×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्तुत लुकाउन बससेवा डटकमको झुटमाथि झुट ! सञ्चालकले बोले ‘मनपरी’

PRIME CA

कर्तुत लुकाउन बससेवा डटकमको झुटमाथि झुट ! सञ्चालकले बोले ‘मनपरी’

१८ भाद्र २०७३, शनिबार

पढ्न लाग्ने समय: < ८ मिनेट


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – बससेवा डटकम नामक अनलाइन संचालन गरेर नेपाल सरकार अन्तर्गतको यातायात व्यवस्था विभागले तोकेको भन्दा बढी शुल्क लिएर टिकेट काटी जनता ठग्ने गरेको दियालो टेक्नोलोजिजको कर्तुतबारे केहि समय अगाडी अर्थ सरोकार डटकमले समाचार प्रकाशन गरी त्यसनि निरन्तर फलोअप गरेपछि उक्त कम्पनीका सञ्चालक परशुराम खनाल मनपरी बोल्दै हिड्न थालेका छन् । आफ्नो कम्पनीको कर्तुत सार्वजनिक भएपछी उनले उनको समेत लगानी भएको भन्ने चर्चा चलेको एक अनलाइन समाचार पोर्टलमा अन्तरवार्ता दिंदै आफ्नो बचाउको प्रयास गरेका छन् । 
शुक्रबार एक समाचार पोर्टलमा छापिएको एक समाचारमा उनले कयौं झुट त बोलेका छन् नै, आफ्नो कर्तुत लुकाउन पत्रकारको मानहानीको प्रयास समेत गरेका छन् । हामीले उक्त समाचार पोर्टलका प्रधान सम्पादकलाइ समेत फोन गरेर परशुराम खनालको नम्बर मागेका थियौं तर उनले कुनै पनि प्रतिक्रिया दिएनन् । सामाजिक सञ्जाल फेसबुकमा पनि परशुराम खनाललाइ सम्पर्क गर्न खोज्यौं, तर पनि कुनै प्रतिक्रिया आएन ।   हेरौं के के झुट बोले त उनले :
झुट नम्बर १ : भाडादर नियमन गर्ने को ?
झुट : उनले उक्त समाचार पोर्टलमा अन्तर्वार्ता दिंदै बससेवा डटकमका संचालक परशुराम खनाललेहामी यातायात व्यवसायी होइन, हामी प्रविधि उपलब्ध गराउने र अनलाईन सेवा दिने संस्था हौँ । हामीले यातायात समितिले उपलब्ध गराएको रेट भन्दा एक पैसा पनि बढि लिएका छैनौ ।”न्ने उल्लेख गरेका छन् । उनले भाडादर यातायात व्यवसायीहरुले तोक्ने हो जसरी अभिव्यक्ति दिंदै जनता झुक्याउने प्रयास गएका छन् । 

यथार्थ : नेपालमा भाडादर नियमन गर्ने निकाय यातायात व्यवस्था विभाग हो । विभागले तोकेको शुल्कभन्दा बढी शुल्क लिएर बससेवा डटकमले जनता ठगीरहेको छ । हामीले यसबारे यायायात व्यवस्था विभागका सुचना अधिकृत बसन्त अधिकारीलाइ सोधेका थियौं । उनले यातायात व्यवस्था विभागले तोकेको शुल्क भन्दा एक रुपैयाँ पनि बढी लिन नपाउने स्पष्ट पारेका थिए । तर बससेवा डटकमले यातायात व्यवस्था विभागले तोकेको भन्दा बढी शुल्क लिइरहेको छ ।      

उदाहरणका लागि विभागले काठमाडौँ बाट नारायणगढ हुँदै हेटौंडा जाने गाडीको हाल कायम गरिएको भाडा ४१२ रुपैयाँ छ । कुल ४२० किलोमिटरको उक्त दुरीको साबिक कायम गरिएको भाडा ४२३ रुपैयाँ थियो । बससेवाले डिलक्स गाडीको सुबिधा यस रुटमा दिने गरेको छ । नियमअनुसार यातायात व्यवस्था विभागबाट डिलक्स गाडी चलाउने स्वीकृति लिएकाहरुले कायम गरिएको भाडाको कुल २० प्रतिशत भन्दा बढी लिन पाउँछन् । यसरी हेर्दा हेटौंडा जाने गाडीको भाडा ४१२ + २० % =४९४.४ अर्थात् बढीमा ४९४ रुपैयाँ ४ पैसा पर्छ । तर बससेवा डटकमले काठमाडौँदेखि हेटौंडा जाने बसको भाडा ७२५ रुपैंयाँदेखि ८१५ रुपैयाँसम्म तोकेको छ ।  

यसको प्रमाण हेर्नुहोस् :

झुट नम्बर २ :पत्रकारले थर्काएको कुरा 
झुट : उनले उक्त समाचार पोर्टलमा अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘रकम अुशल्न खोज्ने, रकम नपाए विज्ञापन माग्ने त्यो पनि नभए मनमा जे लाग्छ त्यहि लेख्ने गरिरहेको छ । सम्बिन्धित् व्यक्तिलाई सोध्दै नसोधी, जवाफ दिने कुनै मौका नै नदिइ निरन्तर फलोअप भन्दै हामीलाई तर्साउने  यो कस्तो पत्रकारिता हो?  उनले  अर्थ सरोकार डटकमले प्रकाशन गरेको समाचार बदनियत रुपमा आएको, रकम असुल्न खोजेको, विज्ञापन नपाएको झोकमा समाचार लेखेको र सम्बन्धित व्यक्तिलाइ सोध्दै नसोधी, जवाफ दिने मौका नै नदिइ निरन्तर फलोअपका नामा आफुलाई तर्साउने पगरेको उल्लेख गरेका छन् । जुन सरासर झुट हो । अर्थ अरोकार डटकम परशुराम खनाललाइ बससेवा डटकमका कसैलाई पनि थर्काएको, बिज्ञापन मागेको वा रकम अशुल्न खोजेको प्रमाण ल्याउन चुनाती दिन्छ ।
यथार्थ : जनतालाई ठगीरको बारे समाचार आएपछि उनले पोखेको आक्रोस हो यो । हामीले सम्बन्धित मान्छे बससेवा डटकममा सम्पर्क गरी को हो र हामीलाई समाचारमा उहाँको ‘कोट’ चाहिएको छ भनेका थियौं । हामीले गरेको कुराकानीको सम्पूर्ण प्रमाण हामीसँग सुरक्षित छ । हामीले समाचारबारे सोध्न बससेवा डटकममा रहेको फोन नम्बरमा सम्पर्क गरेका थियौं । फोन आफुलाई कपिल अर्याल बताउनेले उठाए । हामीले यातायात व्यवस्था विभागले तोकेको शुल्क भन्दा बढीमा बससेवा डटकमले टिकट बेचीरहेको छ नि ? यस विषयमा प्रतिक्रिया लिन खोजेका हौँ । मिडियासँग बोल्ने को हुनुहुन्छ ? भनेर सोधेका थियौं । जवाफमा उनले प्रमुख कार्यकारी अधिकृत बाहिर रहेको भन्दै आफु नै आधिकारिक व्यक्ति भएको भन्दै हामीलाई प्रतिक्रिया दिएका थिए, जुन हामीले यातायात व्यवस्था विभागको नियम मिचेर टिकट बेच्दैछ बस सेवा डटकम, विभाग भन्छ, ‘अनुगमन गरी कारवाही गर्छौं”  शिर्षकको समाचारमा के भन्छ बससेवा डटकम ? भन्ने सबटाइटल दिएर राखेका छौं ।  उनले हामीलाई लगाएको आरोप प्रमाणित गरेर देखाउन हामी चुनौती दिन्छौं ।  समाचारको फलोअपका लागि हामीले पुन: बससेवा डटकममा सम्पर्क गरेका थियौं । उक्त बेला तुलसी बोगटी नामका कर्मचारीले फोन उठाए र सरहरु बाहिर जानुभएको छ भन्ने जानकारी दिइन् ।  हामीले बससेवा डटकम बन्द हुने भन्ने हालला छ नि, केहि थाहा छ भनेर सोधेका थियौं । उनले जवाफमा आफु नयाँ कर्मचारी भएकाले त्यस्तो केहि थाहा नभएको र त्यस्तो हुनु नपर्ने जानकारी दिएकी थिइन् । अव यहाँ कर्मचारी र संचालक कहाँ थर्काइए हामी आफैंले बुझेका छैनौं ।
झुट नम्बर ३ : विज्ञापनका कुरा 
झुट : अन्तर्वार्तामा उनले विज्ञापन नपाएको झोकमा समाचार आएको प्रतिक्रिया दिएका छन् ।
यथार्थ : अर्थ सरोकार डटकमले बससेवा डटकम नामक अनलाइनका विज्ञापनको प्रस्ताव गरेको छैन । हामीले गरेको प्रस्तावको कुनै पनि प्रमाण दिन अहामी चुनौती दिन्छौं । विज्ञापन माग्दा फोन गरिएको हुन्छ, इमेल पठाइएको हुन्छ, प्रपोजल र रेटकार्ड पठाइएको हुन्छ । हाम्रो कुनै पनि त्यस्तो प्रमाण देखाउन हामी सञ्चालकलाइ चुनौती दिन्छौं । र उसले जनता ठग्ने कर्तुत बन्द नगरेसम्म वा यातायात व्यवस्था विभागले नै पनि उसले गरीरहेको काम ठिक छ नभनेसम्म हामी उसको बिज्ञापनका बारेमा सोच्न पनि सक्दैनौं । बरु जुन समाचार पोर्टलमा परशुराम खनालको अन्तर्वार्ता आएको छ, पाठकले साइडबारमा देखेको बससेवा डटकमको विज्ञापनले धेरै कुरा बोलिरहेको छ । पाठकले बुझछन्।  हामीले यहाँ भन्दा अरु केहि भनिरहनु पर्दैन । मिडियाको आडमा कसले मनपरी बोलिरहेको छ भन्ने बुझ्न हाम्रा पाठकहरुलाई गाह्रो छैन ।  
झुट नम्बर ४ : हामीले फोन गर्दा सर बाहिर हुनुहुन्थ्यो रे ! अर्को अनलाइनले अन्तर्वार्ता लिंदा टुप्लुक्क कहाँ बाट आइपुगे त संचालक ?
झुट: समाचारको फलोअपका लागि हामीले पुन: बससेवा डटकममा सम्पर्क गरेका थियौं । उक्त बेला तुलसी बोगटी नामका कर्मचारीले फोन उठाए र सरहरु बाहिर जानुभएको छ भन्ने जानकारी दिइन् ।  हामीले बससेवा डटकम बन्द हुने भन्ने हालला छ नि, केहि थाहा छ भनेर सोधेका थियौं । उनले जवाफमा आफु नयाँ कर्मचारी भएकाले त्यस्तो केहि थाहा नभएको र त्यस्तो हुनु नपर्ने जानकारी दिएकी थिइन् । तर बेलुका उनी अफिसकै कुर्सीमा बसेको फोटो सहितको लामै अन्तर्वार्ता आयो ।
यथार्थ :बससेवा डटकमकि कर्मचारीले झुट बोलेको स्पष्ट प्रमाण हो यो । हामीले प्रमुख कार्यकारी अधिकृतको नम्बर माग्दा दिइएन । सर बाहिर हुनुहुन्छ भन्ने उत्तर आयो । बेलुका उनी कुर्सीमै बसेको फोटो सहितको अन्तर्वार्ता आयो ।       

झुट नम्बर ४ : अख्तियारमा उजुरीका कुरा 
झुट : अन्तर्वार्ताका क्रममा अख्तियारमा पत्रकार आफैंले उजुरी दिएको उनले उल्लेख गरेका छन् ।
यथार्थ : त्यो दिन इसेवा र बससेवा डटकम विरुद्ध एकै पटक उजुरी परेको साँचो हो । तर इसेवा विरुद्ध कसले उजुरी हाल्यो र बससेवा डटकमविरुद्ध कसले उजुरी हाल्यो भन्ने हामीसँग स्पष्ट प्रमाण छ । सरकारका कुनै जिम्मेवार निकायले त्यो उजुरी कसले दिएको भन्ने बोल्न मिल्छ भने उनीहरुको अनुमति र उपस्थितिमा हामी त्यो पनि गर्न तयार छौं । तर उजुरी कसले हालेको बुझ्न र उसलाई प्रलोभनमा पार्ने बदनियत रहेको ठहर गरी हामीले त्यसलाई गोप्य नै राखेका छौं र राख्छौं पनि ।    
झुट नम्बर ५ : पत्रकारको भेषमा व्यवसायी थर्काईएको कुरा  ।
झुट : परशुराम खनालले पत्रकारको भेषमा व्यवसायीलाई थर्काएको झुट बोलेका छन् । 
यथार्थ : हामेले कुन व्यवसायीलाई थर्कायौं ? त्यसको प्रमाण प्रस्तुत गर्न चुनौती दिन्छौं । अर्थ सरोकार डटकम नयाँ हो तर हामी नयाँ होइनौं ।  हाम्रो समूहका बारेमा केहि जानकारी :

सुरज प्याकुरेल, प्रमुख सल्लाहकार

बाणिज्यशास्त्रमा स्नातकोत्तर र कानुनशास्त्रमा स्नातक गर्दै गरेका सुरज प्याकुरेल नेपाली आर्थिक क्षेत्रमा कलम चलाउने अब्बल पत्रकारका रुपमा चिनिन्छन् । अडिक विचार, समाचारमा सन्तुलन, तथष्ट संयोजन र तीखो प्रहार उनको विशेषतानै बनिसकेको छ । देशप्रेम साप्ताहिकबाट पत्रकारिताको सुरुवात गरेका प्याकुरेल नेप्लिज डट ओआरजीमा उपसम्पादक, त्यसपछि प्रधान सम्पादक र सल्लाहकार सम्पादकको रुपमा काम गरेका थिए भने त्यसपछी ऊनी हाल सिए सरोकार डटकम र अर्थसरोकार डटकम मा सल्लाहकार सम्पादक छन् । पत्रकार प्याकुरेलले रातोपाटी डटकम र जनाह्वान साप्ताहिकमा समेत आर्थिक ‘बिट’मा काम गरेका  छन्  भने  पहिलोन्यूज डटकममा आर्थिक ब्युरो प्रमुखको रुपमा काम स्थापनाकालदेखि काम गरेका थिए  । सिए क्षेत्रमा  ‘फुल बिट’ पत्रकारिताको सुरुवात गरेकोमा उनी नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान) बाट सन् २०१४ र सन् २०१६ मा गरी दुइ पटक  सम्मानित भईसकेका छन् । E-mail : [email protected]

ऋषिराम अधिकारी,  प्रधान  सम्पादक

नेपाल पत्रकार महासंघ भारत साखाका महासचिवसमेत रहेका  ऋषि राम अधिकारी अर्थ सरोकार डटकमका प्रधान सम्पादक हुन् । उनी हाल सिए फाइनलको पढाइका क्रममा भारतमा छन् र त्यहाँबाट पत्रकारिता गरिरहेका छन् ।  लेखा व्यवसाय सम्बन्धि समाचार सम्प्रेषण गरी उल्लेखनीय योगदान दिएको भन्दै सन् २०१५, र २०१६ मा हातेमालो नेपाली विद्यार्थी समुहद्वारा प्रदान गरिएको सम्मान प्राप्त गरिसकेका छन् ।

यस अतिरिक्त हामीसँग देश विदेशमा रहनुभएका लेखक, विश्लेषक र स्तम्बकारका रुपमा कार्यरत हुनुहुन्छ ।

       
र हाम्रो भन्नु : 
पत्रकारिताको आचारसंहिता अनुसार एउटा संचारमध्यममा आएको समाचारको खण्डन अर्को संचारमाध्यम बाट आउनु हुँदैन । हामीले बससेवा डटकम कति सम्म झुट बोलीरहेको छ भन्ने मात्र प्रस्तुत गरेका हौँ । यो समाचारको खण्डन होइन । हाम्रो मानहानीको प्रयास गरिएको छ जसका विरुद्ध हामी पहिला उक्त अनलाइनलाइ खण्डन पठाउँछौं । र कानुनी उपचार खोज्छौं । हाम्रो समुहमा २ जना कानुनका विद्यार्थी समेत हुनुहुन्छ । यस विषयमा हामी समुहमा छलफल गरिरहेका छौं ।   हामीले रकम मागेको, विज्ञापन मागेको जस्तो आरोपलाइ प्रमाणित गराउन चुनौती दिन्छौं । हुन त जनतालाई महँगो टिकेट बेचेर कमाउन पल्केकाले यस्तो आरोप लगाउनुलाइ हामी सामान्य नै मान्छौं । तर जनतालाई सुसुचित गराउने बाचा गरेर अगाडी बढ्नुपर्ने मिडियालाई प्रयोग गरेको प्रति हाम्रो आपत्ति छ र हामी सत्यका पक्षमा भएकाले जनताका पक्षमा बोलिरहन्छौं ।   
अन्त्यमा, 
बससेवा डटकमका संचालकले एउटा कुरा निकै राम्रो पनि भनेका छन्, ‘ सम्बन्धित निकायलाई छानविनका लागि स्वागत छ ।’ हामी पनि त्यहि चाहन्छौं । यातायात व्यवस्था विभागले विना कुनै पूर्वाग्रह बससेवा डटकममाथि छानविन गरोस् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकाले अव त्यताबाट पनि छानविन पक्कै होला । हाम्रो समाचार अभियान जनता ठगिनु हुँदैन भन्नेमा हो । हामी आग्रह गर्छौं समाचार चित्त नबुझे खण्डन पठाउने सामान्य प्रक्रियालाई ध्यान दिइयोस् । र कुनै अनलाइनका बारेमा मनपरी बोल्दा उक्त अनलाइनका सम्बन्धित व्यक्तिलाइ सोध्नु पर्थ्यो कि भन्ने हाम्रो चासो हो । ‘पत्रकार वा संचारगृह प्रयोग हुनु हुँदैन । वा नुनको सोझो गर्ने निहुँमा पेशालाई नै बदनाम गर्दा भोलि त्यसको गलत प्रभाव पर्नेमा कुनै शंका नै छैन ।  
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: