काठमाडौं– बिदाको दिन थियो । उनी कार्यालयमै थिए । कार्यालय अर्थात् मन्त्रालय । दिउँसो साढे तीन बजे । प्रतीक्षा कोठामा भेट्ने मान्छेको लहर । मैले उनीसँग केही कुरा गर्न पर्खिरहँदा चार छुट्टाछुट्टै समूहले भेट गरेर फर्किए । सचिव केदार अधिकारी पनि फाइल बोकेर भित्र पसे । उनी आधा घन्टापछि बाहिरिए । ‘तपाईंको पालो आइहाल्ने थियो तर सचिवज्यूका कारण आधा घन्टा ढिलो भयो,’ स्वकीय सचिवालयका खगेन्द्र वलीले भने, ‘तपाईंको गुल्मी र रूकुमको टोली पनि भित्र कुरेर बसिरहेका छन्, नपत्याए हेर्नुस ।’
मलाई भित्र बोलाइयो । टेबुलमा नेपाली झन्डा र र्याकमा केही किताब थिए । होचो कदको भएकाले टेबुलले छेकेर थोरैमात्र देखिएका थिए, कालो टोपीमा सजिएका उनी । हेर्दै शिक्षकजस्ता । हेडसर । अर्थात् स्थानीय विकासमन्त्री हितराज पाण्डे ‘उत्तम’ । म भित्र पुग्दै गर्दा घडी हेरेर हतार भएको संकेत गर्दै थिए । ‘फुर्सद त एकदमै कम छ । खासगरी केन्द्रीय कार्यालयको मुख्यसचिव भएदेखि २०६९ बाट व्यवस्थापिका संसद् सदस्य हुँदा पनि एकदमै कम फुर्सद पाउने गरेको छु,’ कुराकानीक्रममा आफ्नो व्यस्तताबारे प्रस्ट्याए ।
गोरखाको लक्ष्मी माध्यमिक विद्यालयमा हेडसर हुँदा सधैं घरको काममा सघाउने उनी २०५२ फागुन १ गतेदेखि यसरी बेफुर्सदी बने, जुन दिन जनयुद्धका लागि घर छाडेर पूर्णकालीन कार्यकर्ताका रुपमा हिँडे । ‘परिवारका लागि मैले थोरै समय छुट्याउन सकेको छैन,’ उनले थपे, ‘मेरा परिवारका सदस्यले आफन्तले अहिले गर्ने गुनासो भनेकै घरपरिवार र आफन्तका लागि समय दिएन भन्ने नै हो ।’
त्यसो त उनी हेडसर हुँदादेखि नै आफ्नो काममा यति मिहिनेत गर्ने मान्छे । विद्यालय भवन बनाउँदा डकर्मी, सिकर्मी र बालुवा बोक्ने मजदुरको काम पनि आफंै गरे । औद्योगिक शिक्षा र नेपाली विषय पढाउने उनले पढाउँदापढाउँदै आफैं काम गर्न जान्थे । ‘हेडसरले विद्यालयको बालुवा बोक्दाबोक्दै रगत छादेको हामीले देखेका थियौं,’ उनले पढाएका पूर्वविद्यार्थी ठाकुर पन्त भन्छन्, ‘हाम्रा हेठसर त किताब नहेरी किताबमा जे–जे छ त्यही पढाउने अनि काठ चिर्ने र झ्यालढोका बनाउने सिकाउनुहुन्थ्यो ।’
mantri hitraj pandeyत्यतिबेलादेखि आफ्नो काममा दत्तचित्त भएर लाग्ने हेडसर अहिले पनि घरपरिवारका लागि समय निकाल्न भ्याएका छैनन् । घरपरिवारमात्र होइन, आफ्नो स्वास्थ्यका लागि पनि उनले फुर्सद निकाल्न सकेका छैनन् । कतै आराम वा उपचारका लागि भनेर पार्टीबाट बिदा नै लिनु नपरेको विरलै नेतामध्ये उनी अगाडि होलान् । ‘अहिलेसम्म त आरामका लागि बिदा लिएको भन्ने, बिरामी भएर सुतेको, एकदमै थकित भएँ भनेर आराम गरेको छैन,’ आफ्नो अविराम यात्राबारे उनी भन्छन्, ‘म त अविराम अगाडि रहेको छु । आराम गरेको भन्ने त मलाई अनुभूति नै छैन ।’
हितराज सर अहिले मन्त्री छन् । गाडी छ । क्वार्टर छ । इज्जत छ । आफूले केही गर्न चाहे भने आफ्नो नाम सधैं सम्झनेगरी केही गर्न पनि सक्छन् । आफ्ना लागि मात्र होइन देश र जनताका लागि गर्नुपर्नेछ । तर, भित्रभित्र केही अपुगको अनुभूति छ । एउटा अभावको अनुभूति । जुन ग्लानिले भित्र–भित्र चिमोटिरहन्छ । मन्त्री भएर आफूले सम्मान थापिरहँदा पनि त्यो हो, छोराको अभाव ।
कम्युनिस्टहरु श्रममा विश्वास गर्छन् । उनीसँगै युद्ध लडेका र त्योभन्दा अघि लुकेर भूमिगत राजनीति गरेका कम्युनिस्ट नेता अहिले फुटसल र ब्याडमिन्टन कोर्टमा श्रम गर्ने भइसके, हेडसर भने अझै उत्पादनमूलक श्रममै व्यस्त छन् । त्यसैको राज हो उनी अहिलेसम्म बिरामी परेर ओछ्यानमा सुतेको भन्ने छैन । बिरामी बिदा लिनुपरेको छैन । ‘फिटनेसका लागि अरु दौडिने व्यायाम गर्ने गर्छन् । तर, मचाहिँ बारीमा काम गरेर, बिहान घरको सरसफाइ गरेर पसिना निकाल्छु । डाइटिङ, योगा केही गरेको छैन,’ उनी भन्छन्, ‘पहिला–पहिला त म गाउँबेंसी गरेर अनि युद्धको बेला युद्धसँगै हिँडेर पसिना निस्कन्थ्यो । कहिले बारीमा तरकारी खेती गरेर आफ्नो श्रम, अहिले घरमा सरसफाइ गरेर श्रमलाई लैजान्छु ।’
‘त्यस्तो ठोस रोग छैन अहिलेसम्म तर पनि जनयुद्धमा यातनाका कारणले गर्दा घाँटीमा समस्या छ । म कहिलेकाहीँ घाँटीमा कलर लगाउने गर्छु,’ उनी भन्छन्, ‘अस्पताल बस्नपर्ने, बेडरेस्ट गर्नुपर्ने अवस्था छैन, यो मेरो तन्दुरूस्तीको मुख्य कारणचाहिँ शारीरिक श्रम हो ।’
अहिले त बारीमा काम गरुन् पनि कसरी, मन्त्री भएदेखि बिहानैदेखिको भेटघाट र अध्ययन, मुख्य कुरा आफ्नो भन्ने घरै छैन । सभासद्सां/सद भएपछि घर जोड्नु त कहाँ हो कहाँ गोरखामा श्रीमतीले बनाएको सानो घर पनि भूकम्पले चिरा–चिरा बनाइदियो । ‘मेरो त अहिलेसम्म घर नै छैन भन्दा पनि हुन्छ,’ उनी विगत सम्झन्छन्, ‘म जनयुद्धमा जाँदा हामी सामूहिक रुपमा बस्थ्यौँ । जनयुद्धमा गइसकेपछि मेरो मिसेजले आफैं घर बनाएर बसेकी हुन् । त्यो घर पनि गतवर्षको भूकम्पले चिरा–चिरा बनाइदियो ।’ जनयुद्धमा होमिएपछि २० वर्ष भयो उनी आफ्नो घरमा अहिलेसम्म बास बसेका छैनन् ।
हितराज सर अहिले मन्त्री छन् । गाडी छ । क्वार्टर छ । इज्जत छ । आफूले केही गर्न चाहे भने आफ्नो नाम सधैं सम्झनेगरी केही गर्न पनि सक्छन् । आफ्ना लागि मात्र होइन देश र जनताका लागि गर्नुपर्नेछ । तर, भित्रभित्र केही अपुगको अनुभूति छ । एउटा अभावको अनुभूति । जुन ग्लानिले भित्र–भित्र चिमोटिरहन्छ । मन्त्री भएर आफूले सम्मान थापिरहँदा पनि त्यो हो, छोराको अभाव ।
उनलाई उपचारका लागि बाहिर लगियो । भेट्दाभेट्दै छुट्टिएका छोरासँग कुराकानी हुन पाएन । उनी सेनाको कुटाइले लामो समयसम्म बिरामी भइरहे । सन्चो हुनलाई समय लाग्यो । त्यसपछि पार्टी कामका सिलसिलामा व्यस्त रहें । तर, हात मिलाएर बोल्न नपाएको भेट नै छोरासँगको अन्तिम भेट बन्यो ।
त्यतिबेला युद्धविराम थियो । उनी सुदूरपश्चिमको अछाममा थिए । जनमुक्ति सेनाको ब्रिगेड कमिसार ‘क.उत्तम’ का रुपमा । २०६० सालको कुरा हो । दुई छोरा, एक छोरी, श्रीमती र उनी पाँचैजना पूर्णकालीन कार्यकर्ता थिए तत्कालीन नेकपा (माओवादी) का । दुवै छोरालाई लामो समयसम्म संकटकालको बेला त्यतिबेलाको सत्ताले बेपत्ता बनायो । लामो समयसम्म यातना दियो । ०६० सालको असारताका वार्ताको बेला छोराहरु छुटे तर उनी कैलालीमा थिए । छोरालाई भेट्न कैलाली बोलाए । छोरा …….. बाबा भेट्न कैलाली पुगेका थिए । जेलबाट छुट्नेबित्तिकै तर भेट हुँदा नहुँदै फेरि उनी आफू गिरफ्तार भए । ‘त्यहीबेला भौतिक भेट भयो तर कुरा गर्न नपाउँदै म गिरफ्तारी परें,’ उनी भावुक हुँदै विगत सम्झन्छन्, ‘त्यसपछि मेरो छोरसँग कहिल्यै भेट भएन ।’
गिरफ्तारी परे पनि वार्ताको बेला भएका कारण त्यही दिन छाडिए । तर, उनी सुरक्षाकर्मीको कुटाइले एकै दिनमा अपांग भए । ‘मेरो अगाडिका दाँत कृत्रिम हुन् । त्यतिबेला सेना र प्रहरीको यातनाले यस्तो भयो,’ उनी सम्झन्छन्, ‘मलाई कैलालीबाट तत्कालै उपचारका लागि अन्यत्र लगियो । र, म बाचें । तर, म घाइते भएको र उपचार गर्न बाहिर लैजान परेका कारणले तत्काल छोरासँग भेट हुन पाएन ।’
उनलाई उपचारका लागि बाहिर लगियो । भेट्दाभेट्दै छुट्टिएका छोरासँग कुराकानी हुन पाएन । उनी सेनाको कुटाइले लामो समयसम्म बिरामी भइरहे । सन्चो हुनलाई समय लाग्यो । त्यसपछि पार्टी कामका सिलसिलामा व्यस्त रहें । तर, हात मिलाएर बोल्न नपाएको भेट नै छोरासँगको अन्तिम भेट बन्यो । उनलाई अहिले पनि त्यो क्षण सम्झेर अभाव अनुभूति भइरहन्छ । ‘सम्भवतः असारमा भेट गर्न भनेर बोलाएको थिएँ । हातसम्म मिलाएँ,’ उनी गहभरि आँसु पार्दै भन्छन्, ‘पुसमा उनले शहादत पाए ।’
‘मेरो छोराको शहादत २०६० पुस ४ गते भयो । म त्यतिखेर नेपालको सुदूरपश्चिमको अछाममा थिएँ । त्यो खबर मैले पुसको २५ गते मात्र थाहा पाएँ । धेरै पछिमात्र मलाई हाम्रो व्युरो इन्चार्ज पोस्टबहादुर बोगटी ‘दिवाकर’ले रोल्पामा आएको बेला जानकारी गराउनुभएको थियो । त्यतिखेर मलाई ठूलो ग्लानि भएको थियो । किनभने म त्यतिखेर जनमुक्ति सेनाको ब्रिगेड कमिसार थिएँ । पार्टीको जिम्मेवार ठाउँमा थिएँ । त्यति भएर पनि मैले छोराको शहादतको खबर त्यति ढिलो पाएको थिएँ,’ मन्त्री पाण्डेले भने ।
उनले भने, ‘खबर नपाउनुमा दुई विषय होलान् जस्तो लाग्छ । एउटा त म धेरै सुदूरपश्चिममा थिएँ । जनयुद्धको जटिलता पनि थियो । अर्को कुरा मेरो छोराको शहादत गोरखाको आर्खेत भन्ने ठाउँमा भएको थियो । त्यो विषय त्यहाँसम्म पुग्नलाई, निश्चित गर्नलाई पार्टीले ढिला गर्यो । म अछामबाट हिँडेरै रोल्पा आएको थिएँ, त्यो कार्यक्रममा । त्यही आइपुगेपछि जानकारी दिइन्छ भनेर सायद ढिला भयो ।’
युद्धमा आफ्नो प्राणभन्दा प्यारो छोरा गुमाएका मन्त्री पाण्डेका लागि जनयुद्धमा आफ्ना नेता गुमाउन सबैभन्दा बिस्मात्को विषय बन्यो । सुरेश वाग्ले, जो माओवादी क्रान्तिमा सहिद हुने सबैभन्दा उच्चस्तरका नेता थिए । उनको मृत्युमा पाण्डे सबैभन्दा दुःखी भए । ‘बिस्मात्कै कुरा त त्यस्ता थुप्रै घटना छन् । तर पनि जीवनमा सबैभन्दा दुःखको दिनका रुपमा सुरेश वाग्लेको शहादतको दिन सम्झँदा असाध्यै दुःख लाग्छ,’ उनले सुनाए, ‘तर, महान् सहिदको रगतको बदला देशमा गणतन्त्र आउँदा भने जीवनमा पहिलोपटक खुसीको अनुभूति गरें ।’
मन्त्री पाण्डेको जिल्ला, त्यस्तो जिल्ला हो– जहाँ जनयुद्धका धेरै महत्वपूर्ण घटना जोडिएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा जिल्लामै पढाएर जनयुद्धमा होमिए भने जनयुद्ध थालनी गर्ने निर्णय गरेको पहिलो बैठक पनि गोरखा नै थियो । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलदेखि पार्टीको उच्च नेतृत्वबाट सहिद बन्ने शुरेश वाग्ले पनि गोरखाकै हुन् । जनयुद्धको पहिलो कारबाहीस्वरुप २०५२ फागुन १ मा सबैभन्दा पहिलो कारबाही दिनको पौने चार बजे गोरखाको च्याङ्लीमा साना किसान विकास आयोजनामाथि जनयुद्धको पहिलो कारबाही भयो । त्यसैले यस्तो महत्वपूर्ण जिल्लामा उक्त जिल्लामा केही विकासका काम गर्ने उनको सपना छ ।
‘पालुङटार, गाईखुटार, धुवाँकोटटार, च्याङ्लीटारमा सिँचाइ गरेर उत्पादन वृद्धि गर्ने अनि ती टारमा औद्योगिक केन्द्र स्थापना गरेर यहाँका जनतालाई आर्थिक समृद्धि गर्ने योजना छ ।’ उनी जिल्लाका लागि आफ्नो योजना सुनाउँछन्, ‘२२ वर्षसम्म पढाएको कारणले गर्दा प्राविधिक शिक्षा दिन पाए हुन्थ्यो भन्ने लागेको छ । त्यसका लागि प्रतिबद्ध रहने मेरो जिम्मेवारी छ भन्नेमा लागिरहन्छ । ’
तर, यत्रो वर्ष युद्ध लडेको उपलब्धि त्यतिमात्र होइन भन्ने उनको बुझाइ छ । त्यसैले उनी भन्छन्, ‘मेरो सपना सबै उत्पीडितले मुक्ति पाऊन् र देश आर्थिक रुपले समृद्ध होस् भन्ने हो । यो सपना अब कति पूरा हुन्छ, हामी लडिरहेका छौँ । अहिले म नेपाल सकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मा लिएको छु । यहाँ रहँदा पनि म सहिद, जनयुद्धका सपना, आफूले जनयुद्धमा जनतालाई दिएका सपना छन्, त्योप्रति सचेत र सजग छु ।’
- रातोपाटि