
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) अन्तर्गतको अनुगमन समितिले नेपालभर विभिन्न सचेतनात्मक कार्यक्रमहरु सम्पन्न गरेको छ । अनुगमन समितिको उद्देश्य अनुसार लेखापरीक्षण ब्यवसायमा देखिएका विकृति, विसंगति र अनियमिततालाई नियन्त्रण गर्नको लागि आफ्ना सदस्यहरु लगायत सरोकारवालाहरुलाई सचेत गराउंदै लेखापरीक्षण ब्यवसायलाई मर्यादित बनाउन यस प्रकारका कार्यक्रमहरु आयोजना गरिएको समितिका संयोजक सिए सुरेश देवकोटाले बताए ।
अनुगमन समितिका संयोजक सिए. सुरेश देवकोटाको नेतृत्वमा आयोजना गरिएको उक्त कार्यक्रमहरु पूर्वको विराटनगरमा बैशाख ७ गते, जनकपुरमा बैशाख ८ गते, धनगढिमा असार ८ गते, बीरगंज र बुटवलमा असार १५ गते र नेपालगंज र पोखरामा असार २२ गते सम्पन्न गरिएको थियो । उक्त कार्यक्रमहरुमा उल्लेख्य मात्रामा लेखापरीक्षकहरुको सहभागिता रहेको थियो ।
विशेषतः नक्कली लेखापरीक्षक र लेखापरीक्षण व्यवसायमा देखा परेको बिचौलियाहरुको बिगविगीलाई नियन्त्रण गर्ने सवालमा उक्त कार्यक्रमहरु केन्द्रित रहेका संयोजक देवकोटाले बताए । उक्त कार्यक्रममा सम्बन्धित क्षेत्रमा कार्यरत लेखापरीक्षकहरुले लेखा परीक्षण ब्यवसायमा परेका अप्ठ्याराहरु तथा चुनौतीहरुको बारमा आफ्नो धारणा राखेका थिए । आईक्यानले तोकेको संख्या भन्दा बढि संख्याका फर्महरुको लेखापरीक्षण गर्ने गरेको, विचौलियाहरुले लेखापरीक्षणको कामको ठेक्का लिने गरेको, विदेशमा रहेका सदस्यहरुको नामबाट लेखापरीक्षण भईरहेको, मृत्यु भईसकेका सदस्यहरुको नामबाट लेखापरीक्षण भईरहेको, संस्थाका सदस्य बाहेकका गैर सदस्यहरुले लेखापरीक्षण ब्यवसाय संचाल गरिरहेको आदि विषयहरुमा सदस्यहरुले जिज्ञासा राखेका थिए । साथै संस्थाले संचालन गर्ने अनवरत शिक्षा कार्यक्रम (सिपिई) लाई पनि समय सापेक्ष बनाउन र ब्यवस्थित बनाउन सदस्यहरुले माग गरेका छन् ।
उक्त अवसरमा समितिको तर्फबाट संयोजक देवकोटाले अनुगमनको पहिलो चरणमा देशभर नै सचेतना कार्यक्रम संचालन भईरहेको र आगामी वर्षमा स्थलगत निरीक्षणको कार्यलाई तदारुकताका साथ अगाडि बढाइने धारणा ब्यक्त गर्नुभयो । साथै संस्थाबाट लेखापरीक्षकको अनुमतिपत्र नलिई लेखापरीक्षकको रुपमा आफुलाई प्रस्तुत गर्ने ब्यक्तिहरुलाई नियन्त्रण गर्न राज्यका अन्य संयन्त्रहरुसंगको समन्वयमा कानुनी कारवाही अगाडि बढाउने जानकारी गराउनु भएको थियो । साथै लेखापरीक्षण ब्यवसायलाई ब्यवस्थित र मर्यादित बनाउनको लागि आईक्यानले नीतिगतरुपमा नै ठोस कदम चाल्ने धारणा पनि ब्यक्त गरिएको छ । लेखापरीक्षकहरुको विवरण अद्यावधिक गर्ने, स्थलगत निरीक्षणलाई बढाउने, प्रविधिमैत्री नियन्त्रण प्रणाली विकास गर्ने, लेखापरीक्षण लाईसेन्स नविकरणमा ब्यक्ति स्वयं उपस्थित हुनुपर्ने लगायतका ब्यवस्थाहरु गरिन लागेको पनि जानकारी गराइएको छ ।
संयोजक देवकोटाले नक्कली अडिटरहरुलाई नियन्त्रण गर्नको लागि कुनैपनि कसर बांकि नराखिने बताए । साथै उनले सरोकारवाला सबैलाई लेखापरीक्षण ब्यवसायमा भईका विकृतिहरुको बारेमा केही कतै जानकारी पाइएमा आईक्यानलाई यथाशक्य चांडो जानकारी गराउन पनि आह्वान गरे ।
स्मरण रहोस् अर्थ सरोकार डटकमले नक्कली अडिटरको बिगबिगी बढेको खबर प्राथमिकताका साथ प्रकाशन गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्