×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्यालयको लागि स्थानीयले जुटाए २१ लाख

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

विद्यालयको लागि स्थानीयले जुटाए २१ लाख

२९ मंसिर २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – पश्चिम बागलुङको दुर्गम गाउँमा माध्यमिक तहको कक्षा सञ्चालनका लागि अभिभावकले २१ लाख २८ हजार आर्थिक सहयोग गरेका छन्।  चालु शैक्षिक सत्रदेखि माध्यमिक तह सुरु गरिएको विद्या विकास माध्यमिक विद्यालय अधिकारी चौरमा शिक्षकको तलब भत्ता, पुर्वाधार निर्माण र कक्षा व्यवस्थापनका लागि अभिभावकले २१ लाख २८ हजार रुपैयाँ सहयोग गरेका हुन्।
  आर्थिक अवस्था कमजोर रहेका दलित र जनजाति समुदाय मात्र रहेको गाउँको विद्यालयमा शिक्षक दरवन्दी न्युन रहेका कारण अन्य आवश्यक शिक्षकलाई चन्दा संकलन गरेर निजी स्रोतमा शिक्षक राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश बुढाले बताए। उनले निजी स्रोतमा राखिएका शिक्षकलाई तलब भत्ता दिनका लागि आर्थिक अभाव भएकाले चन्दा संकलन गरेर मावि तह सञ्चालन गरिएको जानकारी दिए। 
गाउँमा मावि तहको पढाई नहुँदा बच्चाहरुलाई २ घण्टा हिँड्नुपर्ने बाध्यता थियो’, अध्यक्ष बुढाले भने( ‘विद्यालय चलाउने अरु कुनै स्रोत भएन, अभिभावकबाटै चन्दा उठाएर मावि चलाएको छौँ।’  विसं २०१९ सालमा स्थापना भएको विद्यालयमा अधिकारी चौरको वडा नम्बर ४, ५ र ६ का ३ सय १५ जना विद्यार्थीले पढ्दै आएका छन्।
 दश कक्षासम्म पढ्न दैनिक २ घण्टा हिडेर विद्यालय जानुपर्ने भएपछि बालबालिका घरमै बस्ने गरेकाले पनि चन्दा उठाएर विद्यालय चलाउनुपरेको प्रधानाध्यापक खुमबहादुर अदैले बताए।  मावि तह चलाउन ५० भन्दा बढी अभिभावकले न्युनतम ५ हजारदेखि १ लाखसम्म सहयोग गरेका छन्। प्रधानाध्यापक अदै र अधिकारी चौर वडा नम्बर(५ खानीका सुरेन्द्रकुमार बुढा मगरले विद्यालयलाई एक(एक लाख रुपैयाँ सहयोग गरेका छन्।  यसरी जुटेको रकमबाट अक्षयकोष बनाएर शैक्षिक गुणस्तर सुधार, तलव भत्ता र पूर्वाधारको काम गर्ने योजना छ। विद्यालयको सेवा क्षेत्रमा आर्थिक अवस्था कमजोर रहेका दलित र जनजाती समुदायको मात्र बसोबास छ।  अति नाजुक आर्थिक अवस्था भएका ३८ घरधुरीसँग चन्दा मागिएको छैन।
 विद्यालयमा एक जना पनि स्थायी शिक्षक रहेका छैनन्।  प्राथमिक तहमा ४ अस्थायी र आधारभुत तहमा २ राहत दरबन्दी मात्र रहेको छ। माध्यमिक तहमा २ जना शिक्षक आन्तरिक आम्दानीबाट तलव लिने गरि नियुक्ति गरिएको छ। आधारभुत तहका शिक्षकले पनि माध्यमिक तहमा पनि अतिरिक्त पढाउँछन्। निजी स्रोतका शिक्षकलाई तलब भत्ता खुवाउन मात्रै वार्षिक ५ लाख ७६ हजार रुपैयाँ आवश्यक पर्ने विद्यालयले जनाएको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: