×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्याय अत्याचारका बिरुद्ध लगानीकर्ता जागेको बेला…

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अन्याय अत्याचारका बिरुद्ध लगानीकर्ता जागेको बेला…

१४ पुष २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चाहे त्यो राजनीतिक क्षेत्र होस् , चाहे आर्थिक क्षेत्र होस् , चाहे सामाजिक क्षेत्र होस् अन्याय र अत्याचार कहिँपनि कदापि स्वीकार्य हुदैन । त्यसको बिरुद्ध आवाज उठ्छ नै । आर्थिक क्षेत्रको ऐना भनेर चिनिने नेपालको सेयर बजारपनि यस्तै परिवेशबाट गुज्रिरहेको छ । लगानीकर्ताहरु बजार विस्तार गर्न माग गरिरहेका छन् । 
बजार व्यवस्थित गर्न माग गरिरहेका छन् । बजारमा देखिने बिभिन्न विकृतिहरुका बिरुद्ध आवाज बुलन्द गरिरहेका छन् । कारोबार सहजीकरण गर्न माग गरिरहेका छन् तर संबन्धित निकाय यो वा त्यो बहानामा अल्झिरहेको छ । अल्झाईएको छ । त्यसको परिणाम स्वरूप इतिहासमै सम्भवतः पहिलोपल्ट संबन्धित निकाय घेराउ गर्न पुगे लगानीकर्ता । आफ्नो आवाजलाई थप नजिकबाट सुनाउन पुगे । 
यदि सम्बाधित निकायका सम्बधित व्यक्तिहरुले सकभर यस्तो अवस्था बजारमा आउनै दिन नहुने, यदि आइहालेपनि कार्यालय घेराउको अवस्था आउनुभन्दा अगाडीनै  समस्या सम्बोधन गर्नतिर लाग्नुपर्ने थियो ।  तर सम्बन्धित निकाय कानमा तेल हालेर बसीरह्यो । जाडोमा घाम तापेर बदाम खाइरह्यो । आज सम्पूर्ण लगानीकर्ताहरु बाध्य भई, एक जुट भएर  सम्बन्धित कार्यालय घेराउ गर्न पुगे । अन्याय एवं अत्याचारका बिरुद्ध आवाज बुलन्द गर्न पुगे , यो साचिक्कै अन्याय अत्याचारका बिरुद्ध लगानीकर्ता जागेको बेला हो । 
  
बैकलाइ ब्रोकर लाइसेन्स देउ भन्ने नराम्रो कुरा हो ? Online Trading को व्यवस्था गर भन्ने नराम्रो कुरा हो ? मर्जर , हकप्रद , बोनस शेयर कुराहरु व्यवस्थित गर भन्ने नराम्रो कुरा हो ? NRN लाई बजारमा प्रवेश गर भन्ने नराम्रो कुरा हो ? कि लगानीकर्ताका मागहरु जायज होइनन् भने तर्क सहित पुष्टी गर्न सक्नुपर्यो,  होइन भने किन यी मागहरुलाइ सम्बोधन गरिदैन ? यसका पछाडिको ठुलो खेल , चलखेल के हो ?  लगानीकर्ता जान्न चाहान्छन् । जनआवाज नसुन्ने विश्वका ठुला ठुला तानाशाहहरु ढलेको उदाहरणहरु हामि सामु प्रशस्त छन् ।   अत: कसैले पनि कुनै क्षेत्रमा तानाशाह प्रवृति लाद्न खोज्छ भने त्यसको दिनगन्ती शुरु भएको अवस्था हो । अहिले समय  भनेको अत्याचारका बिरुद्ध लगानीकर्ता जागेको बेला हो । 
    
कानुनी जटिलता देखाएर बैकलाइ ब्रोकर लाइसेन्स नदिने चलखेल गरिदैछ ।  सम्बधित निकायले यो कुरा बुझ्न जरुरी छ कि ऐन , नियम , कानुन भनेका गतिशील दस्तावेज हुन , समय सापेक्ष जनचाहना अनरुप परिमार्जन गर्न सकिन्छ । यो कुनै ठुलो कुरा नै होइन,  ठुलो कुरा त जनचाहाना अनुरुप आम लगानीकर्ताको भावना अनुरुप बजारको समग्र विस्तार अनि विकास हो ।  बजारको समग्र विकास अनि  विस्तारको लागि लगानीकर्ता जागि सकेको बेला हो ।  आफ्नो हक अधिकार सुनिश्चित नगरी यो जनलहर त्यसै फर्कनेवाला छैन । सम्बाधित निकायले समयमा  मै माग सम्बोधन गर्ने तर्फ लाग्नु बुद्धिमानि हुने छ । यो समय भनेको अन्याय अत्याचारका बिरुद्ध लगानीकर्ता जागेको बेला हो ।
  • रामु खनाल, सेयर बजार विश्लेषक 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: