×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकर सजन ढकालको प्रेमकथा उनकै भ्यालेन्टाइनबाट : ‘५ बर्षको प्रेम यसरी विवाहमा परिणत भयो’

सजन ढकाल, बैंकर, नेपाल राष्ट्र बैंक 

प्राइम सिएको  पार्कीङमा पहिलोपटक ‘सजन’ देखेको याद छ कृष्टिनालाई । सिए फाउन्डेसन पढ्दैगर्दा किशोर अवस्था सकिएको थिएन । पढाइको जोश थियो । समयमै कक्षा पुग्नुपनि थियो ।


ट्युसन पढ्न जाँदा स्कुटर लिएर जान्थिन् उनी । पहिलो दिन स्कुटर पार्कीङ गर्न खोज्दा उनी लडीछिन् । एउटा फिल्मकै कहानीजस्तो, उनलाई उठाउन आइपुगे ‘सजन’ । उनले सोचेकी थिईनन् स्कुटरबाट लड्दा उठाईदिने सजनले, जीवनभर साथ दिनेछ भनेर । भयो यस्तै, स्कुटरबाट त शरिर लड्यो, मन उतै गडीसकेछ । 

समय वित्दै गयो । कृष्टिना भन्छिन् ‘ अझै पनि याद छ उहाँले स्कुटरबाट लडेकी मलाई उठाउनुभएको थियो ।’ थोरै प्रेमीहरुको माया सफल हुन्छ भन्छन्, कृष्टिना र सजन भाग्यमानी ठहरिए । मङ्सिर २०, २०७२ का दिन सजनले कृष्टिनाको सिउँदोमा जीवनभर साथ दिने बाचा गरेर सिन्दुर भरे ।             
क्लास ‘बंक’ गरेर घुम्न गइयो :
एउटा मिठो प्रेम कथामा आधारित रङ्गीन चलचित्रजस्तो, भर्खर फूलेर मगमगाउँदो भएको गुलावको फूलजस्तो, एउटा अजम्बरी नाता जोड्ने प्रयासजस्तो, मन फूलिरह्यो कृष्टिनाको । बिगतका थुप्रै रमाइला क्षणहरु याद छ उनलाई । हुन त आफ्नो मान्छेसँगका एक एक पलहरु मीठा हुन्छन्, रमाइला हुन्छन् तरपनि पढ्न भनेर कलेज जाँदा भागेर घुम्न गएको पल अझै रमाइलो मान्छिन् उनी । उनलाई म्याथको कक्षा ‘बंक’ गरेर सजनसँग घुम्न गएको याद छ । उनी भन्छिन्,  ‘तर त्यतिबेला एक अर्कालाई माया गरिएको छ भन्ने मनमा थियो, व्यक्त गरिएको थिइएन ।’ 
यसरि भयो मायाको औपचारिक सरुवात :
‘मनले उनलाईनै चाहेको भएपनि कुनै सम्बन्धको औपचारिक सुरुवात त हुनुनै थियो । तर प्रेमको सुरुवात ‘आइ लव यु’ भनेर भएको थिएन । ‘आफुले माया गर्ने मान्छेले अरु कसैलाई मन त पराउँदैन ?’ भन्ने संका हुनु सामान्य हो ।  बेलापनि हो ।  उमेरपनि हो ।  कृष्टिना सजनको मनको कुरा बुझ्न चाहन्थिन् ।  मौन रुपमै बसीसकेको मायामा कता-कता संका थियो, कतै सजनको मनमा कुरा अर्कै छ कि भनेर ।’ उनी मुस्कुराउँदै अगाडी भन्छिन्, ‘घुम्न गइयो ।  मैले उहाँलाई तपाईको कसैसँग प्रेम छ ? भनेर सोधें । उहाँले, ‘छ नि, एउटी क्लासकै केटी’ भनेर उत्तर दिनुभयो । मनमा छट्पटी लिएर ‘को हो भन्नुस् न’ भनेर सोधें, उहाँ बोल्नुभएन । मैले मौन रहनुको इशारा बुझिहालें ।’

एकल अर्कालाई ‘माया गर्छु’ नभनेपनि माया बढ्दै गयो । नभनेरनै मायाको रूप बिकसित हुँदै गयो । केहि समयपछि त भन्नै परेन, उनीहरु एक अर्कामै समर्पति हुने बाचा गर्दै अगाडी बढे । ‘थुप्रै पटक घुम्न गइयो । थुप्रै रमाइला क्षणहरु छन् ।’ 

क्याप वान उतिर्ण गरेपछि पढाइको ‘प्रेसर’ थियो । ‘कतै फेल भइयो भने के गर्ने होला वा एक जना पास भएर अर्को फेल भईयो भने के गर्ने ?’ कृष्टिना अगाडी भन्छिन्, ‘सजन त पढाइमा निकै अब्बल थिए । डर लाग्थ्यो ।’ तर चोखो मायालाइ जीवन्त बनाउन झन् मेहेनत गरे उनीहरुले । दुबै पास भए क्याप टुमा ! ‘माया गरिन्छ’ भन्दापनि कसैले औंला उठाउने ठाउँ बन्द भयो ।   
उहाँले सिए पास गरेको दिन निकै खुसी भएँ :
दुबैले परिक्षा दिएका थिए । सजन पास भए । ‘ म फेल भएको पीडा भन्दापनि उहाँ पास भएको खुसी बढी थियो । सजनसँगै मैले पनि संसार जितेजस्तै भयो । कताकता हाम्रो माया अव विवाहमा परिणत हुन गाह्रो छैन जस्तो महसुस भयो । खुसी आँखाबाट बग्न थाले । ‘जुन उदेश्यका साथ भेट भएको थियो प्राइमको कक्षामा, आज त्यो उदेश्य पूरा भएको थियो ।’
सानो तिनो झगडा त परिरहन्थ्यो :
सानोतिनो झगडा पर्नु सामान्य हो । मेरोपनि परिरहन्थ्यो । तर त्यस्तो बोलचालनै बन्द हुने खालको झगडा भने भएन । सामान्य कुरामा झगडा हुन्थ्यो । ‘उहाँ फकाउन निकै सिपालु, कुरा आफैं मिल्थ्यो। ‘ सानातीना झगडा अहिले त मायाका प्रारूप जस्तै लाग्छ कृष्टिनालाई । हुन त त्यो बेलानै त्यस्तो ।         
५ वर्षको प्रेम, अन्तत: विवाह : 
करिव पाँच बर्षको प्रेमपछी उनीहरुको विवाह हुने कुरा भयो । ‘कुरा नभनी पनि नहुने, भन्न पनि गाह्रो थियो ।’ कृष्टिना भन्छिन्, ‘सबैकुरा राम्रैसँगै मिल्यो । आफ्नी छोरीले रोजेको बरलाइ बाबुले हुन्न भन्ने ठाउँ पनि थिएन ।’ यसो त निकै सिक्षित परिवार थियो क्रिष्टिनाको । निकै बुझ्झकीपनि । उनीहरुको विवाह हुने समयमा सजनले सिए पास गरिसकेका थिए । त्यहि भएर पनि घरमा कुरा राख्न गाह्रो भएन । अन्तत: मङ्सिर २०, २०७१ का दिन उनीहरुले लगनगाँठो कसे । अग्नीलाई ७ फन्को मारेर सजनले कृष्टिनालाई आफ्नो घरमा भित्र्याए ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: