
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – नेपाल तर्फको काममा खासै प्रगति हुन नसकेको अवस्थामा भारततर्फको मात्र एकीकृत जाँच विन्दु आइसिपी सञ्चालन गरिएमा नेपाली व्यवसायीलाई कठिनाइ हुने उद्योग सङ्गठन मोरङले जनाएको छ ।
विराटनगरको सीमावर्ती जोगबनी भन्सारका असिस्टेन्ट कलेक्टर महिपाल सिंहको उपस्थितिमा उद्योग सङ्गठनले भारतीय पक्षबाट एकपक्षीय रूपमा आइसिपी सञ्चालन गरेमा नेपाली व्यवसायीले आयातनिर्यातमा कठिनाइ भोग्नुपर्ने बताएको हो ।
विराटनगर–जोगबनी भन्सार कार्यालयको स्थानान्तरणका लागि भारतीय पक्षबाट आइसिपी निर्माण कार्य सम्पन्न भई स्थानान्तरण गर्ने तयारी भइरहेको छ ।तर नेपाल पक्षले एक महिनाअघि मात्र आइसिपीका लागि जग्गा हस्तान्तरण गरेको छ ।
भारतीय पक्षले दुई हप्ताभित्रमा आइसिपी सञ्चालन गरेमा सहज रुपमा व्यवसाय निर्यात गर्न कठिन हुने सङ्गठनका अध्यक्ष मुकेश उपाध्यायले बताए।अध्यक्ष उपाध्यायले १९९६ मा भएको नेपाल–भारत वाणिज्य सन्धिको प्रावधानअनुसार भारतीय साना उद्योगलाई दिएसरहको सुविधा नेपाली उद्योगलाई भारतीय पक्षले दिने भन्ने स्पष्ट व्यवस्था भए पनि नेपाली साना उद्योगले यो सुविधा नपाएको बताए।
सन्धिमा उल्लेख भएअनुसार भारतीय उद्योगले पाएसरहको सुविधा नेपाली साना उद्योगलाई दिलाउन भारतीय भन्सार अधिकारीले पहल गर्नुपर्ने उनको आग्रह थियो ।सङ्गठनका उपाध्यक्ष राजकुमार गोल्छाले जुट निर्यातमा भारतले लिन थालेको साढे १२ प्रतिशत अन्तःशुल्कले उद्योगलाई समस्या परेको हुदा उक्त शुल्क बैंक ग्यारेन्टीमा राख्न पाउने व्यवस्थाका लागि पहल गर्न आग्रह गरे।
सङ्गठनका पूर्व अध्यक्ष शिवशङ्कर अग्रवालले जोगबनी भन्सारमा बारम्बार इन्टरनेटको लिङ्क फेल भइरहने कारणले आयातनिर्यातको काममा विलम्ब हुने गरेको गुनासो गरे ।असिस्टेन्ट कमिस्नर सिंहले भारतले नेपालसितको व्यापारलाई अन्य मुलुकको व्यापारसँग तुलना नगरेको दाबी गर्दै सहयोगका लागि तयार रहेको प्रतिबद्धता प्रकट गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्