
काठमाडौँ – लोकसेवाको परिक्षा तयारी गरिरहेकाहरुको संख्या निकै ठुलो छ नेपालमा । सरकारी जागिर खाने सपना बोकेर लोकसेवा पढ्नेहरु नपढेर भन्दापनि पढ्न नजानेर असफल भइरहेको लोकसेवा अध्यापन गराउनेहरुको तर्क छ। यसैबीच हामीले लोकसेवा अध्यापन गराउनेहरुसँग लोकसेवा पक्का पास हुनेगरी कसरी पढ्ने भन्ने टिप्स मागेका थियौं ।
नेपालमा लोकसेवामा राम्रो नतिजा हाँसील गरेका र लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरुलाई पढाउने शिक्षकहरुबाट हामीले लोकसेवाको परिक्षामा पास हुनेगरी पढ्ने १० टिप्स तयार गरेका छौँ । तपाईंपनि लोकसेवाको परीक्षाको तयारी गरिरहनुभएको छ भने, यी टिप्स तपाईंलाई काम लाग्न सक्छ ।
१. धैर्यता परीक्षार्थीमा हुनैपर्ने गुण हो । लोकसेवाको तयारी गर्ने विद्यार्थीलेपनि धैर्यतालाई विशेष जोड दिनुपर्छ। प्लान गरेर मात्र पढ्नुपर्छ । आफु केमा कमजोर छु वा कुन विषय आफुलाई सजिलो लाग्छ वा गाह्रो लाग्छ भन्ने पहिल्याउनुहोस् । कमजोर भएका विषयहरुलाई बढी ध्यान दिनुहोस् । तर सजिलो विषयलाई पनि नपढ्ने गल्ती नगर्नुहोस् ।
२. एउटामात्र विषयलाई बढी जोड दिने वा केहि विषयलाई मात्र जोड दिने गल्ती नगर्नुहोस् । यस्तो बानील धेरै जना लोकसेवाको परिक्षामा चिप्लिएका छन् । खरिदार र सुब्बाको तयारी गर्नेहरूले सूचनात्मक तरिकाले उत्तर दिनुपर्छ भने शाखा अधिकृतको तयारी गर्नेहरूले विश्लेषणमा जोड दिनुपर्छ । तपाईंले कुन तहको तयारी गरिरहनुभएको छ, त्यहि अनुसारले पढ्नुहोस् ।
३. लोकसेवाको परीक्षाको नियम अनुसार शाखा अधिकृतको लागि चौथो पत्र छान्न पाइन्छ । चौथो पेपर छान्दा अरुको बहकाउमा नलाग्नुहोस् । आफुलाई सजिलो लाग्ने वा आफूले पढेकै विषय छान्नुहोस् ।
४. आइक्युमा जोड दिनुहोस् । सामान्य ज्ञान (जीके) चाहिँ घोक्नैपर्छ । यसको अरु विकल्प छैन । खरिदारका लागि पढ्ने जीके अधिकृतका लागि पनि काम लाग्छ । पढेको कुरालाई नबिर्सिने गरी चित्रमा उतारेर वा केहि कुरासँग जोडेर पढ्नुहोस् ।
५. धेरैको बानी बढ्ने तर लेखेर अभ्यास नगर्ने हुन्छ । त्यस्तो गल्ती नगर्नुहोस् । हरेक दिन २० मिनेट पढेर २० मिनेटमै एउटा प्रश्नको उत्तर लेख्ने बानी विकास गर्नुहोस् । सिलसिला मिलाएर लेख्ने बानी बसाल्नुहोस् । लोकसेवामा प्रतिश्पर्धा ठुलो हुन्छ । त्यसैले अक्षर सकेसम्म सफा बनाउने प्रयास गर्नुहोस् ।
६. मनमा तनाव राखेर पढ्नु हुँदैन । पढ्ने शैलीबारे ध्यान दिनुहोस् । जे गर्दा राम्रोसँग सम्झन सक्छुजस्तो लाग्छ त्यहि गर्नुहोस् । कतिको घोकेर पढ्ने बानी हुन्छ, कतिको कराएर पढ्ने बानी हुन्छ त कतिको शान्तसँग पढ्ने बानी हुन्छ ।
७. पत्रपत्रिकामा आउने विचारहरू दैनिक पढ्नुहोस् । समसामयिक घटनाका पछिल्ला अपडेटहरु लिनुहोस् ।
कूटनीतिक तरिकाले उत्तर दिनुपर्छ । उदाहरणका लागि : सुचनाको हकका बारेमा लेख्न आयो तर कुन धारामा त्यो हक छ भन्ने ‘कन्फ्युजन’ भयो भने जान्ने भएर धारा उल्लेख गर्नु हुँदैन । त्यस्तो बेलामा व्याख्यामात्र गरेर छोड्नुपर्छ । आफ्नो कमजोरी कापीमा लुकाउनुपर्छ ।
८. आइक्यु भनेको ‘ट्रिक’ लगाउने कुरा हो । यसलाई अलि बढी जोड दिनुहोस् ।
९. किताब मात्रै पढ्ने मान्छे कहिल्यै पास हुँदैन । त्यसैले सिर्जनशील बन्नुपर्छ । सिर्जनशीलता भनेको आफुले जति अभ्यास गर्यो त्यसरी आउने पनि होइन, तर प्रयास गर्नुहोस् । धेरैलाइ आफुभित्रको प्रतिभा थाहा हुँदैन ।
१०. आफुमाथि विश्वास गर्नुहोस्। म असफल हुन्छु भनेर कहिलेपनि नसोच्नुहोस् । उतिर्ण भएको कल्पना गर्नुहोस् । त्यसका लागि आफुले कहाँ मेहेनत पुगेको छैन भन्ने कुरा केलाउनुहोस् । धेरै होइन बुझेर पढ्नुहोस् ।
यो पनि पढ्नुहोस् :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्