×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली राजनितीका चर्चित शब्दावलीहरु [भुवन रोकाको ब्लग]

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाली राजनितीका चर्चित शब्दावलीहरु [भुवन रोकाको ब्लग]

१ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

  • भुवन रोका

नेपालको ईतिहासदेखि अहिलेसम्म हेर्ने हो भने केही शब्दावली तत्कालीन समयमा अतिनै चर्चित भएका छन् ।बि. स. २०४६ सालको जनआन्दोलन पश्चात धेरै शब्दहरु चर्चित भए । ती मध्य “जनयुद्ध” सबैभन्दा चर्चित शब्द रह्यो र यो लामो समय सम्म प्रयोगमा आईरह्यो । जनयुद्धसंगै गासिएका शब्दहरु प्रचण्डपथ, जनसेना, युद्ध, युद्ध बिराम, टाउकाको मोल, भाटे कारबाही, संकटकाल, नयाँ नेपाल, हातहतियार, सेना समायोजन, अनमीन, अयोग्य लडाकु आदी शब्दावलीहरु धेरै प्रयोगमा आएका थिय । यी बाहेक आफ्नो गाऊँ आफै बनाउँ, मेलम्ची, हत्याकाण्ड, बेबी किङ , माघ १९, ग्रयाण्ड डिजाईन, प्रधानमन्त्रीको दरखास्त, अप्राकृतिक गठबन्धन, शान्ति सम्झौता, गणतन्त्र, संबिधान सभा, धर्म निरपेक्ष जस्ता धेरै शब्दहरु चर्चित रहे । बि. स. २०७२ सालमा नयाँ संबिधान घोषणा भईसकेपछि पनि केही शब्दहरु निरन्तर प्रयोगमा आए र केही आईरहेका छन् । यस्ता छन् नेपाली राजनितीमा चर्चित शब्दहरु: 

१. नाकाबन्दी:
नेपालको संबिधान २०७२ घोषणा लगत्तै “नाकाबन्दी” भन्ने शब्द चर्चित बन्यो । मधेस आन्दोलनको सरुवातबाट भएको नाकाबन्दी किन र कसले गरेको थियो भन्ने कुरा अहिलेसम्मपनि नेपाली ासर्वसाधारण नहुन सक्छ । तर अचमम्को कुरा नाकाबन्दी कसरी हट्यो भन्नेपनि अन्योलतामा छ । नेपाली नेताहरुले लामो समयसम्म नाकाबन्दी शब्द प्रयोग गरिरहे तर कसैले पनि कसले र किन गरेको भन्ने प्रष्ट पार्न सकेनन् । अन्तराष्ट्रिय स्तरमापनि नेपाली राजनितीले जन्माएको यो शब्दले स्थान पाएको थियो ।
२. सङ्घीयता 
देशलाई विभिन्न तथ्यहरु आधार मानी राज्यहरुमा बिभाजन गरी केन्द्रीकृत शक्ति र साशन प्रणालीलाई विकेन्द्रीकरण गरी सबै क्षेत्रका जनतालाई समान हक र अधिकारको प्रत्याभुति दिलाउने पद्दती नै सङ्घीयता  हो । नेपाल आफैमा कुनै ठुलो देशको एउटा राज्य जत्रो छ । तर बिबिधताको मालामा गासिएको छ । संघियताले संबिधानमा ठाउ पाए पनि यो शब्द अझै चर्चामा छ । संघिय राज्यहरुको संख्या र बिभाजनको आधारमा अझै पनि असहमति जनाउनेको संख्या उल्लेख्य छ । बैज्ञानिक ढंगबाट सबैलाई समान अधिकार प्रत्याभुति गराउन सकेन भने यो शब्द नेपाली राजनितीमा अझै लामो समय प्रयोग हुने निश्चित छ ।
३. संविधान संसोधन
नयाँ संबिधान जारी भएसंगै उत्पन्न स्थितीले संबिधान संसोधन शब्दावलीको उच्चारण सुरु हुन थाल्यो । संबिधान संसोधनको बिधेयक समेत सांसदमा पेस हुनुले पनि यो शब्दावली बढी चर्चित बन्यो । यसको समर्थन वा बिरोधमा भए पनि शब्दावलीको प्रयोग धेरै भईरहेको छ । यो शब्दावलीको बिषयमा बिभिन्न दृष्टिकोणबाट ब्याख्या गरिएको पाईन्छ । यदि नेपाल र नेपालीको हितको निम्ती यो शब्द प्रयोग गरेको हो भने संसोधन पश्चात केही बिश्राम पाउने छ तर यसको भित्री रहस्य देश र जनताभन्दा पर छ भने संसोधन पछि फेरी असन्तुष्ट पक्षले यो शब्दावलीको उच्चारण चर्को स्वरले उठिरहने निश्चित छ ।
४. राष्ट्रिय सहमति
कुनै पनि पार्टिले स्प्ष्ट बहुमत प्राप्त नगरेको अबस्था र राजनैतिक संकटको अबस्थाबाट निकास खोज्ने प्रयासमा सबै राजनैतिक पार्टीहरुले यो शब्दावली प्रयोगमा ल्याएको पाईन्छ । बिशेषत: हरेक पल्ट सरकार गठनको क्रममा यो शब्दको बढी प्रयोग भईरहेको छ । सरकार बन्ने र ढल्ने क्रमसंगै यो शब्दावलीले राम्रो स्थान पाउछ । सरकारमा नेतृत्व गर्ने हरेक पार्टिले आफ्नो नेतृत्वमानै राष्ट्रिय सहमतिको सरकार गठनको कुरा गर्छन् । यस बाहेक राजनैतिक संकटहरु हटाउन पनि यो शब्दावलीको प्रयोग गरिएको पाईन्छ ।
५. संमृद्ध नेपाल
“अबको निकास आर्थिक विकास, सम्भव छ समृद्धि हाम्रै पालामा” भन्ने नारा सहित पछिल्लो समय बैकल्पिक शक्तिको रुपमा स्थापना भएको नयाँ शक्ति पार्टी नेपालको मुख्य उदेश्यनै समृद्ध नेपाल निर्माण रहेको छ । राजनैतिक परिबर्तन भईसकेकोले अब देश संमृद्द बनाउनु पर्छ भन्ने स्पष्ट धारणा सहित स्थापना भएको पार्टीले यो शब्दावलीको धेरै प्रयोग गरेको पाईन्छ । हालका दिनहरुमा यो शब्दावली हरेक पार्टीका नेताहरु देखि अधिकांस नेपाली जनताहरुले प्रयोग गरिरहेका छन् । देश विकासका कुनै लक्षणहरु नदेखिएको अबस्थामा अबको नेपाली राजनितीमा लामो समयसम्म यो शब्दावलीले एकछत्र राज गर्ने कुरामा दुई मत नहोला । 
६. लोडसेडिङ 
यो शब्दलेपनि नेपाली राजनितिज्ञदेखि सर्बसाधारणहरुमाझ राम्रो स्थान पाएको छ । हरेक हप्ता लोडसेडिङ को तालीका परिबर्तन गर्न ब्यस्त बिधुत प्राधिकरण देखी यसको मारमा परेका नेपाली जनताहरु सबैले धेरै प्रयोग गर्ने शब्द मध्येको यो पनि एक हो । पछिल्लो समय काठमाण्डौमा लोडसेडिङको अन्त्य घोषणापछि पनि यो शब्द बिभिन्न रुपले प्रयोग भईरहेको छ । यो कार्यको श्रेय लिने र दोश अरुलाई थोपर्ने हिसावले पनि नेपाली राजनितीमा यो शब्द धेरै प्रयोग गरिदै आईरहेको छ । जनताहरु यसको समस्याबाट उम्किन पाउने आशाले हर्षित भएर पनि जताततै यो शब्दको प्रयोग गरिरहेका छन् । साच्चै दिर्घकालीन रुपमा यो समस्याको अन्त्य हुने हो भने यो शब्द ईतिहासमा मात्र सिमीत हुनेछ ।
७. अख्तियार 
बेलाबेलामा राजनैतिक हस्तिररुको भ्रष्टचार सम्बन्धि मुद्दाहरु छानबीन गरेर लोकप्रियता कमाउने यो शब्द पछिल्लो समय निकै चर्चामा आयो । तर यसपाली लोकप्रियता भन्दापनि राजनितीज्ञहरुको तिरस्कारको रुपमा उदायो यो शब्द । तत्कालीन अख़्तियार प्रमुखलेनै आफ्नो अधिकार क्षेत्र भन्दा बाहीर गएर कारबाही सुरु गरेको आरोप नेताहरुले लगाउदै महाअभियोग लगाएर हटाउने बिषयको कारण यो शब्दले नेपाली राजनितीमा ठुलो स्थान पायो । महाअभियोगको प्रस्ताव सांसदमा पेश गरिएपछि केही छायामा परिरहेको छ । 
८. समानुपातिक 
राज्य संचालनमा सबैको समान पहुँच पुर्याउने उदेश्यले बिभिन्न आधारमा पिछडीयका बर्गहरुलाई अधिकार सम्पन्न बनाउने पद्दती नै समानुपातिक हो । नेपाली राजनितीमा यो शब्दले देशनै तताएको छ । बिद्यालयको छात्रवृति लिने दिने क्रममा, लोकसेवाको बिज्ञापनमा, संस्था देखी सरकार गठन सम्म समानुपातिक शब्दको प्रयोग गरिएको हुन्छ । यो शब्दलाई बेचेर शक्तिमा भएकाहरुले नै उपभोग गर्ने संभावना देखिएकोले यो शब्द नेपाली राजनितीमा लामो समय सुपरहिट हुने पक्का छ ।
९. आन्दोलन र बन्द
यी शब्दावली त नेपालको पर्यापाचि नै भईसकेका छन् । धेरै अगाडी देखि नेपाली राजनितीमा एकछत्र राज गर्ने शब्दहरु हुन आन्दोलन र बन्द । बसको ठक्करले कुखुरा दुर्घटनामा पर्दा यी शब्दहरुको प्रयोग भएको ईतिहास छ नेपालमा । संबिधान जारी भईसकेपछि पनि आन्दोलन र नेपाल बन्दले निरन्तरता पाईरहेको छ । संबिधानको बिपक्षमा, नाकाबन्दीको बिरुद्दमा, संसोधनको पक्ष बिपक्षमा, सरकार गठन र बिगठनमा आदी धेरै कारणहरुमा यी शब्दहरु प्रयोग भईरहेका छन् । आगामी दिनहरुमा पनि यी शब्दहरुको प्रयोग हुने अशुभ संकेतहरु देखिएका छन् त्यसैले नेपाली जनताहरु पनि नचाहदा नचाहदै यी शब्दहरुको प्रयोग गर्न बाध्य छन् ।
१०. प्रत्यक्ष निर्वाचित प्रणाली
यी शब्दावलीको प्रयोग धेरै पहिल्य देखि प्रयोग गरिएको भएता पनि हाल आएर नयाँ शक्ति पार्टीको स्थापना संगै अलि बढी प्रयोगमा आउन थालेको छ । नयाँ शक्ति पार्टी प्रत्यक्ष निर्बाचित राष्ट्रपतिय प्रणालीलाई स्थापित गर्ने उदेश्यले यो शब्दावलीको प्रयोग गरिरहेको छ । यस्तै अन्य पार्टीका केही नेताहरु पनि यसको समर्थन गर्दै यो शब्दावलीको प्रयोगलाई बगाईरहेका छन् भने यो प्रणालीले नेपाली राजनितीलाई स्थिर बनाउन मद्दत पुग्छ भन्ने अनुमान सहित जनताहरुपनि यो शब्दको प्रयोग गरिरहेका छन् । यो प्रणाली स्थापित नहुन्जेल सम्म नेपाली राजनितीमा यो शब्दको प्रयोगले निरन्तरता पाउने निश्चित देखिन्छ ।
यी त भए केही चर्चित शब्दहरु । समय समयमा जन्मिएका यस्ता कतिपय शब्दहरु सान्दर्भिक र समय सापेक्ष हुन्छन् तर केही शब्दहरु समस्याको रुपमा जन्मिन्छन् । केही नकारात्मक शब्दहरु नेपाली राजनितीले बिर्सदै जाने गर्छन् । जसरी प्रयोग गरिय पनि हरेक शव्दावलीलाई राजनितिज्ञहरुले आफ्नो फाईदाको निम्ती आफ्नै पक्षमा ब्याख्या गर्छन् र आफ्नै पोल्टामा लगेर बन्द गर्छन् । जनताहरु हेरेको हेरै । अब प्रयोगमा आउने हरेक शब्दहरु जनताको हितको निम्ती प्रयोग गरिनु पर्छ । हरेक शब्दले देश बिकासको बाटो कोर्न सक्नु पर्छ । हरेक शब्दको प्रयोग राष्ट्र र राष्ट्रियताको निम्ती गरिनु पर्छ ।
जय नयाँ नेपाल!
लेखक जापानमा अंग्रेजी शिक्षक साथै अन्तराष्ट्रिय नेपाली समाज (INS) जापानका प्रबक्ता हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: