×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुई भालेसहित ११ अर्ना चितवन राष्ट्रिय निकुञ्ज ल्याइयो, यो संगै निकुन्जमा अर्नाको संख्या ११ पुग्यो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

दुई भालेसहित ११ अर्ना चितवन राष्ट्रिय निकुञ्ज ल्याइयो, यो संगै निकुन्जमा अर्नाको संख्या ११ पुग्यो

२५ माघ २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • प्रनिश थापा /अर्थ सरोकार डटकम 

काठमाण्डौ  – कोसीटप्पु र चिडियाखानाबाट गरी आजसम्म चितवन राष्ट्रिय निकुञ्जमा ११ वटा अर्ना स्थानान्तरण गरिएको छ । कोसीटप्पु वन्य जन्तु आरक्षबाट दुई भालेसहित १० वटा र जावलाखेलको चिडियाखानाबाट एक गरी ११ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो । एउटा भाले अर्ना चिडियाखानाबाट केहीबेर अघि मात्रै निकुञ्ज ल्याई पुर्‍याएको चितवन निकुञ्जका प्रमुख रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।
 यो सँगै आजसम्म निकुञ्जमा तीन भालेसहित ११ वटा अर्ना आइपुगेको छ । पछिल्लो १२ दिनको अन्तरालमा यसरी अर्ना निकुञ्जमा ल्याएर छाडिएको निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा अरु थप दुई गरेर १२ वटा अर्ना कोसी बाट ल्याइने भएकाले वन्यजन्तु चिकित्सक र प्रविधिज्ञ सहितको टोली कोसीटप्पु वन्यजन्तु आरक्षमा आज बिहानैदेखि खटाइएको छ ।
 निकुञ्जले एक भालेसहित तीनवटा अर्ना चिडिया खानाबाट ल्याउने तयारी गरेको अर्र्याल ले जानकारी दिनुभयो । “पहिलो चरणमा कोसी बाट १२ वटा र चिडियाखानाबाट तीनवटा गरी १५ वटा अर्ना ल्याइने छ,” अर्याल
ले भन्नुभयो । बाँकी पाँच अर्ना भनेपछि अनुकूल समयमा ल्याइने छ ।” वि।सं २०७१ मा नै सरकार ले चितवनमा पाँच भालेसहित २० वटा अर्ना चितवन निकुञ्ज ल्याउने निर्णय गरेको थियो । निकुञ्ज विभागले यहीं माघ १२ गतेदेखि अर्ना स्थानान्तरणको काम सुरु गरेको थियो । 
कोसी बाट चिडियाखानामा समेत आइतबार मात्रै एउटा भाले अर्ना स्थानान्तरण गरिएको चितवन निकुञ्ज का प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । “एउटा भाले अर्ना कोसीबाट चिडियाखानामा पनि पठाइयो, अब चिडियाखाना मा भएको तीन अर्नालाई चितवनमा ल्याउँदै छौँ, प्रमुख कँडेलले भन्नुभयो – दुवै स्थानमा प्रजनन प्रभावकारी बनाउने उद्देश्य हो ।”
 एक ठाउँबाट अर्को संरक्षित क्षेत्रमा यसरी अर्ना स्थानान्तरण यो नेपालकै पहिलो हो । यसअघि बाह्रसिङ्गे, कृष्णसार, गैँडा र बाघ स्थानान्तरण गरेको अनुभव प्रविधिज्ञहरुलाई छ । चितवन निकुञ्जमा सन् १९६० को दशक अघि अर्ना रहेको र पछि लोप भएको भन्ने भनाइ छ ।
निकुञ्ज बनेपछि भने यहाँ अर्ना थिएन । कोसीमा डाट गरेर नियन्त्रणमा लिइएको अर्ना यही माघ १४ गते पहिलोपटक चितवन निकुञ्जमा ल्याएर छाडिएको थियो । अर्ना राख्न चितवनको सौराहा स्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफल तयार पारी इन्क्लोजर तारबारले घेरिएको विशेष क्षेत्र बनाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: