×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ डेभलपमेन्ट बैंकको साधारणसभा नै अवैध ! कारवाहीका लागि राष्ट्र बैंकमा सिफारिस !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३० फाल्गुन २०७३, सोमबार

PRIME CA
laxmi sunrise bank

सिद्धार्थ डेभलपमेन्ट बैंकको साधारणसभा नै अवैध ! कारवाहीका लागि राष्ट्र बैंकमा सिफारिस !

ब्राईट डेभलपमेन्ट बैंक, पब्लिक डेभलपमेन्ट बैंक नेपाल आवास फाइनान्ससँग मर्ज भएको सिद्धार्थ डेभलपमेन्ट बैंकको साधारणसभामा भएको अनियमिततामाथि कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल राष्ट्र बैंकले कारबाही सुरु गरेको छ । 
सिद्धार्थ डेभलपमेन्ट बैंकले गत महिना गरेको साधारणसभामा नयाँ सञ्चालक समितिको निर्वाचन भएको थियो । तर, सो साधारणसभा नियमतः अवैध घोषित भएको छ । सामान्य कोरमसमेत नपुगी साधारणसभामा पस्तावहरू पारित गरिएको र सञ्चालक समितिको निर्वाचन गरिएको भन्दै उजुरी परेपछि बैंकमाथि समस्या परेको हो । कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल राष्ट्र बैंकमा परेको उजुरीको अनुसन्धान हुँदा बैंकले साधारणसभासम्बन्धी कुनै कागजातसमेत उपलब्ध गराउन सकेन । सोही कारण साधारणसभाको सबै निर्णय अवैध भन्दै पुनः साधारणसभा गराउन निर्देशन दिइएको छ ।
सिद्धाथ डेभलपमेन्ट बैंकमा अन्य तीनवटै कम्पनी गाभिएको थियो । ती विभिन्न कम्पनीबाट आएका सयरधनीहरूमध्ये धेरैजना सन्चालक पदका आकांक्षी थिए । तर, पुराना सञ्चालकहरूले आफुमात्र निर्वाचित हुने रणनीतिअनुरुप अनेक नियम बनाएपछि अधिकांश आकांक्षी उमेदवार हुनबाटै बञ्चित भएका थिए । सो विषयमा साधारणसभामा कुरा उठे पनि सञ्चालकहरूले गोलमटोल जवाफ दिएर पन्छिएका थिए । त्यसपछि सोही सभामा उमेदवार हुनबाट बञ्चित गरिएका सेयरधनीहरूले कम्पनी रजिष्टारको कार्यालयमा मुद्दा हालेका थिए । 

किन भयो यस्तो ?
सिद्धार्थ डेभलपमेन्ट बैंकले साधारणसभा हुने २ दिन अगाडि नै सञ्चालक निर्वाचनको लागि मनोनयन दाखिला गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो । सोहीअनुसार करिब एक दर्जन व्यक्ति उम्मेदवारको आंकाक्षी थिए । सञ्चालक पदमा उमेदवार हुन इच्छुक सेयरधनीले आफ्नो नाममा प्रोक्सी संकलन गरेका थिए । एउटै व्यक्तिले लाखौं कित्ता सेयरको प्रोक्सी संकलन गरी उमेदवारीको तयारी गरिएको थियो । 
गत मंसिर २४ गते साधारणसभा हुने भनिएकोमा २२ गते सञ्चालक पदको उमेदवारी दर्ताको समय तय थियो । तर, अघिल्ला दिन बेलुकी कसलै थाहा नपाउनने गरी कार्यालय समयभन्दा पछि निवाचन अधिकृत बनाइएका सन्तोष कुमार भट्टराइको नाममा एउटा सुचना टाँसीयो । जसमा उमेद्वार हुने व्यक्तिले चार महिनाअघि मात्र सकिएको आर्थिक वर्षाको व्यक्तिगत ाकराचुक्ता प्रमाणपत्र समेत दर्खास्त साथ पेश गर्न भनियो । भोलिपल्ट तोकिएको समयमा दरखास्त दिन पुगेका उम्मेदवारहरूलाई त्यो कुराको जानकारी न भएन । र, कर चुक्ताको प्रमाण पत्र तत्काल लिन पनि सम्भव भएन । यसकारण अन्य विक्तिले आवेदन दिन पाएनन् र पहिले तय भएअनुसारका व्यक्ति नै निर्विरोध निर्वाचित भए । 
उमेदवारी दर्ता गर्ने दिन नै इच्छुक उम्मदवारहरूले आफ्नो नाममा संकलन गरेको प्रोक्सी दर्ता गरिसकेका थिए । कतिपयले त आफुसंग भएको प्रोक्सी नै दर्ता गरेनन् भने प्रोक्सी दर्ता गरेको व्यक्ति पनि २४ मंसिरको साधारणसभामा उपस्थित भएनन् । 
प्रोक्सी दिएको प्रतिनिधि सेयरधनी नै अनुपस्थित भएपछि साधारणसभाको कोरम नै पुगेन । तर, पनि दर्ता भएको प्रोक्सीलाई उपस्थिति मानेर साधारणसभा सम्पन्न भएको घोषणा गरियो । वास्तवमा साधारणसभामा जम्मा २७ प्रतिशतमात्र सेयरधनीको प्रतिनिधित्व रहेको रेकर्डमा देखिन्छ । साधारणसभा वैध मानिनको लागि कम्तीमा ५१ पतिशत उपस्थिति अनिवार्य हुन्छ । तर, बैंकले सार्वजनिक गरेको विवरणमा कोरम पुगेको भनी लेखिएको छ । 
सो साधारणसभाबाट संस्थापक सेयरधनीका तर्फबाट अध्यक्ष रामबहादुर भण्डारीसहित सञ्चालक ध्रुबप्रसाद ढकाल र रतनलाल अग्रवाल चयन भए । त्यस्तै, संस्थापक समूहबाटै डिबी इन्भेष्टमेन्ट प्रालिसमेत सञ्चालकमा निर्विरोध बनाइयो । उता साधारण सेयरधनीको तर्फबाट बद्री खनाल, मिलनकुमार कार्की र एनपीसीएम इन्भेष्टमेन्ट प्रालि निर्वाचित भएको थियो । डीबी इन्भेष्टमेन्टबाट करियर व्यवसायी खेमराज पन्थ र एनपीसीएम इन्भेष्टमेन्टबाट रविनमान अमात्य बैंकमा सञ्चालक भएका छन् ।
कागजात हरायो 
कम्पनी रजिष्ट्रारको कार्यालयमा साधारणसभा नै अबैध भएको उजुरी परेपछि यस विषयमा छानवीन गरिएको
थियो । कम्पनी रजिष्टारको कार्यालयले निर्वाचनसम्बन्धी कागजात माग गर्दा बैंकले लामो समय लगाएर जवाफ फर्काएको थियो । बैंकले दिएको जवाफ हेर्ने हो भने लाजमदा अवस्था छ । निर्वाचन सम्बन्धी कागजार्त साधारणसभास्थलबाट मोटरसाईकलमा राखेर बैंकको कार्यालयमा लैजादै गर्दा झोलासमेत हराएकोले उपलब्ध गराउन नसकेको जवाफ बैंकले दिएको छ । 
साधारणसभामा उपस्थित व्यक्तिहरूको हाजिरी र प्रोक्सीको विवरणसमेत बैंकले उपलव्ध गराएको छैन । अनुसन्धानपछि साधारणसभामा बदमासी भएका ठहर गर्दै कम्पनी रजिष्ट्रारको कार्यालयले साधारणसभाले गरेको सबै निर्णय बदर गर्दै पुन : साधारणसभा गर्न निर्देशन दिएको थियो । साथै, किर्ते साधारणसभा गरेकोमा कारबाही गर्नका लागि नेपाल राष्ट बैंकमा समेत सिफारिस गरेको थियो । त्यसो त सोहि साधारणसभाले नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत बैंकको नाम परिवर्तन गर्न दिएको निर्देशनसमेत अवज्ञा गर्दै नाम परिवर्तन नगर्ने निर्णय पारित गरेको थियो । 
कम्पनी रजिष्टारको सिफारिसपछि नेपाल राष्ट बैंकले साधारणसभाको सबै कागजात माग गरेकोमा बैंकले पुनः मोटरसाईकलमा हराएको जवाफ दिएको थियो । त्यसपछि राष्ट्र बैंकले पुनः अर्को प्रश्न सोधेर सपष्टिकरण पेश गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले भनेको छ, ‘कागजात हराएको हो भने सो कागजात जिम्मा लिने कर्मचारीलाई के कारबाही भयो, खोजविनका लागि केके प्रैक्रिया अवलम्बन गरियो ? प्रहरीमा जानकारी दिइयो कि दिइएन ? महत्वपूर्ण कागजातहरू हराउ“दा बैंकको सञ्चालक समितिमा छलफल गरियो की गरिएन ?’ यी सबै प्रक्रियाको विवरण राष्ट्र बैंकले माग गरेपछी बैंक व्यवस्थापन र सन्चालक समिति अप्ठ्यारोमा परेको थियो ।
यस विषयमा जानकारी लिन बैंकका सीईओ अजय मिश्र र सो साधारणसभामा निर्वाचन अधिकृत बनेका सन्तोषकुमार भट्टराईलाई पटक÷पटक सम्पर्क प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । सेयर बजार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: