
- अर्थ सरोकार सम्बाददाता
तर सत्यचाहिं नेपाल राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसार (अ) नम्बर र (आ) नम्बरको दुवै बुँदाअनुसार योग्य भएपछि मात्र सीइओ हुन पाइन्छ । राष्ट्र बैंकले ल्याएको सर्कुलरलाई स्पष्ट रुपमा बुझ्दा अव सर्कुलरमा तोकिएका विषयहरुमा मास्टर्स सकेको व्यक्ति र सर्कुलरमा तोकिएका विषयहरुमा स्नातक सकेर अधिकृत तहमा १० बर्ष कार्यानुभव भएको व्यक्तिमात्र सीइओ बन्न पाउँछ ।
अझ राष्ट्र बैंकको नियमलाई छोटोमा बुझ्नुपर्दा, ‘राष्ट्र बैंकले उल्लेख गरेका विषयमा स्नातक पास भएर अधिकृत तह वा सो भन्दा माथिल्लो तहमा १० बर्ष काम गरी माष्टर्स समेत पास गरेको व्यक्तिले मात्र सीइओं हुन पाउने नियम नेपाल राष्ट्र बैंकले ल्याएको छ ।
उदाहरणका लागि कोहि व्यक्तिले स्नातक दोश्रो बर्षमै अधिकृत तहमा काम गरेको छ भने उसको कार्यानुभव गनिने छैन । सनातक सकेर अधिकृत वा सो भन्दा माथिको तहको कार्यानुभव भएको र माष्टर्स समेत पास गरेको व्यक्तिमात्र अव वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीको सीइओ हुन पाउँछ ।
तर अधिकांस मिडियाले माष्टर्स गरेको वा स्नातक गरी १० बर्ष अनुभव भएकाहरुले सीइओ बन्न पाउने भन्दै भ्रामक समाचार सम्प्रेषण गरेका छन् ।
राष्ट्र बैंकले जारी गरेको यस्तो सर्कुलर संगै आधा दर्जन बढी सीइओहरुको जागिर जाने भएको छ । सिए भएकै भरमा माष्टर्स नगरेका र अनुभव बर्षसमेत नपुगेका करिव आधा दर्जन सीइओहरुको जागिर जाने भएको हो । राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसार सिए पास गरेकै भरमा पाएको समकक्षताले मान्यता पाउने छैन । अहिले सिए र बिबिएस पास गरेको खण्डमा मास्टर्सको समकक्षता टियुले दिने गरेको छ ।
यो पनि पढ्नुहोस्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्