार सेयर भन्दै विभिन्न सहरमा कार्यक्रम गर्दै उठाएको रकम र त्यसको उपयोगबारे पनि अनुसन्धान हुँदैछ । विज्ञप्ति  अनुसार युनिभर्सल  पावरमा खारे इन्भेस्टमेन्ट लिमिटेडको ८८ प्रतिशत सेयर रहेको भनिएको छ । अनि बाकी १२ प्रतिशत सेयर खोई ? त्यो १२ प्रतिशत सेयर कमिशन दिनका लागि राखिएको प्रस्ट बुझिन्छ । केही सञ्चालकहरूले कमिशनवापत आफ्नो नाममा बनाएका हुन् । उता युनिभर्सल पावर नै सिईडिबी हाइडो फण्डको सहायक कम्पनी भनिएको छ, तर कसरी त्यसमा खारे इन्भेष्टमेन्टको सेयर आयो ?
उता, खारे इन्भेष्टमेन्टमा सिईडिबी हाइड्रो फण्ड लिमिटेडको शतप्रतिशत सेयर रहेको भनिएको छ । तर, जनतालाई कन्भर्टिबल प्रिफरेन्स (परिवर्तित अग्राधिकार) सयर भन्दै बेचिएको युनिभर्सल पावरको शेयर  हा । यसमा अन्य निजी इन्भेष्टमेन्ट कम्पनीको  सेयर कसरी आयो । अझ जनतालाई झुक्याएर सेयर बेचिएको कम्पनी युनिभर्सल पावर हो । तर, युनिभर्सलको बारेमा सबै  जानकारी लुकाइएको छ ।
खासमा युनिभर्सल पावरलाई कसले प्रवद्र्धन गरेको भन्ने कुरा मुख्य प्रश्न नै हैन । युनिभर्सलको नाममा सेयर बेचिएको छ । त्यसका लागि कुनै सरकारी निकायबाट अनमति लिइएको छैन  । सबै शेयर बेच्दा  सिईडिबी हाइड्रो फण्डको सहायक कम्पनी भनिएको छ, तर युनिभर्सलमा सिईडिबीको कुनै सेयर लगानी छैन । 
बरु खारे इन्भेष्टमेन्टको लगानी  छ र खारेमा मात्र सिईडिबीको लगानी छ । यसरी दर्जनौ अफसोर कम्पनीहरू खोलेर घुमाउ“दो पारामा लगानी गर्ने अनि सर्वसाधारणलाई जलविद्युत् कम्पनीको सेयर भन्दै बेचेर करोडौं कुम्ल्याउने दाउ हो । आफ्नो सहायक कम्पनी भनेर प्रचार गरिएको युनिभर्सल पावरमा लगानी गर्नको लागि सिईडिबीले खारे इन्भेष्टमेन्ट खडा गर्नुमा ठग्ने नियत प्रस्ट देखिन्छ । यसअघि सार्वजनिक गरिएको ब्रोसर र आव्हानपत्र हेर्ने हो भने सिईडिबी हाइड्रोले यत्रतत्र झूटो विवरण्ँ दिएर रकम संकलन गरेको छ ।
विभिन्न अफसार कम्पनीहरूको संजाल  खडा गरेर लगानी घुमाउने र केही परिहाले एउटा कम्पनीको सेयर नामसारी गरि छटकारा पाईहाल्न दाऊ रचिएको छ  । यसअघि  एनसेलमा पनि यस्तै विभिन्न कम्पनीहरूको जञ्जाल खडा गरी विदेशमै कम्पनी किनबेच भएकामा मुद्दा चलिरहेको छ  । यदि राम्रो  नियत हो भने यस्ता कागजी कम्पनीमात्र खोल्ने र घुमाउरो लगानी आवश्यक हुन्न । 
सिईडिबी हाइड्रो फण्ड नै क्लिन इनर्जी डेभलोप्मेन्ट बैंकको  सहायक कम्पनी हो । क्लिन  इनर्जी बैंक अहिले अस्तित्वमाँ छीन  । एनएमबी बैंकबकमा गाभिएर अस्तित्वविहीन भइसकेको छ  ।  तैपनि सिईडिबी हाइड्रोले आफुलाई  क्लिन इनजी बैंककई  सहायक कम्पनी भन्ने र विभिन्न  कागजात र वेबसाइटमा लेखिरहेको छ । यो झन् ठूलोझूट  र बेइमानी हो । उता, क्लिन इनर्जी बैंकलाई गाभ्ने एनएमबी बैंकले सिईडिबी हाइड्रोमा केही रकम लगानी बा“की रहे पनि त्यो कम्पनी आफ्नो सहायक कम्पनी नभएको प्रस्ट पारिसकेको छ । 
एनएमबी बैंकका सिईओ उपेन्द्र पौडेलले सेयर बजारस“ग कुरा गर्दै सिईडिबी हाइड्रो फण्डबाट बैंकले लगानी  फिर्ता लिइसकेको र केही थोरै रकममात्र बा“की रहेको बताएका छन् । उनले सो कम्पनीको सञ्चालन र कारोवारमा बैंकको कुनै भूमिका नरहेको समेत प्रस्ट पारिसकेका छन् । तर, सिईडिबी हाइड्रोले भने एनएमबी बैंकमा कार्यरत नै नरहेकी वर्षा श्रेष्ठलाई आफ्नो सञ्चालक बनाएर बैंकको नाम बेचिरहेको छ । ‘सिईडिबी’ पूरा अर्थ नै क्लिन इनर्जी डेभलपमेन्ट बैंक हो । त्यो बैंक अहिले एनएमबी बैक बनेको छ । र एनएमबीले सिईडिबीस“ग आफ्नो संलग्नता अस्वीकार गरिसकेको अवस्थामा बैंकको नाम जोडेर शेयर बेचिरहनु ठगि हो  । 
जबकी बैंकको संलग्नता हटेपछि उसले कम्पनीको नाम नै फेर्नुपर्ने भए पनि फेरेको छैन ।स्मरण रहोस्, क्लिन इनर्जी बैंकको अर्को सहायक कम्पनी ‘क्लिन भिलज माइको फ़ाइनाइन्सलाइ  एनएमबी बैंकले सहायक कम्पनीको रुपमा स्वीकार गरेपछि लगत्तै नाम फेरेर ‘एनएमबी माइक्रोफाइनान्स’ बनाईसकेको छ । युनिभर्सल पावरले साहसले जस्तो आफ्नो लाइसेन्स नै नभएको आयोजनाको नाम बेचेर सेयर उठाएको हैन । उसँग आयोजनाको लाइसेन्स भने छ । तर, उसले परिपत्र विधिमार्फत् भन्दै परिवर्तित अग्राधिकार सेयर उठाएको छ । कुनै पनि कानुनले यस्तो कार्य गर्न अनुमति दि“दैन । धितोपत्र बोर्डले यो कार्य विलकुल गैरकानुनी भनिसकेको छ । 
अब यसमाथि प्रहरीको सिआइबीर्ल  छानवीन गरी ठगी मुद्धा चलाउन बाँकी छ । युनिभार्शल  र साहसले   एउटै तरिकाले  जनता ठग्न गरेका छन्  ।  उनीहरुले कोरिया,  मलसियासम्म पुगेर बैदेशिक रोजगारीमा गएका नपाली दाजुभाईसंग उठाएका छन्  । यो  झन गैर कानुनी हो   । उनीहरूले त्यसरी शेयर बेचेर रकम उठाएको प्रमाण हामीसंग सुरक्षित छ  । 
त्यसरी उठाइएका किन र त्यो  पैसा कहाँ गयो ?   कुन  च्यानलबाट नेपाल भित्र्याइयो ? यसरि नपाली कम्पनीका शेयर विदेशमा बसेर  जथाभावी पसा उठाउन पाइन्छ ? यसका लागि  काननी प्रावधान छन् ? ययसबारे युनिभर्सल  कनु जवाफ दिएका छैनौं।  अझ युनिभर्सल आयोजनालप  लगायतका  विषयमा नै झुट बोलेको छ । 
 उसले दक्षिण कोरियामा सेयर बेच्नका लागि बा“डेको प्रचार पूर्जामा आयोजनाको कुल लागत १ अर्ब ६७ करोडमात्र भनिएको छ । अझ १ अर्ब ८७ करोड त व्याजसहित कुल रकम भनिएको थियो । तर नेपालमा अहिले बा“डिएको ब्रोसरमा लागत नै ३० करोड बढी देखाइएको छ । आयोजना सुरु नहु“दै किन यसो गरियो ?
विदशमा शेयर बेचेको रकम नेपाल नभित्र्याएर पूँजी  पलायन गरेको विषयमा राष्टबैंक  र सिआइले उनिभार्सल पावरमाथि तत्काल  छानवीन गर्नु जरुरी छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: