Skip to content
LAXMI SUNRISE BANK

नाडा अटो शोमा गाडी बुक गर्दैहुनुहुन्छ ? होसियार ! फस्नुहोला नि ! यी खबर पढेर मात्र निर्णय गर्नु राम्रो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अटोमोबाइल कम्पनीहरुका लागि दशैंनै मानिएको मेला नाडा अटो शो २०१७ सुरु भएको छ । मंगलबार एक कार्यक्रमका बीच यातायात मन्त्रीले शो को उद्घाटन गरेका छन् । नेपालका सबैजसो अटोमोबाइल कम्पनीहरुले भाग लिएको उक्त मेलामा अरवौंको गाडी किनबेच हुने अनुमान गरिएको छ । 
यसो त अटोमोबाइल क्षेत्रमा ‘ठग’को उपनाम पाएका कम्पनीहरुले पनि उक्त शोमा आफ्नो दमदार उपस्थिति देखाएका छन् । कालोबजारी ऐन विपरित हुन्डाईका गाडी बेचेर जनतालाई ठगी आफु मोटाउँदै आएको कम्पनीदेखि भारतमा प्रतिवन्धित गाडी डास्टुन् गो समेत विक्री गर्ने ठग कम्पनीहरुको हाली मुहाली छ उक्त शोमा । त्यतिमात्र कहाँ हो र ? बालबालिकाका लागि असुरक्षित गाडी बेच्नेदेखि पहिला नै मूल्य २ लाख बढाएर १ लाख छुट भन्दै गाडी बेच्नेहरुको भीड ठुलो छ नाडा अटो शोमा । यसैबीच हुन्डाईको गाडी बेचेर जनता ठगीरहेको कम्पनीको ठगलीला मात्र होइन डास्टुन् गो नामक भारतमा प्रतिबन्धित गाडी बेच्ने कम्पनीको ठगी धन्दासहित नाडा अटो शोको उद्घाटन भएको छ । 
यता यातायात मन्त्रीले समेत अटो शोमा ‘प्रायोजित’ उद्घाटन गरेका छन् । आयोजकले आफ्ना प्रायोजकहरुकहाँ छानी छानी मन्त्रीलाई लगेर विभिन्न गाडीको पर्दा उघारेर गाडीको उद्घाटन गरेका छन् । विना आइडिया र तयारी त्यहाँ पुगेका मन्त्रीले कतिपय ठाउँमा गाडीको पर्दा नै उघार्न जानेनन् भने नेपालका ठग कम्पनीको स्टलमा मज्जासंग भलाकुसारी गर्ने काम गरे ।
मेलामा डाटसुन, दाइहात्सु, फियट, फोर्ड, होन्डा, हुन्डाई, किया, निशान, स्कोडा, सुजुकी, टाटा, टोयोटा, फक्सवागन, अशोक ले ल्यान्ड, भारत बेञ्ज, स्कोर्टस, अप्रिलिया, एमभी अगष्टा, बजाज, बेनिली, हिरो, हिरो इलेक्ट्रिक, होन्डा बाइक, केटीएम, महिन्द्रा, रोयल इन्फिल्ड, सुजुकी बाइक, टीभीएस बाइक, भेष्पा र यामाहा लगायतका ब्रान्डहरु प्रर्दशनीमा राखिएको छ । उक्त मेला भदौ १४ गतेदेखि १९ गतेसम्म भृकुटीमण्डपमा चल्नेछ।

अर्थ सरोकार अटो अपरेशनका यी सामाग्री छुटे कि ?

अपरेशन नम्बर १२
होसियार ! स्किमको लोभमा फस्नुहोला नि ! भूकम्प पीडीतहरुलाई ‘लुट्न’ हुन्डाईले ल्यायो यस्तो योजना 

अपरेशन नम्बर ११
महिन्द्रा KUV100 गाडी: एक्लै चढ्न ‘सानदार’, तर बालबालिकाका लागि ‘असुरक्षित’ ! 

अपरेशन नम्बर १०
गाडी बिक्नै छाडेपछि ‘ठग’ कम्पनीको यो हदसम्मको नाटक, जनता फसाउन उधारो कारोबारको ‘पासा’ !

अपरेशन नम्बर ९
जनता लुट्ने हुन्डाईको नयाँ ‘टेक्निक’ ! नयाँ बर्षमा ‘शुन्य ब्याजमा गाडी किन्न पाउने योजना’

अपरेशन नम्बर ८
मिस नेपाललाई प्रयोग गरेर हुन्डाईले सुरु गर्यो ठगीको अर्को एपिसोड, गैरकानुनी रुपमा बेचिंदैछ २०१७ ग्राण्ड आर्इ -१०

अपरेशन नम्बर ७
‘असुरक्षित’ भएको थाहा पाएपछि केपी ओलीले स्कोरपियो चढ्न छाडेको खुलासा !

अपरेशन नम्बर ६ 
हुन्डाइ कार बेच्ने कम्पनी भन्छ, ‘पत्रकारको काम लेख्ने हो, लेखिरहुन्, हाम्रो काम जनता लुट्ने हो, लुटिरहन्छौं’

अपरेशन नम्बर ५  : 
अपरेशन नम्बर ४ : 
अपरेशन नम्बर ३ :

अपरेशन नम्बर २ : 

अपरेशन नम्बर १ : 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK