×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्मरण शक्ति बढाउन १० टिप्स : यसरी पढे हत्तपत्त बिर्सिन्न

PRIME CA

स्मरण शक्ति बढाउन १० टिप्स : यसरी पढे हत्तपत्त बिर्सिन्न

२ चैत्र २०७३, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

 

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – बिर्सने धेरैको बानी हुन्छ । त्यसमाथि पढेको कुरा बिर्सिएर परिक्षामा तनाव बेहोर्ने विद्यार्थीहरु धेरै हुन्छन् । पढेको कुरा केहिछिन मै बिर्सिने समस्या भएका विद्यार्थीहरुलाई धेरै शब्द स्मरण गरेर विश्व किर्तिमान राखेका अर्पण शर्माले १० टिप्स दिएका छन् । हामी पनि पढौं उनका १० टिप्स र लागु गर्ने प्रयास गरौँ:    
१. विद्यार्थीले अध्ययन गर्दा हरेक शब्दलाई चित्रमा ढालेर पढ्नुपर्छ । हरेक कुरालाई फरक तरिकाले सोच्नुपर्छ। एकोहोरो रटेर हुँदैन । त्यसरी पढेको केहिदिन पनि टिक्दैन ।
२. रटेर पढ्दा दिमागमा घुस्दैन । त्यसैले हरेक शब्दलाई कोडिङ गरेर पढ्नुपर्छ । कुनै पाठ गाह्रो लाग्छ भने त्यसलाई केहि कुरामा लिंक गरेर पढ्नुपर्छ । जस्तो तपाईंले कुनै गाह्रो पाठ पढिरहनुभएको छ भने, त्यसलाई रमाइला कुरा, चीज, घटनासँग जोडेर पढ्नुपर्छ ।
३. निद्रालाई असर पर्ने गरी अध्ययन गर्नुहुँदैन । बिहान चाँडै उठ्नपनि अलार्मको प्रयोग गर्नु हुँदैन । निद्रा पुग्ने गरी सुत्नुपर्छ ।
४. एक घन्टा पढ्दा २० मिनेट आराम गर्नुपर्छ । योगा र ध्यानले दिमागलाई तेजिलो बनाउँछ ।
५. पालुंगोको साग, बदाम, ओखरले दिमागको स्मरणशक्ति बढाउँछ । त्यसैले खानामा यस्तो खाद्यको प्रयोग बढाउनुपर्छ । फाष्ट फुडको प्रयोग गर्नु हुँदैन । यसले स्मरणशक्ति घटाउँछ ।
.सकेसम्म रातिभन्दा बिहान पढ्ने बानीको विकास गर्ने । राति अक्सिजन कम हुँदै जाने कारण पढेको सम्झन गाह्रो हुन्छ । विहान ४ बजेदेखि विहानको ९ बजेसम्म पढ्ने उत्तम समय हो ।
७. अध्ययन गर्दा मस्तिष्कलाई नियन्त्रण गर्न खोज्नु हुँदैन । दिमागलाइ जवरजस्त आफुले पढेको कुरामा ध्यानमा लगाउनु हुँदैन । निरन्तर पढ्ने गर्नुपर्छ । कुनै कुरामा आफुले पढेको कुरा जोड्ने हो भने दिमागले अरु कुरा सोच्न भ्याउँदैन ।
८. ढाड सीधा गरेर पढ्ने । यसले तपाईंको स्वास्थ्यमा नराम्रो असर गर्छ । उत्तानो परेर वा घोप्टो परेर पढ्नु हुँदैन । यसले एकातर्फ स्मरण शक्ति घटाउँछ भने अर्कोतर्फ तपाईंको आँखालाई गम्भीर असर पुर्याउंछ ।
९. सकेसम्म अलार्मको प्रयोग नगर्ने । अलार्मले जबर्जस्ती उठाउँछ । बिस्तारै निद्राबाट आफैँ उठ्नुपर्छ । जवरजस्त उठ्दा तपाईंको दिमागलाइ सीधा असर गर्छ । यसले तपाईंको आँखालाई पनि असर गर्छ । सकेसम्म उठ्ने र सुत्ने एउटै तालिका बनाउनुपर्छ ।    
१०. पढ्दा सकेसम्म ठुलो स्वर ननिकाल्ने । यसले तपाईंको शरिरमा भएको शक्ति बढी निस्किन्छ । जसका कारण तपाईं थोरै समयमा थकित हुनुहुनेछ । एकान्तमा बसेर पढ्दा सम्झन सजिलो हुन्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: