×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बढे पर्यटक : तारे होटेलका ६५ प्रतिशतसम्म कोठा भरिए

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बढे पर्यटक : तारे होटेलका ६५ प्रतिशतसम्म कोठा भरिए

१७ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पर्यटन आगमन करिब ४० प्रतिशतले बढेको सन् २०१६ मा तारे होटेलको अकुपेन्सी (कोठा उपयोग-बिक्री) दर वृद्धि भएको छ । होटेल संघ नेपाल (हान)का अनुसार सन् २०१६ मा तारे होटेलहरूका कोठा औसत ६० देखि ६५ प्रतिशतसम्म उपयोग भएका छन् । नेपालले भूकम्प र भारतीय नाकाबन्दी भोगेको वर्ष सन् २०१५ मा होटेलको अकुपेन्सी ३०-३५ (अनुमानित) रहेको थियो । ‘तारे होटेलहरूको अकुपेन्सी औसत ६० देखि ६५ प्रतिशतसम्म पुगेको प्रतिवेदन आइरहेको छ,’ होटेल संघ नेपाल (हान)का प्रमुख कार्यकारी प्रवेश अर्यालले भने, ‘यो दर करिब सन् २०१४ कै हाराहारी हो ।’
आतिथ्य उद्योगमा ६० प्रतिशतभन्दा माथि कोठा उपयोग हुनुलाई (गुड) राम्रो अवस्थामा मानिन्छ । यो दर ७० प्रतिशत कट्यो भने (एक्सिलेन्ट) उत्कृष्ट मान्ने गरिन्छ । कोठा उपयोग दर ५० प्रतिशतभन्दा कम रहेको अवस्थालाई भने सर्भाइभ (सञ्चालनमा मात्र सीमित) रहेको मानिन्छ । पर्यटन मन्त्रालयले जुन २०१६ मा प्रकाशित गरेको तथ्यांकअनुसार नेपालमा तारे स्तरीय होटेलको संख्या १ सय १६ रहेको छ । यी होटेलमा कुल ९ हजार ७ सय १० वटा बेड (शड्ढया) रहेका छन् । ९ सय ५७ वटा पर्यटकस्तरीय होटेल रहेकोमा बेड संख्या २७ हजार २ सय ४० रहेको तथ्यांक छ ।
पर्यटक आगमन वृद्धिको प्रभाव
अध्यागमन विभागको पछिल्लो तथ्यांकअनुसार सन् २०१६ मा हवाई र स्थलमार्गमार्फत ७ लाख ५३ हजार २ जना पर्यटक नेपाल आएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा २ लाख १४ हजार ३२ ले बढी हो । पर्यटक आगमनमा भएको वृद्धिको सकारात्मक प्रभाव होटेल व्यसायमा देखिएको पाँचतारे होटेल सांग्रिला होटेल एन्ड रिसोर्टका प्रबन्ध निर्देशक प्रवीणबहादुर पाण्डेले बताए । ‘पर्यटकको आगमनको तथ्यांकअनुसार हामी सन् २०१४ को हाराहारीमा पुग्न लागेका छौँ,’ उनले भने, ‘यसले स्वाभाविक रूपमा होटेलको अकुपेन्सी दर बढाएको हो ।’ सन् २०१५ मा ५ लाख ३८ हजार ९ सय ७० जना पर्यटक नेपाल आएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०१४ मा ७ लाख ९० हजार १ सय १८ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । नयाँ पत्रिकामा खबर छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: