×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कैलाश विकास बैंकमा ‘करारे’हरुको हालीमुहाली ! नियममा रोक्या छैन भन्दैमा नांगै हिड्न मिल्छ र सीइओ साप ?

PRIME CA

कैलाश विकास बैंकमा ‘करारे’हरुको हालीमुहाली ! नियममा रोक्या छैन भन्दैमा नांगै हिड्न मिल्छ र सीइओ साप ?

२१ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: < ३ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सामान्यतया बैंकमा ५८ बर्षसम्मका कर्मचारीहरु स्थायी रुपमा काम गर्छन् । ५८ बर्ष नाघेपछि उनीहरुलाई करारमा राख्ने चलन छ, जसको विकल्प पनि छैन । खासमा राम्रा कर्मचारीहरु बैंकमै रहुन् भन्ने हेतुले दिइएको यो सुविधालाई केहि बैंकले गलत ढंगले व्याख्या गर्दै मनपरी गरिरहेका छन् । कैलाश बिकास बैंकपनि यस्तै गलत काम गर्ने बैंकमध्ये परेको छ । हुन त बिकास बैंकमध्ये नै सबैभन्दा थर्डक्लास ह्युमन रिसोर्स मेनेजमेन्ट रहेको यो बैंकले गलत गर्नु, मनपरी गर्नु नौलो कुरा नै रहेन, तर अव त अति हुन थालेको छ । ‘नियममा रोक्या छैन क्यार, मलाइ मन लाग्यो, म नांगै हिड्छु’ भन्ने शैलीमा बैंकका सीइओ अमृतचरण श्रेष्ठ लागेपछि बैंकको स्थिति डामाडोल हुन थालेको छ ।
बैंकमा करारेहरुको हालीमुहाली !
बैंकमा पछिल्लो समय उमेर घर्कीसकेका, कहीं नबिक्ने, बैंकिङ करियरबाट बिदा लिन खोजेका लगायतका व्यक्तिहरुलाई बैंकका सीइओ अमृतचरण श्रेष्ठको ठाडो निर्देशनमा राखिएको छ । यतिसम्म कि बैंकमा डिपुटी सीइओदेखि आइटी प्रमुखसम्म करारमा राखिएको छ । अर्थ सरोकार डटकमलाई बैंककै एक अधिकारीले उपलब्ध गराएको सूचना अनुसार बैंकले कृष्ण गोपाल मानन्धरलाई करारमा राखेको छ । उनी ६५ बर्षका छन् भने बैंकिङमा अन्यत्र नाबिकेपछी कैलाश बिकास बैंक आएको आरोप धेरैले लगाउने गरेका छन् । यता आइटी प्रमुखमा पनि ६२ बर्षका प्रदिप तुलाधर राखिएको छ । जवकी बैंकिङका नौलो प्रविधिका विषयमा उनी अपडेट हुनै नसकेका कारण बैंकमा धेरै समस्या आइसकेको बैंककै कर्मचारीहरु बताउँछन् । यस्तै कम्प्लाइन्स विभागका प्रमुखमा ६२ वर्षकै कनैह्यालाल राजवंशी छन् । उनलाई २ बर्षको करारमा ल्याईएको छ । सायद उनी अवको २ बर्षपछि कतै पनि जागिर खाँदैनन् ।
जातीयवादी हुँदै सीइओ, बोर्डमा पनि व्यापक मतभेद !
यसो त बैंकका सीइओ अमृतचरण श्रेष्ठ बैंकभित्र कर्मचारी राख्ने कुरामा निकै जातियावादी भइरहेको आरोप धेरैले लगाएका छन् । उनले करारमा राखेका अधिकांस कर्मचारी नेवारमात्र हुनु संयोगभन्दा बढी श्रेष्ठको प्रवृति भएको आरोप बैंकका कर्मचारीहरुको छ । श्रेष्ठले मनपरी गर्न थालेपछि लामो समय बैंकमा काम गरिरहेका राम्रा कर्मचारीहरुले भकाभक जागिर छाड्न थालेको खबर अर्थ सरोकार डटकमले यसअघि नै प्रकाशन गरिसकेको छ । उनको मनपरीका कारण एकातर्फ कर्मचारीहरु नै सीइओको कार्यशैलीदेखि रुष्ट हुन थालेका छन् ।
यस्तो छ सीइओको ब्ल्याक ब्याकग्राउण्ड !
कैलाशका नयाँ सीइओ पहिला एनसीसी बैंकका सीइओ थिए । त्यसभन्दा अघि उनी नबिल बैंकका कार्यवाहक सीइओ थिए । नबिलमा कार्यवहाक सीइओ हुँदा उनले एक दाल उद्योगलाई ८ करोड रुपैयाँ ऋण दिएका थिए । तर नबिल बैंकमा नयाँ सीइओ नियुक्त भएको र आफुलाई उक्त कुरा चित्त नबुझेको बहानामा उनले उक्त पदबाट राजीनामा दिए । बदनियत ढंगले कर्जा प्रवाह गरेका उनलाई जसरीपनि ८ करोड ऋण दिंदाको कमिसन पचाउनुथियो र उनले बैंक छाडे ।
त्यसपछि उनी एनसीसी बैंक गए । तर उनी एनसीसीमा गएपनि उनी नबिल बैंकमा हुँदा उक्त दाल उद्योगलाई दिएको कर्जा विवादमा तानियो । नबिल बैंकले नै श्रेष्ठलाई शंकाको घेरामा राख्दै राष्ट्र बैंक गुहारेपछी श्रेष्ठ फेरि फन्दामा परे । राष्ट्र बैंकको कारवाहीबाट जोगिन उनले उक्त कर्जा एनसीसी बैंकमा सारे। तत्कालका लागि उनी कारवाहीबाट त बचे तर एनसीसी बैंकमा पनि त्यहि कर्जा बिष बन्यो । 
एनसीसी बैंकको सञ्चालक समितिले सीइओलाई ४ करोड रुपैयाँसम्म कर्जा दिन पाउने र बाँकीका लागि सञ्चालक समितिबाट निर्णय गराउनुपर्ने अधिकार तोकिएको भएपनि उक्त निर्णयको बर्खिलाप गर्दै श्रेष्ठले तत्कालीन अध्यक्ष पृथ्वीराज लिगलको सहमति लिएर सो उद्योगलाई ८ करोड रुपैयाँ कर्जा दिन सफल भए । एनसीसी बैंकका सञ्चालकहरुबीच चरम विवादको फाइदा उठाएर उनले आफ्नो स्वार्थ्य पूरा गरे । 
यो प्रकरण एनसीसीभित्र निकै विवादित बनेपाही कर्जा सञ्चालक समितिबाट उक्त कर्जा अनुमोदन भएन । त्यसपछि श्रेष्ठका खराव दिन सुरु भए । उनी विरुद्ध राष्ट्र बैंकमा उजुरी पर्‍यो भने उक्त काण्डबारे राष्ट्र बैंकले छानविन थाल्यो । छानविन प्रक्रियामा उनले व्यक्तिगत फाइदाका लागि उक्त ऋण दिएको देखियो । कर्जा असुल्न मौका दिएपनि त्यसमा श्रेष्ठ सफल भएनन् र उनीविरुद्ध कारवाहीको प्रक्रिया अगाडी बढ्यो । 
यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: